भर्खरै :

आइसीआरसी : गाजाको स्वास्थ्य सेवा प्रणाली पूर्ण पतनको सङ्घारमा

आइसीआरसी : गाजाको स्वास्थ्य सेवा प्रणाली पूर्ण पतनको सङ्घारमा

जेनेभा, २६ जेठ (एएफपी) । रेड क्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले डेढ वर्षभन्दा बढी समयदेखि प्यालेस्टिनीहरूविरुद्ध इजरायली कब्जाले गरेको नरसंहारको एक हिस्साका रूपमा गाजाको स्वास्थ्य सेवा प्रणाली पूर्ण पतनको सङ्घारमा रहेको चेतावनी दिएको छ ।
एक विज्ञप्ति जारी गर्दै आइसीआरसीले अधिकांश घाइते प्यालेस्टिनीहरू सहायता वितरण केन्द्रमा पुग्ने प्रयास गरिरहेको बताएको छ । आइसीआरसीले विगत केही दिनदेखि गाजामा सीमित स्रोत साधनका बिच सञ्चालन भइरहेको केही अस्पताल वरपर आक्रमण बढेकाले स्वास्थ्य सेवा सुविधाहरूको संरक्षणका लागि थप ज्यान गुमाउनबाट जोगिन आह्वान गरेको छ ।
यसले चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरूले जीवन बचाउन ठुलो चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र अस्पतालको सञ्चालन खतरामा पारेको कुरामा जोड दिएको छ ।
ठुलो सङ्ख्यामा घाइते बिरामीहरूको आगमनले मेडिकल स्टाफलाई थकित पारेको समितिले पुष्टि गरेको छ ।
पछिल्लो दुई हप्तामा रफाहको आइसीआरसी फिल्ड अस्पतालमा प्राप्त बिरामीहरूको सङ्ख्या नौ सय १६ भन्दा बढी छ । तीमध्ये ४१ जनालाई आइपुगेपछि मृत घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *