विद्यालय भलिबल प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
- कार्तिक ३, २०८२

भक्तपुर, २६ जेठ । “खेल ओखती हो र जीवनको आधार हो । खेल हारजीतको लागि मात्र नभई मजबुत र रोगबाट टाढा रहन गरिने र खेलिने हो ।”
उक्त विचार विद्या आर्जन सेकेन्डरी स्कूलमा विद्यालय खेलाडीहरूको बैठकमा राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध दसौँ साफका स्वर्णपदकधारी सुलोचना सिजख्वले व्यक्त गर्नुभएको हो । अतिथि सिजख्वले मानवको सभ्यता विकासको सुरुमै खेल खेल्ने गरिएको उल्लेख गर्दै शरिर मजबुत गर्न र रोगबाट टाढा रहन गरिने क्रियाकलाप खेल हो भने डाक्टरी औषधिबाट मात्र रोग निको नहुने भएको हुनाले डाक्टरले नै शरीरलाई सक्रिय बनाउन कुनै न कुनै खेल खेल्न सुझाउनुभएको प्रसङ्ग उठाउनुभयो ।
भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष एवम् भक्तपुर नगर खेलकुद समितिका सदस्य विनोदचरण रायले विद्यार्थीहरूलाई कुनै न कुनै खेलमा सहभागी गराई खेलाउनुहुन र पढाइ पनि उत्तिकै महत्वका साथ सँगसँगै लानसकेमा जीवन सफल हुने बताउनुभयो ।
खेलाडीका अभिभावकहरूलाई खेलको महत्व र आवश्यकताबारे जानकारी दिने उद्देश्यले आयोजित विद्या आर्जन स्कूलका खेलाडी अभिभावक भेलामा सितेरियो करातेका अन्तर्राष्ट्रिय रेफ्री रामशरण त्वाती, खेलाडी सत्यराम न्हिसुतु र विश्वराम थापाले आ–आफ्नो खेलबारे विचार व्यक्त गर्नुभयो ।
भेलामा सितेरियो करातेका खेलाडी सुलोचना सिजख्वलाई अन्तर्राष्ट्रिय रेफ्री रामशरण त्वातीले सम्मानपत्र प्रदान गर्नुभयो भने विद्या आर्जनका संस्थापक रत्नप्रसाद कवांले सिजख्व र विनोदचरण रायलाई मायाको चिनो र खादा प्रदान गरी सम्मान गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत खेलबारे जानकारी दिन कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
Leave a Reply