पुँजीवादी विचारविरुद्ध सङ्घर्ष गर्नु आवश्यक
- कार्तिक २४, २०८२

भक्तपुर, २५ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा तीनदिने क्षमता अभिवृद्धि तालिम समापन तथा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेज स्थापनादेखि नै भक्तपुर नगरपालिकाले सञ्चालन गरेका विभिन्न कलेजहरू सफलतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै कलेजले आफ्नो दायित्व र कर्तव्यबोध गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले धेरैलाई शिक्षित र अनुशासित बनाइसकेको बताउँदै उहाँले शिक्षकहरूले विद्यार्थीहरूलाई अनुसन्धानमा आधारित शिक्षा प्रदानतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीहरूलाई देश विदेशको राजनैतिक इतिहास र भूगोलबारे पनि अध्यापन गराउनुपर्नेमा जोड दिँदै भक्तपुरका सबै क्षेत्रलाई नमुनाको रूपमा अगाडि बढाउन प्रयत्न गरिरहेको बताउनुभयो ।
नयाँ पुस्ताका विद्यार्थीहरूलाई आफ्नो देशको लागि काम गर्न प्रेरित गर्नुपर्छ भन्दै उहाँले शिक्षकहरू स्वयम् विद्यार्थीलाई विदेश पठाउन दलाली गरिरहेका उदाहरण प्रस्तुत गर्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले विभिन्न तालिम र अन्तरक्रियात्मक कार्यक्रमबाट थुप्रै ज्ञानको स्रोत ग्रहण गर्न मद्दत पु¥याउने स्पष्ट पार्दै कलेजले समयसमयमा शिक्षक र विद्यार्थीको आवश्यकताका आधारमा तालिम सञ्चालनमा जोड दिइने बताउनुभयो । उहाँले ख्वप ई. कलेजले ४८ सीटको बी.सी.ए. र बी.आई.टी. विषय सञ्चालन गर्ने तयारी गरिरहेको बताउँदै नयाँ पुस्तालाई युग सुहाउँदो शिक्षा दिन यस्ता तालिम अपरिहार्य भएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले तालिममा ९३
जना सहभागीहरू सामेल रहेको बताउँदै तालिम सञ्चालनमा सहकार्य गरेकोमा विश्वविद्यालय अनुदान आयोगलाई धन्यवादज्ञापन गर्नुभयो । उहाँले तीनदिने तालिम उपलब्धिमूलक भएको विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता तालिमलाई निरन्तरता दिइँदै जाने बताउनुभयो ।
त्यस्तै उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँ र ई. रत्नशोभा प्रजापतिले तालिमले सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने बताउँदै तीनदिने तालिमले कार्यालयमा उत्पन्न हुने समस्या समाधान गर्न व्यवहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिनुभयो । उक्त कार्यक्रममा कलेज प्रशासन प्रमुख सञ्जय मानन्धरले पनि बोल्नुभएको थियो । तालिममा सहभागीहरूलाई नगर प्रमुख प्रजापतिले प्रमाणपत्र वितरण गर्नुभयो ।
Leave a Reply