जारशाही संसद्मा बोल्शेभिक सांसद – ८
- कार्तिक २६, २०८२

साम्राज्यवाद कति हस्तक्षेपकारी हुन्छ, कति आक्रामक र विध्वंसकारी हुन्छ भन्ने पछिल्लो प्रमाण संरा अमेरिकाले एकतर्फीरूपमा सुरु गरेको व्यापार युद्ध हो । साम्राज्यवादले प्रभुत्ववाद र एकतन्त्रवादलाई हुर्काउँछ । प्रभुत्वविनाको साम्राज्यवाद असम्भव प्रायः हुन्छ । संसारलाई आफ्नो तखतमा राख्न हरसम्भव प्रयत्न गर्नु साम्राज्यवादको प्रमुख प्रवृत्ति हो । विश्व साम्राज्यवादका प्रमुख पात्र संरा अमेरिका यतिबेला संसारबाट आफ्नो प्रभुत्व गुम्ने ठुलो त्रासमा छ । विश्व बजारमा आफ्नो एकहट्टी कायम राख्न नसक्ला भन्ने पीडाले छटपटाउँदै छ । आफ्नो साम्राज्यको चिन्ताले बर्बराउन थालेको घटनाक्रमले साबित गर्छ । आफूभन्दा माथि उठ्न खोज्ने देशमा विध्वंस मच्चाउने र उदीयमान देशको वृद्धि निमोठ्न खोजेको पछिल्लो दृष्टान्त भन्सार कर वृद्धिमार्फत चीनमाथिको प्रहार हो । ट्रम्पको उक्त अदूरदर्शी कदमले दुई देशबिच व्यापार युद्ध सुरु भयो ।
ट्रम्पलाई लागेको हुनुपर्छ, व्यापार युद्धले चीनको उत्पादन प्रणाली, बजार र वितरण प्रणालीमा ठुलो प्रभाव पार्नेछ । तर, चीनको गार्हस्थ उत्पादनमा उच्च भन्सार दरले त्यति असर गर्न सकेन जति ट्रम्पले अनुमान गरेका थिए । उल्टै अमेरिकाको घरेलु बजार सङ्क्रमित बन्यो । त्यसपछि ट्रम्प जथाभावी अभिव्यक्ति दिँदै हिँड्न थाले । अमेरिकी बुद्धिजीवीहरूसमेत ट्रम्पको ठेगान नभएको बोलीबाट रुष्ट र हैरान हुन थाले ।
केही समय अगाडि अक्टोबर १४ आइतबारका दिन सीवीएसले लिएको एउटा अन्तर्वार्तामा उनले भने, “अहिलेको व्यापार युद्धमा चीन पराजित हुनेछ । चीनसँग व्यापारयुद्ध सामना गर्न पर्याप्त गोलाबारुद र हातहतियार छैन । व्यापार युद्धको क्षेप्यास्त्रलाई चीनले प्रतिकार गर्न सक्दैन ।”
उनको यो अभिव्यक्तिमा अहङ्कार र साम्राज्यवादी मानसिकता प्रतिबिम्बित भएको प्रस्ट छ । चीनको फैलँदो बजार नियन्त्रण गर्न अमेरिकाको हस्तक्षेपकारी प्रवृत्ति, आक्रामक आचरण र विध्वंसकारी नीति ट्रम्पको उक्त अभिव्यक्तिमा प्रतिबिम्बित भएको महसुस संसारले गर्यो । उनको त्यो अभिव्यक्ति साम्राज्यवादी चिन्तनको सिलसिला थियो । प्रश्न उठ्छ – ट्रम्पको उक्त अभिव्यक्तिपश्चात् के चीन चुपचाप बस्यो ? अहँ, बसेन । अन्तर्राष्ट्रिय चिनियाँ रेडियोले आधिकारिक टिप्पणीमार्फत जवाफ दियो ।
चीनलाई कम आक्नु शान्त देखिने समुद्रको गति छैन भन्नु जतिकै हुने जानकारहरू बताउँछन् । व्यापार युद्धसँग सामना गर्न आणविक हातहतियार होइन कूटनीतिक र रणनीतिक हातहतियार आवश्यक हुन्छ । यस आधारमा व्यापार युद्धमा भिड्न चीनसँग पर्याप्त र प्रशस्त हातहतियार छन् ।
संरा अमेरिकाबाट आयात गरिने करिब ५३.१ अर्ब अमेरिकी डलर (५३.१ Billion) बराबरको वस्तुमा चीनले अतिरिक्त भन्सार कर लगाई व्यापार युद्धको प्रतिकार गर्यो । चीनबाट आयात गरिने करिब २ खर्ब अमेरिकी डलर (२०० Billion) बराबरको वस्तुमा अमेरिकाले अतिरिक्त भन्सार कर लगायो । यो नै साँचो तथ्याङ्क हो । तर, ट्रम्पले भने १ खर्ब अमेरिकी डलर बराबरको मात्रै थप भन्सार कर लगाएको झूट प्रचार गर्दै हिँडेका छन् । चीनले चाहेको खण्डमा अमेरिकाबाट आयात गरिने २ खर्ब बराबरका सामग्रीमा भन्सार कर बढाउन सक्थ्यो तर गरेन । ट्रम्पले जस्तो झूट पनि बोलेन । यस आधारमा भन्न सकिन्छ कि सच्चाइ नै चीनको एउटा महत्वपूर्ण शक्ति हो ।
ट्रम्पलाई ज्ञान हुनुपर्ने हो कि व्यापार युद्ध केटाकेटीको खेल होइन न त यो अङ्कगणितको खेल नै हो । दुई देशबिच भइरहेको व्यापार युद्धको सुरुआती चरणदेखि चीनले आफ्नो संयम देखाउँदै आइरहेको छ तर यसको अर्थ यो होइन कि चीन कमजोर छ । यसको अर्थ यो पनि होइन कि चीन अमेरिकाको व्यापार युद्ध सामना गर्ने क्षमता राख्दैन । ट्रम्पको यस्तो तल्लो स्तरको अभिव्यक्तिको उल्टो व्यापार युद्धमा अमेरिकासँग लड्न चीनसँग गोलाबारुद एवम् हात–हतियारको भण्डार नै छ ।
पहिलो, चीनको आर्थिक वृद्धिदर ६.७ र ६.९ प्रतिशतको बिचमा स्थिर हुँदै वृद्धिको चरणमा छ । यो समृद्ध अर्थतन्त्रको सङ्केत हो । यसले बलियो उपभोग र अनवरत लगानीलाई अझ बढावा दिन्छ । सन् २०१७ मा मात्र चीनले करिब १२७ खर्ब अमेरिकी डलर बराबरको वस्तु निर्यात गरेको तथ्याङ्क छ । त्यसमा २ खर्ब अमेरिकी डलर भनेको त कुल निर्यातको जम्मा ८.८ प्रतिशतमात्र हो । संसारकै उच्च निर्यात गर्ने देश चीनको समृद्ध अर्थतन्त्र नै संरा अमेरिकाको व्यापार युद्धसँग लड्ने एक शक्तिशाली हतियार होभन्दा अत्युक्ति नहोला । चीनले गरिबी निवारणका लागि अवलम्बन गरेका विशेष पहलहरू पनि चीनको सशक्त हतियार नै हो ।
सन् २०२० को अन्त्यसम्म गरिबी निवारण गर्ने संवेदनशील युद्धमा जीत हासिल गर्नको निम्ति गरिबी निवारण एवम् न्यूनीकरणको लागि चीनले आफ्नो शक्तिलाई दोब्बर बढाउँदै छ । प्रयास र पहलहरूलाई विशेष प्राथमिकताका साथ अघि बढाइएको छ ।
सुधार र खुलापनको ४० वर्षमा चीनले गरिबी उन्मूलनको लागि निरन्तर अथक प्रयास गर्यो । बितेका ४ दशकमा करिब ७० करोडभन्दा बढी चिनियाँ जनतालाई गरिबीको रेखामुनिबाट माथि उकासेको छ । गरिबी निवारणको इतिहासमा यो उपलब्धि चमत्कार नै मान्न सकिन्छ । त्यसकारण, गरिबीविरुद्धको लडाइँ अब अझ कठिन र चुनौतीपूर्ण चरणमा प्रवेश गरेको छ ।
राष्ट्रपति सि चिङ फिङ र सरकार स्वयम्ले गरिबीविरुद्धको संवेदनशील र कठिन लडाइँको लागि सम्पूर्ण चिनियाँ जनताले आफ्नो उत्तरदायित्वबोध गर्नुका साथै आवश्यक पहल गरी सङ्गठित हुन पटक–पटक आह्वान गरिरहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ राष्ट्रिय सम्मेलनबाट गरिबी निवारणको विषय प्रमुखरूपमा उठ्न थालेको हो । सन् २०२० सम्ममा सम्पूर्ण गाउँ क्षेत्रहरूमा गरिबी उन्मूलन गर्ने लक्ष्यअनुरूप चीन अघि बढ्दै छ । गत वर्षको अन्त्यको तथ्याङ्कअनुसार करिब ३ करोड ४ लाख ६० हजार मानिसहरू अझै गरिबीको रेखामुनि रहेको देखिन्छ । यसको लागि चीनले एकताबद्ध बलियो पहल र ग्रामीण क्षेत्रदेखि सुरु गर्ने रणनीति अघि सार्यो । गएको ५ वर्षमा मात्र ६ करोड ८० लाख चिनियाँहरू गरिबीको रेखामुनिबाट माथि उठेको तथ्याङ्क छ भने ८३ लाख चिनियाँहरूलाई बस्न योग्य क्षेत्रमा स्थानान्तरण गरेको सरकारी प्रतिवेदनले जनाएको छ ।
संसारको सबभन्दा ठुलो जनसङ्ख्या भएको देश चीनको घरेलु बजार नै उसको ठुलो शक्ति हो । विज्ञान र प्रविधिमा विश्वलाई चकित तुल्याउने कार्यशैली तथा उपलब्धिहरू चीनको ठुलो बल हो । आफ्नै जगमा उठेको अर्थतन्त्र भएको उच्चस्तरीय वृद्धिले अमेरिकी बुद्धिजीवीसमेत चकित भएको यो बेला ट्रम्पको अभिव्यक्ति खोटो नभन्ने को होला ? अमेरिकी लेखक एवम् हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम अलिसनले आफ्नो पुस्तक ‘Destined for War : Can America and China Escape Thucydides Trap ?’ मा लेखेका छन्, “सुधार र खुलापनको चालिस वर्षमा चीनले आधुनिक निर्माण प्रविधिलगायत थुप्रै क्षेत्रमा अद्वितीय उपलब्धि हासिल गरी अमेरिकालाई पनि पाठ सिकाएको छ ।” त्यसको पछिल्लो उदाहरण पेइचिङमा करिब ४३ घण्टामै निर्मित सानयान पुल हो । अमेरिकालाई अन्डरसन पुल (Anderson Bridge) निर्माण गर्न ४ वर्ष पनि पर्याप्त भएन । यसले के देखाउँछ भने चीनको अर्को शक्ति भनेको आधुनिक संरचनाहरूको निर्माण क्षमता हो । विश्वलाई चीनको यो पक्षले आकर्षित गरेको छ । चीनसँग प्रविधि सँगसँगै सम्पूर्ण क्षेत्रमा सक्षम जनशक्ति पनि उत्तिकै रहेको प्रस्ट छ ।
चीन अहिले विश्वको एउटा अत्यन्त ठुलो अर्थतन्त्र हो । चीन संसारकै ठुलो वैदेशिक मुद्रा सञ्चय (Largest Foreign Reserves) भएको देश हो । त्यो भनेको ३२ खर्ब (३.२ Trillion) अमेरिकी डलर बराबर हो । चीन विश्वको दोस्रो कुल गार्हस्थ उत्पादन हुने देश हो । त्यो भनेको १२० खर्ब (१२० Trillion) अमेरिकी डलर बराबरको उत्पादन हो । चीनमा प्रत्यक्ष वैदेशिक लगानीमात्र १ खर्ब ३५ अर्ब (१३५ Billion) अमेरिकी डलर बराबरको छ । त्यस्तै विश्व अर्थतन्त्रमा चीनको अंश १९७८ मा १.८ प्रतिशत मात्र थियो, त्यो बढेर २०१८ सम्ममा १५ प्रतिशत पुग्यो । यो चढ्दो तथ्याङ्कले चीन कमजोर नभएको छर्लङ्ग पार्छ ।
चीनको सहरीकरण अर्को शक्ति हो । महत्वपूर्ण सहरहरू पेइचिङ, साङ्घाइको द्रुत रूपान्तरण, पूर्वाधार विकास, विमानस्थल, उपमार्ग, गगनचुम्बी महल निर्माण, गाडी, कारको उत्पादनले चीनको वर्तमान तस्बिर देखाउँछ । त्यसकारण, चीनको बलियो राजनीतिक व्यवस्थामा उभिएको बलियो अर्थतन्त्र नै व्यापार युद्धसँग लड्ने महत्वपूर्ण र बलियो हतियार हो ।
दोस्रो, चीनले अर्थतन्त्रमा खुलापनको अवधारणामा नयाँ अध्यायको सुरुआत गर्दै छ । जसले विश्वका अधिकांश देशहरूसँग आर्थिक परियोजनामा र बजार संयन्त्र विकासको मार्ग खुला गरेको छ । देश–देशबिचको बौद्धिक सम्पत्तिको अधिकार सुरक्षित तथा संरक्षण गर्ने अगुवाइ गरिरहेको छ । बजार विस्तारसँगै बजारको आर्थिक वृद्धिदर अत्यन्त न्यूनत्तम तोकिएको छ । वैदेशिक लगानीको नकारात्मक पक्ष निर्मूल गर्न एउटा नवीन अगुवाइ चीनबाट भइरहेको छ । चीनको यो अगुवाइ पनि सशक्त हतियार हो ।
अन्तर्राष्ट्रिय जगतसँग सहकार्यको नीति, शालीन व्यवहार र सहयोगको कार्यनीति व्यापार युद्धसँग लड्ने चीनको अर्को हतियार हो । चीनको सहकार्यका केही अगुवाइको यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।
१) चीन रुसको सम्बन्ध र सहमति
विशेषगरी ऊर्जा र नवीनत्तम नमुना विकासका क्षेत्रमा चीन र रुसको सहकार्य अघि बढाउने सहमति भएको छ । अक्टोबर १७ का दिन चिनियाँ राष्ट्रपति सि चिङ फिङ र एसियाली फेडरेसन र राष्ट्रपतीय कार्यकारी कार्यालयका प्रमुख ‘एन्टोन भाइनो’ (Anton Vaino) बिचको भेटमा सो सहमति भएको ‘चाइना डेली’ अक्टोबर १८,२०१८ ले जनायो ।
इतिहासभन्दा पनि पुरानो र आत्मीय चीन–रुसबिचको मित्रवत् सम्बन्ध अब सहकार्य र साझेदारीको नयाँ अध्यायमा पुगेको छ । दुई देशबिच बेलामौकामा हुने गरेका उच्चस्तरीय भेटघाट र आदानप्रदानले सहकार्यलाई अझ बलियो मोडमा पु¥याएको छ । चीनले अगुवाइ गरिरहेको एक क्षेत्र एक मार्ग परियोजनासँग रुस नजिकबाट जोडिएको छ । यो सम्पर्कले युरेसिया आर्थिक सङ्घसँगको समन्वयलाई अझ दरिलो बनाउने विश्वास गर्न सकिन्छ ।
दुई देशबिच परामर्श संयन्त्र सन् २०१४ मा स्थापना भएको थियो जसले दुई देशीय सम्बन्ध, सहकार्य र साझेदारीमा अत्यन्त ठुलो महत्व राख्दछ । रुसको कूटनीतिक पक्षको विकाससँगै चीनसँग पनि रुसले कूटनीतिक र रणनीतिक सहकार्यलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ ।
हाल विश्व जगतले चीन–रुसको मित्रवत् सम्बन्धलाई अन्तर्राष्ट्रिय सम्बन्धको एउटा राम्रो नमुनाको रूपमा लिइरहेको छ । यो सम्बन्ध र सहकार्यको जरा भने दुई देशबिचको परम्परागत मित्रता र सांस्कृतिक सम्बन्ध नै हो । आपसी सम्मानको आधारशिलामा स्थापित दुई देशबिचको सम्बन्ध सहकार्यमार्फत अघि बढ्ने निश्चित छ ।
२) संरा अमेरिकाको एकतन्त्रवादविरुद्ध एसिया र युरोपको एकता निश्चित
संरा अमेरिकाले आफ्नो एकतन्त्रवाद र संरक्षणवादलाई निरन्तरता दिइरहे एसिया र युरोपले आफ्नो सहकार्यलाई सशक्तीकरणतर्फ लाने देखिन्छ । अक्टोबर १८ र १९ मा बेल्जियमको ब्रसेल्समा भएको १२ जी एसिया–युरोप सम्मेलनले (ASEM) यही विषयमा गहन छलफल ग¥यो ।
असेम दुई महादेशबिच छलफल गर्ने उच्चस्तरीय मञ्च हो । यो पटकको सम्मेलनको मुख्य विषयवस्तु भनेकै एसिया–युरोपको सहकार्य र साझेदारीलाई अघि बढाउनु हो । ‘विश्वव्यापी चुनौतीहरूको सामनाका लागि विश्वव्यापी साझेदारहरू’ भन्ने मूल नारा सम्मेलनको थियो ।
विश्वव्यापी व्यापार र लगानी व्यवस्थामाथि संरा अमेरिकाको बलमिचाइँ र मनोमानीविरुद्ध उत्रेर देश–देशबिचको आपसी सहकार्य तथा सम्बन्ध बलियो बनाउने उद्देश्य सम्मेलनले लिएको थियो । यो वर्षको सुरुआतदेखि नै संरा अमेरिकाले आफ्नो व्यापार संरक्षणवादी नीतिमार्फत विश्वव्यापी व्यापार संरचना र व्यवस्था नै बिथोल्न कोसिस गर्यो । संरा अमेरिकाले आफ्नो व्यापार साझेदार देशहरू युरोपेली सङ्घ र एसियाली देशहरू चीन, जापान र दक्षिण कोरियामाथि बिनाकारण, बिनाआधार अनावश्यक बाधा अड्चन खडा ग¥यो । साझेदार देशहरूलाई अमेरिकाले आफ्नो तखतमा राख्न खोज्नु उसको मूर्खता हो । संरा अमेरिका आफैँ पनि बहुपक्षीय व्यापार र आर्थिक सुशासन मञ्चबाट बाहिरिन अनेक निहुँ खोज्दै छ भने अन्य देशहरूलाई पनि उक्साउने र दबाब दिने काम गर्दै छ । अन्य देशहरूको आत्मगौरव र अस्तित्वको परवाह नगरिनाले विश्वव्यापी समन्वय र सहकार्यमा थप चुनौतीहरू निम्तिनेमा दुईमत नहोला ।
हाल ऋणको अत्यधिक भार वृद्धि र पर्यावरणीय परिवर्तन प्रमुख चुनौतीको रूपमा वडा छ । यी प्रमुख चुनौतीलगायतका अप्ठ्याराहरूसँग लड्न युरोप र एसियाले साझा धरातल निर्माण गर्ने अगुवाइ गरेको छ । युरोप र एसियालाई जोड्ने साझा पुलको निर्माणले आर्थिक विश्वव्यापीकरण र बहुपक्षीयवादको विशाल शक्ति प्रदर्शन गर्नेछ । साथै यो नै अमेरिकाको एकतन्त्रवाद र संरक्षणवादविरुद्धको चोटिलो र पेचिलो जवाफ सिद्ध हुनेमा कुनै शङ्का छैन ।
युरोप र एसियालाई एक–अर्कामा जोडेर अघि बढाउने एउटा महत्वपूर्ण सम्भावना भनेको चीनले प्रस्ताव गरेको ‘एक क्षेत्र एक मार्ग अगुवाइ’ नै हो । यस बृहत्तर कार्यक्रमले दुई छुट्टाछुटै महादेशहरूलाई अझ नजिक ल्याउने निश्चित छ । नियमसम्मत् व्यापार र लगानी आदानप्रदानजस्ता साझा सरोकारका विषयहरूले दुवै पक्षलाई अझ नजिक ल्याउनेछ ।
चीनले अघि सारेको एक क्षेत्र एक मार्ग परियोजना र युरोपेली सङ्घ नयाँ रणनीति दुबै एक अर्कासँग सहकार्य र समन्वयमार्फत अघि बढ्ने देखिन्छ । यो प्रयासले दुई महादेशलाई मात्र लाभ हुने होइन सिङ्गो विश्वलाई फाइदा पु¥याउनेछ ।
आपसी आदानप्रदान, आपसी विश्वास तथा सम्मान र सहमतिको जगमा दुई महादेश अघि बढ्नेछ । संरा अमेरिकाको गलत नीतिविरुद्ध दुई महादेशका जनताको हितको लागि एकताबद्ध हुनु संसारकै लागि सुखद पक्ष हुने देखिन्छ ।
३) चीन–युरोपेली सङ्घबिच दुईपक्षीय लगानी सम्झौता र बेल्जियम
चीन र युरोपेली सङ्घले एक अर्काका लागि व्यापार र लगानी खुला गर्न दुईपक्षीय लगानी सम्झौताले अहम् भूमिका खेलेको छ । बेल्जियमका इच्छुक लगानीकर्ताका निम्ति चीनको बजार खुला छ । साथै बेल्जियमको बजारसम्म चीन पुग्न तयार छ । दुवै पक्षले एक अर्कालाई आपसी उन्नयनका निम्ति स्वागत गरिरहेको अवस्था छ ।
दुईपक्षीय प्रतिबद्धता र एक अर्को देशको कानुनप्रति सम्मानको सिद्धान्तको आधारमा चीन र बेल्जियमबिच नवीनत्तम एवम् उच्च प्रविधि र आविष्कारको क्षेत्रमा सहकार्य गर्न दुबै पक्ष तत्पर देखिन्छन् । साथै दुबै पक्ष आणविक ऊर्जाको सुरक्षित उत्पादनको क्षेत्रमा पनि अघि बढ्न प्रतिबद्ध छन् ।
बेल्जियमको उच्चस्तरीय प्रविधिको बजार सम्भाव्यता चीनमा बढी छ र चीनले त्यसलाई बौद्धिक सम्पत्तिको रूपमा ग्रहण गरी संरक्षण गर्ने योजना बनाएको छ । यसर्थ, चीनले युरोपेली सङ्घसँगको सम्बन्ध विकाससँगै बेल्जियमसँगको सम्बन्ध विस्तार र विकासमा आफूलाई केन्द्रित गरेको देखिन्छ । अन्तर्राष्ट्रिय व्यवस्था र खुला बजारको निम्ति पनि यो आवश्यक छ । बेल्जियमबाट उच्चस्तरीय कृषिजन्य उत्पादन आयातले चीन लाभान्वित हुनेछ । संयुक्त राष्ट्रसङ्घको नीति नियमअन्तर्गत रहेर चीनले बेल्जियमसँग कृषि, ऊर्जा, पूर्वाधार, सञ्चार र संयन्त्र विकासको क्षेत्रमा गर्ने सहकार्य र समन्वयले विश्व अर्थतन्त्रमा ठुलो महत्व राख्दछ ।
४) चीन र अफ्रिकी देशहरूबिच सहकार्यको नयाँ गति
इतिहास जतिकै पुरानो चीन–अफ्रिका सम्बन्ध एउटा नयाँ चरणमा प्रवेश गरेको छ, सहकार्यको चरण । आर्थिकरूपमा पछाडि परेका अफ्रिकी देशहरूलाई माथि उठाउने र अफ्रिकाको सम्भावना भएका क्षेत्रमा द्रुत विकास गर्ने योजना अघि बढाउने उद्देश्यसहित चीनले अफ्रिकी महादेशका ५४ देशहरूसँग हातेमालो गरिसकेको छ । ३ करोड वर्ग किमि क्षेत्रफलमा फैलिएको अफ्रिका महादेश जनशक्ति र प्राकृतिक हिसाबले उच्च सम्भावना भएको महादेश हो । १० करोडभन्दा बढी जनसङ्ख्या भएको अफ्रिका महादेश एउटा महत्वपूर्ण बजारको रूपमा विकास हुनेमा दुईमत छैन । साथै अफ्रिकाको कृषिजन्य, खानीजन्य उत्पादनको ठुलो बजार चीन हुनेमा पनि शङ्का छैन । सन् २००० अक्टोबरमा चीन–अफ्रिका सहकार्य मञ्च अर्थात् फोकाक (FOCAC) को सुरुसँगै दुई पक्षबिचको सांस्कृतिक र राजनीतिक आदानप्रदान अझ तीव्र बनेको र दुई पक्षबिचको सम्बन्ध अझ गहिरो तथा बलियो बनेको विश्लेषण छ । हाल अफ्रिका र चीनबिचको सम्बन्धमा भइरहेको यो सकारात्मक प्रगतिले विश्व राजनीतिमा आशालाग्दो नयाँ क्षितिज उघारेको अनुभव गरिँदै छ ।
पश्चिमा देशहरूको ऋणभारले थिचिएका अफ्रिकी देशहरूलाई ऋणमुक्त गर्नुका साथै एक असल ऋणदाता देशको रूपमा चीन अफ्रिकी महादेशमा लोकप्रिय छ र अफ्रिकी जनता एक भरपर्दो मित्र पाएकोमा खुसी छन् ।
अफ्रिकाको लागि चीन ऋणदाता र लगानीकर्ता मात्र होइन एक असल सहयोगी पनि हो । करिब २००० भन्दा बढी चिनियाँ कम्पनीहरू अफ्रिकाका विभिन्न क्षेत्रमा कार्यरत छन् । करिब ४० वटा अफ्रिकी देशहरूमा सडक, ३० वटा अस्पताल, ५० वटा विद्यालय र १०० वटा ऊर्जा आयोजना निर्माण गरी अफ्रिकी जनतालाई सहयोग गर्दै छ । करिब ३०००० अफ्रिकीहरूलाई प्राविधिक तालिम दिएर र १८००० अफ्रिकी विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएर चीनले अफ्रिकालाई आफ्नो खुट्टामा उभिन टेवा पु¥याइरहेको छ ।
यसरी बिनास्वार्थ आपसी हितका लागि बिना कुनै हस्तक्षेप सहमतिमा आधारित सम्बन्धको अगुवाइ चीनले गरिरहेको छ । चीनको ‘एक क्षेत्र एक मार्ग’ अगुवाइ अफ्रिकाका सागि बरदान साबित हुनेमा सन्देह छैन । चीन–अफ्रिका सहकार्य मञ्चको सम्मेलन २०१८ को क्रममा चिनियाँ राष्ट्रपति सीचिङ फिङले अफ्रिकी राष्ट्रपतिहरू र प्रधानमन्त्रीहरूसँग छुट्टाछुट्टै भेट गरेका थिए । भेटवार्ताको प्रमुख प्राथमिकता दई पक्षबिचको आपसी सहकार्य, आपसी लाभ र विकास नै थियो । अफ्रिका पश्चिमा देशसँग भन्दा दिनप्रतिदिन चीनसँग अत्यन्त नजिक र निकट हुँदै छ । विश्वजगत्कै लागि यो सुखद सन्देश पनि हो ।
५) युरोपेली सङ्घ, जापान, बेलायत र चीनसँग संरा अमेरिकाको व्यापार स्थिति
संरा अमेरिकाको युरोपेली सङ्घसँगको व्यापार सम्झौता, संरा अमेरिकाको जापान, बेलायत, क्यानाडा, मेक्सिकोसँगको खुला व्यापार सम्झौता यतिबेला पुनः छलफलमा ल्याइएको छ । यसको कारण संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खडा गरेको असन्तुलित व्यापार हो । अमेरिका व्यापार असन्तुलनको मार्गतर्फ उन्मुख रहेको जापान र बेलायतले चाल पाइसकेका छन् । त्यस्तै, अमेरिकाले थोपरेको करजन्य र गैरकरजन्य बाधा व्यवधानले जापानलगायत कसैबाट लुकेको वस्तु उत्पादन प्रणालीमा परिवर्तन आएसँगै एउटा बिक्रीयोग्य वस्तु तयार हुन विभिन्न देशहरूको योगदान रहन्छ । चीनको उत्पादनमा ल्याटिन अमेरिका, ब्राजिल, जापान, बेलायतलगायत थुप्रै देशहरूमार्फत कच्चा पदार्थ, पार्टपुर्जा आयात गरिन्छ । बिक्रीयोग्य वस्तुमा कर थोपर्नु भनेको यी सम्पूर्ण देशहरूबाट आयात गरिने वस्तुमा पनि कर जोडिन्छ । यसको अर्थ संरा अमेरिकाले आफ्नो साझेदार देशहरूसँग स्वस्थ र सन्तुलित व्यापार सम्बन्ध राख्न नसकेकै हो भन्ने पुष्टि हुँदै छ । यसमा ट्रम्पको प्रमुख कमजोरी छ । ट्रम्पले अमेरिकी व्यापार साझेदार देशहरूसँग
‘हार्डबल’ (Hardball) खेलिरहेको विश्वजगत्को टिप्पणी छ ।
वस्तुको व्यापार र लामो समयदेखि संरा अमेरिकाको घटिरहेको निर्यातको तथ्याङ्कलाई उल्टाउन कर र चेतावनीको बलमा ट्रम्पले जुन खेल खेलिरहेको छ त्यसले राम्रो नतिजा भने अवश्य दिँदैन । अन्तर्राष्ट्रिय मुद्राकोषको पनि यही प्रक्षेपण हो । ट्रम्पले वस्तुमा करको दर बढाएर विश्वका अधिकांश देशको अर्थतन्त्रलाई असर गर्नुका साथै युरोपेली सङ्घसँगको परम्परागत एवम् ऐतिहासिक सम्बन्धसमेत बिगारेको छ ।
