भर्खरै :

चीन–संरा अमेरिका आर्थिक तथा व्यापार सम्बन्धका केही मुद्दामा चीनको श्वेतपत्र–४

चीन–संरा अमेरिका आर्थिक तथा व्यापार सम्बन्धका केही मुद्दामा चीनको श्वेतपत्र–४

४. चीनले वित्तीय सेवाका लागि बजार पहुँच विस्तार ग¥यो ।
चीनको खुलापनले अमेरिकालगायत सम्पूर्ण देशको वित्तीय संस्थालाई फाइदा पु¥यायो । सबैभन्दा बढी अमेरिकी वित्तीय संस्थाले चिनियाँ बजारमा सञ्चालनको पहुँच पायो । चीनमा पूर्ण विदेशी पुँजी लगानी सुरक्षण या धितोपत्र कम्पनीको स्थापना जेपीमोर्गन र गोल्डम्यान साचले गरे भने मोर्गन स्टान्लीले चीनमा संयुक्त—लगानी धितो या सुरक्षण कम्पनीको ९४ प्रतिशत हिस्सा प्राप्त ग¥यो । जेपीमोर्गन फ्युचर्स र मोर्गन स्टान्ली फ्युचर्स दुवै पूर्ण विदेशी स्वामित्व भएका फ्युचर्स (सम्पत्तिको लागि सम्झौता भएका) कम्पनी हुन् । ब्ल्याकरक, फिडेलिटी, न्यूबर्गर बर्मन, जेपीमोर्गन, मोर्गन स्टान्ली, र अलायन्स बर्नस्टाइनलाई चीनमा पूर्ण विदेशी—स्वामित्वको कोष व्यवस्थापन कम्पनी स्थापना गर्ने अनुमति छ । स्टान्डर्ड एण्ड पूअर, फिच र अन्य अन्तर्राष्ट्रिय रेटिङ कम्पनीले चीनमा सञ्चालन सुरु गरेको धैरै भयो । अमेरिकन एक्सप्रेस र मास्टरकार्ड दुवैले चीनमा संयुक्त लगानीको उद्यम स्थापना गरे र बैङ्क कार्ड क्लियरिङ अनुमति प्राप्त गरेपछि सञ्चालन सुरु गरे ।
चीनले अहिलेसम्म वित्तीय क्षेत्रमा खुलापनका लागि ५० भन्दा बढी उपाय अपनायो र वित्तीय सेवा क्षेत्रमा विदेशी लगानी बजार पहुँचको सीमा हटाई सहज बनायो  ।
-विदेशी लगानीमा सबै इक्विटी शेयर होल्डिङ सीमा हटाइयो । सन् २०१८ मा चीनले चिनियाँ लगानी बैङ्क वित्तीय सम्पत्ति व्यवस्थापन कम्पनीमा विदेशी इक्विटी सीमा हटाएर घरेलु र विदेशी लगानीलाई इक्विटी शेयर होल्डिङमा समान पहुँच या अधिकार दियो ।
विदेशी पुँजी लगानी भएका सेक्युरिटी कम्पनी, फ्युचर्स कम्पनी र बीमा कम्पनीको व्यवस्थापन विधि संशोधन गरियो । धितो या सेक्युरिटीज्, कोष व्यवस्थापन, फ्युचर्स या सम्पत्तिको सम्झौता र जीवन बीमाको क्षेत्रमा विदेशी लगानीलाई ५१ प्रतिशत स्वामित्वको अनुमति दिइयो र सन् २०२० देखि कुनै रोकतोक पनि छैन । विदेशी लगानीहरूलाई क्रेडिट जाँच, क्रेडिट रेटिङ र भुक्तानी सेवा प्रदान गर्न अनुमति दिइयो र राष्ट्रिय मान्यता पनि ।
िविदेशी लगानीको व्यावसायिक क्षेत्र व्यापक विस्तार गरियो । चीनमा विदेशी बैङ्कहरूले स्थापनादेखि नै RMB (चीनको मुद्रा) व्यवसायका लागि अनुमति प्राप्त गर्छन् । विदेशी पुँजी लगानी भएका सेक्युरिटीज् कम्पनी र बीमा एजेन्सीको व्यवसाय क्षेत्रमा अलग्ग कुनै सीमा छैन । घरेलु र विदेशी कम्पनीलाई समान व्यवहार गरिन्छ । विदेशी लगानी भएका उद्यमहरूलाई बीमा एजेन्सी र बीमा मूल्याङ्कन सेवा प्रदान गर्न अनुमति दिइएको छ । गैरवित्तीय उद्यमका लागि ऋण लगानीको मुख्य हकदार बन्न र कोष संरक्षण सेवा प्रदान गर्न आवेदन गर्दा (विदेशी पुँजी लगानी भएका एजेन्सीहरूको) व्यावसायिक योग्यता आवश्यकतानुसार सहज बनाइएको छ ।
-विदेशी शेयर लगानीकर्ताको योग्यता पनि आवश्यकतानुसार सहज बनाइयो । चीनमा कानुनी अधिकारसहित विदेशी बैङ्क खोल्न कम्तिमा १० अर्ब अमेरिकी डलर कुल सम्पत्ति हुनुपर्ने र बैङ्कको शाखा खोल्नका लागि २० अर्ब अमेरिकी डलर हुनुपर्ने र विदेशी बीमा एजेन्सीहरूले चीनमा प्रवेश पाउन दुई वर्षको कार्यालय अवधि हुनुपर्ने र ३० वर्षको बीमा व्यवसाय सञ्चालनको अनुभव आवश्यक पर्नेजस्ता चीनले पहिले राखेका सर्तहरू पनि हटाइयो । अब संयुक्त लगानीको उद्यम सेक्युरिटीज् कम्पनीमा कम्तीमा एक शेयर लगानीकर्ता हुनैपर्ने माग पनि छैन ।
५. चीनले अनुकूल र सन्तुलित आरएमबी विनिमय दर कायम गरेको छ !
