भर्खरै :

नेक्रायुसङ्घ मध्यपुरको तेस्रो नगर सम्मेलन प्रचारार्थ युवा भेला

भक्तपुर २४, जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर नगर समितिको तेस्रो नगर सम्मेलन प्रचारार्थ शनिबार मध्यपुर नगदेशमा युवा भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले नेक्रायुसङ्घ मध्यपुरको नगर सम्मेलन समाजवादी आन्दोलनकै सिलसिला भएको हुँदा नगरका सबै वडा र टोल टोलमा समाजवादी गणतन्त्रको प्रचार अभियानलाई तीव्र पार्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले सम्मेलनमा सहभागी हुने युवाहरूलाई राजनैतिकरूपले सचेत पार्न पुँजीवादको विकृति, माक्र्सवाद, जनताको प्रजातन्त्र, समाजवादलगायत सैद्धान्तिक विषयबारे प्रशिक्षित पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टी मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यले देश र जनतालाई माया गर्ने अनुशासित युवा शक्ति तयार पार्न सम्मेलन सफल हुने शुभेच्छा व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले देशको समसामयिक राजनीति र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि युवाहरूलाई सचेत पार्नु जरुरी रहेको औँल्याउनुभयो ।
नेक्रायुसङ्घ मध्यपुर तेस्रो नगर सम्मेलन तयारी समितिका संयोजक सुरेन्द्र थाश्रेष्ठको सभापतित्वमा सम्पन्न भेलाले सम्मेलन भव्यताका साथ सम्पन्न गर्न तदारुकताका साथ लाग्ने निर्णय ग¥यो ।
सम्मेलनको उद्घाटन जेठ ३१ गते बिहान १०ः३० बजे शुभश्री बैङ्क्वेट, मथिनपा ७, सिद्धिकालीचोकमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *