आदर्श आजाद माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम
- कार्तिक २५, २०८२

भक्तपुर, २६ जेठ । भक्तपुर नगरपालिकाले आ.व. २०८२/८३ को बजेट तर्जुमाको तयारीस्वरूप सोमबार भक्तपुरका किसान तथा मजदुरहरूको भेला कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नेपाल कृषिप्रधान देश भएकोले कृषि क्षेत्रको विकासबाट देशको समृद्धिको यात्रा अगाडि बढ्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नगरवासीहरूको सल्लाह सुझावअनुसार नै नगरका गतिविधिलाई अगाडि बढाइरहेको बताउँदै निर्वाचनको घोषणापत्रअनुसार जनतामाझ गरिएका प्रतिबद्धता पूरा गर्ने काममा नपाका जनप्रतिनिधि दत्तचित्त भएर लागिरहेको बताउनुभयो ।
भक्तपुर नपाले किसानहरूलाई समयसापेक्ष कृषिसम्बन्धी तालिम, सहुलियत दरमा कम्पोस्ट मल र उन्नत बीउबिजन वितरण गर्दै आइरहेको उल्लेख गर्दै उहाँले परम्परागत बाली र विषादीरहित उत्पादनको लागि कृषकहरूलाई उत्साहित गर्दै आएको बताउनुभयो ।
समाजवादी देशहरूबाट सिक्दै भक्तपुर नपाले जनताको सेवा गर्दै आइरहेको बताउँदै उहाँले युवा, महिला, विद्यार्थीलाई हातमा सीप दिन विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले आ.व. २०८२/८३ को लागि भक्तपुर नपाले गर्ने कार्यक्रमको लागि सम्बन्धित सरोकारवालाहरूसँग राय सुझाव सङ्कलन गर्न भेला कार्यक्रम आयोजना गरेको स्पष्ट पार्दै नगरवासीहरूको सल्लाह र सुझावअनुसार नपालको काम गर्ने नीति रहेको बताउनुभयो ।
कार्यक्रममा मजदुर र कृषक प्रतिनिधिहरूले भक्तपुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने, कृषकहरूको लागि आवश्यक पर्ने उन्नत जातका बीउबिजन र रासायनिक मल वडामार्फत वितरण गर्ने व्यवस्था हुनुपर्ने, सल्लाघारी क्षेत्रमा सार्वजनिक शौचालय आवश्यक भएको, सल्लाघारीस्थित दुग्ध चिस्यान केन्द्रलाई पुनः सञ्चालनमा ल्याइनुपर्ने, आगलागी पीडितहरूलाई समयसापेक्ष आर्थिक सहयोग बढाउनुपर्ने, राम मन्दिर पुललाई पुरानै शैलीमा संरक्षण गरी पुनःनिर्माण गर्नुपर्ने, डकर्मी पेसामा नयाँ पुस्तालाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, करिडोर निर्माण कार्यलाई व्यापकता दिनुपर्ने, स्वास्थ्य शिविरसँगै जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने, परम्परागत बाजाको प्रवद्र्धन गर्नुपर्नेलगायतका सुझावहरू दिएका थिए ।
Leave a Reply