चीन बहुपक्षीयताको पक्षमा छ र बहुपक्षीय सहमतिको सम्मान गर्छ । बहुपक्षीय प्रतिबद्धता पूरा गर्न चीन कहिल्यै पछि हट्दैन । चीन प्रतिस्पर्धात्मक मुद्रा अवमूल्यनबाट पनि जोगिएको छ । लचिलो विनिमय दर प्रणाली लागू गर्ने सम्झौता छ । त्यसको आधार मुद्राको बजार आपूर्ति र माग व्यवस्थापन नै हो ।
बजारमा आधारित विनिमय दर कार्यान्वयनमा सुधार हुँदै छ । विनिमय दर मुख्यतः बजारको माग र आपूर्तिले निर्धारण गर्नुपर्छ र विदेशी मुद्रा बजारमा नियमित हस्तक्षेपबाट बच्नुपर्छ भन्ने मान्यता चीनको हो ।
अनुशासित तवरले RMB विनिमय दरको लचकता बढाउने काम चालु छ । अन्तर–बैङ्क विदेशी मुद्रा बजारमा अमेरिकी डलरसँग RMB को तरल या लचिलो विनिमय दरको दैनिक सीमा २००७ मा ०.३ प्रतिशतबाट क्रमशः बढ्दै २ प्रतिशत पुगेको छ ।
यसले केन्द्रीय समानुपातिक दर नियमित गर्न र बजारमा आधारित बनाउन भूमिका खेल्यो । विदेशी मुद्रा बजारका प्रमुख सहभागी बैङ्कलाई कोटेसन आह्वान गर्ने बैङ्कको रूपमा लिइन्छ र आफ्नो कोटेसन दिनुअघि अन्तर–बैङ्क विदेशी मुद्रा बजारमा अघिल्लो दिनको बन्द मूल्य, विदेशी मुद्रा बजारमा माग, आपूर्तिको अवस्था र प्रमुख मुद्राहरूको विनिमय दरको गतिलाई पूर्णतः विचार गरिन्छ ।
विदेशी मुद्रा विनिमय बजारको विकास प्रवद्र्धन गर्दै छ चीन । चीनले अन्तर—सीमा व्यापारमा सम्बन्धित उद्यमी र व्यक्तिको लगानीलाई सहज बनाउन विभिन्न उपाय या सुविधा प्रदान ग¥यो । विदेशी मुद्रा बजारमा थप उत्पादन उपलब्ध गराइयो । बजारमा सहभागी हुने संस्थाको सङ्ख्या बढाइयो । विदेशी मुद्रा बजारको खुलापनमा जोड दिइयो । पूर्वाधार सुधार गरियो । त्यसकारण, बहुपक्षीय विदेशी मुद्रा बजारले व्यापक कार्यसम्पादनसहित आकार लिन थालेको हो भन्न सकिन्छ ।
चीनको अन्तर–बैङ्क विदेशी मुद्रा विनिमय बजारमा हाल ४० भन्दा बढी व्यापारयोग्य मुद्रा उपलब्ध छन् । अन्तर–बैङ्क विदेशी मुद्रा विनिमय बजारले सन् २०२४ मा आफ्ना व्यापार आकार ४११ खर्ब ४० अर्ब अमेरिकी डलर प¥याएको तथ्याङ्क छ । विदेशी मुद्रा विनिमय बजार अझ बढी परिपक्व र आत्मनिर्भर बन्दै छ । र बजारका विदेशी खेलाडीहरू RMB विनिमय दरमा आउने दुई–तरिकाको उतार–चढावलाई आत्मसात गर्न सक्षम छन् । सन् २०२४ मा विनिमय दर जोखिमहरूलाई जोगाउने उपाय स्वरूप फर्वार्ड एक्सचेन्ज, विकल्प र अन्य विदेशी मुद्रा व्युत्पन्नहरू प्रयोग गर्ने उद्यम उद्यमीको अनुपात २७ प्रतिशत पुग्यो ।
विनिमय दर निर्धारणमा स्पष्ट र पारदर्शी नीति कायम छ । मौद्रिक नीति समितिको नियमित बैठक, प्रेस सम्मेलन आयोजनामार्फत् मौद्रिक नीति कार्यान्वयन प्रतिवेदन सार्वजनिक गर्नुका साथै चीनले आफ्नो मौद्रिक स्थितिलाई सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय अभ्यास अनुसरण गर्दै आफ्नो केन्द्रीय बैङ्कको बैलेन्स सीट, विदेशी मुद्रा सञ्चय, अन्तर्राष्ट्रिय आय र व्ययको बैलेन्स सीट, अन्तर्राष्ट्रिय लगानी अवस्थाबारे नियमितरूपले सार्वजनिक गर्दै चीनले विनिमय दर नीतिको पारदर्शिता पुष्टि गरेको छ ।
बजारमा आधारित RMB विनिमय दर सुधारमा उल्लेखनीय प्रगति भएको देखिन्छ । RMB विनिमय दर अझ बढी बजारमा आधारित, बढी लचिलो, दुई–तरिकाको उतार–चढाव राम्रो कार्यान्वयन हुँदै छ । RMB विनिमय दर समयानुकूल, सन्तुलित र स्थिर छ । साथै चीनले अन्तर्राष्ट्रिय भुक्तानीमा आधारभूत सन्तुलन कायम गरेको छ ।
२०२० देखि चीनको विदेशी मुद्रा व्यापार प्रणालीले RMB विनिमय दर सूचाङ्क लगभग १०० पु¥यायो । यो सूचाङ्कले RMB विनिमय दरलाई अन्य मुद्रासँग तुलना गर्न सघाउँछ । पछिल्लो मापनले आरएमबी विनिमय दर विश्वका मुख्य मुद्राभन्दा बलियो देखाएको छ । साथै प्रतिस्पर्धात्मक मुद्रा अवमूल्यनको चुनौति पनि छैन । RMB विनिमय दरको वार्षिक उतारचढाव ३ प्रतिशतदेखि ४ प्रतिशतको बिचमा रहन्छ । यो अवस्था प्रमुख विश्व मुद्राहरूको उतार–चढाव परिवर्तनसँग समान छ । यसले बृहत्तर अर्थतन्त्र र अन्तर्राष्ट्रिय भुक्तानी सन्तुलनमा स्वचालित स्थिरता कायम गर्ने भूमिका खेल्दछ । सन् २०२४ मा चीनको चालु खाता लाभ कुल गार्हस्थ उत्पादन (GDP) को २.२ प्रतिशत छ । यसलाई सामान्यतः स्वीकार्य एवम् उचित मान्नुपर्छ ।
६. चीनले व्यापार परिमाण निरन्तर विस्तार गर्दै छ 
चीनले घरेलु बजारको आवश्यकता, व्यापारको सिद्धान्त र WTO नियमका आधारमा सम्झौता कार्यान्वयनका समस्याहरू खोत्ल्यो र समाधानको उपाय पनि अपनायो । यो अगुवाइले चिनियाँ उद्यमीलाई अमेरिकी कम्पनीबाट आयात विस्तार गर्न थप सहयोग पुग्यो । सम्झौतानुसारको खरिद दायित्वहरू स्वाभाविकरूपले २०२१ को अन्त्यमा समाप्त भयो ।
स्वीकृति प्राप्त अमेरिकी वस्तुहरूमाथिको अतिरिक्त भन्सार हटाउने काम भयो । चीनले निश्चित अवधिको लागि अमेरिकी सेक्सन ३०१ प्रहारको प्रतिक्रिया स्वरूप अतिरिक्त भन्सार लगाएको थियो । घरेलु उद्यमहरूको आवेदनअनुसार उपयुक्त अमेरिकी वस्तुमाथि बजार र व्यापार सिद्धान्तको आधारमा अतिरिक्त भन्सार हटाइयो । यो उपायले अमेरिकी वस्तुहरूको आयातलाई सहज बनायो । उदाहरणका लागि तेल, ग्यास, र कोइलाजन्य वस्तुहरू, ऊर्जा उत्पादनहरू अमेरिकीबाट आयात गर्न अनुमति दियो । चीनले सन् २०२० र २०२१ मा अमेरिकी ऊर्जासँग सम्बन्धित उत्पादनको आयात (अमेरिकी डलरमा) १४४.५ प्रतिशत र ११४.७ प्रतिशतले वृद्धि ग¥यो ।