यसरी उच्च भन्सार कर र त्यसको प्रतिकारका लागि लगाइएको करले वित्तीय अवस्थालाई सङ्कुचनतर्फ लान्छ । यसले विश्व अर्थतन्त्र एवम् वित्तीय स्थिरतामा नकारात्मक प्रभाव पार्छ । अगस्ट महिनाको अन्त्यतिर करिब ६ महिनामा संरा अमेरिकाको व्यापार घाटा उच्च दरले बढेको संरा अमेरिकी प्रशासनले जनायो । तथ्याङ्कअनुसार संरा अमेरिकी उपभोक्ताहरूले चीनबाट कार र मोबाइल फोन अत्यधिक आयात गर्ने गरेका थिए । अमेरिकी व्यापारी र साना उत्पादकहरू आफ्नो राष्ट्रपतिसँग अत्यन्त असन्तुष्ट छन् ।
भटमास आयातमा चीन विश्वकै प्रमुख देश हो । संरा अमेरिकाले छेडेको व्यापार युद्ध र असमझदारीका कारण चीनले संरा अमेरिकाबाट भटमास आयात घटाएको थियो । यसबाट अमेरिकी भटमास बजारमा अत्यन्त ठुलो नोक्सान भयो ।
अमेरिकी भटमास सङ्घका अध्यक्ष जोन हेइसडोर्फरले भनेका छन्, “चीनसँगको व्यापार सम्बन्धमा सुधार चाहन्छौँ । चीनमाथि व्यापार युद्ध छेडेर ठुलो क्षति अमेरिकालाई नै भएको छ, जुन गलत हो । त्यसकारण, भटमासको ठुलो निर्यातलाई सफल बनाउन पनि चीनसँगको सम्बन्ध राम्रो हुन जरुरी छ ।”
अमेरिकी व्यापारी र उपभोक्ताहरूको असन्तुष्टिको यो पछिल्लो दृष्टान्त मात्रै हो । वास्तवमै भन्ने हो भने अमेरिकी उपभोक्ता चिनियाँ वस्तुहरूमा निर्भर रहेको यथार्थ लुकाउन खोजिए पनि लुकाउन गा¥हो छ ।
जुलाइसम्ममा संरा अमेरिकाको व्यापार घाटा ६.४ प्रतिशतले बढेर ५३ अर्ब २ करोड पुग्यो । यो आँकडा बढ्ने क्रममा छ । प्रश्न उठ्छ – व्यापार घाटाको यात्रा गरिरहेको देश शक्तिशाली हुन्छ कि मुनाफातिर गइरहेको देश ? व्यापार साझेदार देशहरूसँग सम्बन्ध चिस्याउँदै लाने देश बलियो हुन्छ कि अन्य देशहरूसँग सहकार्यको हात बढाउने देश ? अन्य देशहरूको अस्तित्व मेट्न खोज्ने साम्राज्यवादी चिन्तनबाट अघि बढेको देश सफल हुन्छ कि आपसी सम्मानको आधारशीलामा सारा युरोप, ल्याटिन अमेरिका, एसिया, अफ्रिकाका देशहरूको आर्थिक समृद्धिका लागि सहकार्य गर्न अघि सरिरहेको देश सफल हुन्छ ?
त्यसकारण, अमेरिकाले छेडेको व्यापार युद्धसँग मात्र होइन अन्य थुप्रै क्षेप्यास्त्रसँग प्रतिकार गर्ने अझ परिष्कृत र आधुनिक क्षेप्यास्त्र चीनसँग छ । आफ्नो हातमा यी सम्पूर्ण हातहतियार, गोलाबारुद हुँदाहुँदै पनि चीन संरा अमेरिकाले छेडेको व्यापार युद्ध लड्न नचाहनुको एउटै कारण विश्व जगतको भलाइ चिताउने चीनको नीति हो । व्यापार युद्धले कसैलाई विजेता नबनाउने सत्य चीनले इतिहासबाट सिकेको पाठ हो । समयमै संरा अमेरिकाले व्यापार युद्धको अन्त्य घोषणा गरी आफ्नो गल्तीलाई सुधारे सबैको भलाइ हुनेछ । नत्र संरा अमेरिकाले त्यस्तो चीनको सामना गर्नुपर्ने छ जुन चीनलाई संरा अमेरिकाले कहिल्यै सामना गर्न परेको थिएन भनी जानकारहरू बताउँछन् । चीन हरेक हिसाबले व्यापार युद्धको प्रतिकार गर्न तयार देखिन्छ ।
स्रोत : मजदुर–किसान, २२ माघ, २०७५
Leave a Reply