अमेरिकाबाट आयात विस्तारमा उल्लेखनीय प्रगति ग¥यो । चिनियाँ तथ्याङ्कअनुसार सन् २०२० मा चीनको कुल वस्तु आयात (अमेरिकी डलरमा मूल्याङ्कन गरिएका) बर्सेनि ०.६ प्रतिशतले घटे पनि अमेरिकाबाट गरिने आयात १०.१ प्रतिशतले वृद्धि भएको छ । सन् २०२१ मा अमेरिकाबाट वस्तु आयात ३१.९ प्रतिशतले वृद्धि भयो । जुन कुल आयात वृद्धि दरको ३० प्रतिशतभन्दा बढी हो । चीनले गर्ने कुल आयातमा अमेरिकी वस्तुहरूको अनुपात सन् २०१९ मा ५.९ प्रतिशतबाट सन् २०२१ मा ६.७ प्रतिशत वृद्धि भयो । अमेरिकाको तथ्याङ्कअनुसार सन् २०२० मा अमेरिकी वस्तुहरूको कुल निर्यात १३.४ प्रतिशतले घटे पनि चीनतर्फको निर्यात १५.९ प्रतिशतले बढ्यो । सन् २०२१ मा चीनतर्फको वस्तु निर्यातले २१.९ प्रतिशतको बलियो वृद्धि दर हासिल ग¥यो । चीनतर्फ अमेरिकी वस्तु निर्यात अनुपात सन् २०१९ मा ६.५ प्रतिशतबाट सन् २०२१ मा ८.६ प्रतिशत वृद्धि भयो ।
चीनले सम्झौताअनुसार आफ्नो दायित्व पूरा गर्न खोज्दा अमेरिकी पक्षबाट थुप्रै अवरोध सामना गर्नुपरेको यथार्थ हो । खासमा अमेरिकी उत्पादन क्षमताको सीमितताले चीनतर्फ निर्यातमा बाधा पुगेको हो । सन् २०२० मा बोइङको जहाज उत्पादन सन् २०१९ मा भएको उत्पादनको करिब ४० प्रतिशत मात्र थियो । यसले चीनतर्फ आपूर्ति समस्या भयो । अमेरिकामा सन् २०१९ को बाली बढ्ने र काट्ने मौसममा प्रतिकूलताको कारण गहुँमा धेरै मात्रामा एर्गट र भमिटोक्सिन (धुसी) को समस्या देखा पर्यो । परिणामतः चिनियाँ खाद्य सुरक्षा र क्वारेन्टाइन मापदण्ड पूरा गर्ने गहुँको मात्रा पूर्ति भएन र सन् २०२० मा अमेरिकी गहुँ निर्यात आँकडामा नकारात्मक पर्यो ।
अपर्याप्त पूर्वाधारका कारण ढुवानी लागतमा वृद्धि भयो । उदाहरणका लागि गल्फ अफ मेक्सिकोका अधिकांश अमेरिकी बन्दरगाहहरूले ३००,००० टनभन्दा ठूलो कच्चा तेल बोकेको जहाजलाई सिधै भित्याउन सक्दैनन् । स्थानान्तरण तथा इन्धन भर्नका लागि मध्यम आकारका तेल ट्याङ्करहरू (१००,००० देखि २००,००० टन) को आवश्यकता पर्छ । यसैकारण चीनतर्फ अमेरिकी कच्चा तेलको ढुवानी लागत मध्यपूर्वको तुलनामा तीन गुणा बढी भयो । अमेरिकाको अन्तर्राष्ट्रिय मूल्य प्रतिस्पर्धात्मकता कमजोर हुँदै गएको पनि प्रस्टिन्छ ।
केही अमेरिकी उत्पादन या वस्तुको मूल्य र सुरक्षा संयन्त्र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी नदेखिँदा चिनियाँ कम्पनीहरूले अमेरिकाबाट आयात गर्ने इच्छामा कमी देखाए । अमेरिकी सोयाबिन दक्षिण अमेरिकी सोयाबिनको तुलनामा मूल्य कम छ, अमेरिकी मासु दक्षिण अमेरिकी मासुभन्दा लगभग ५० प्रतिशत बढी महँगो छ, अमेरिकी चामलको गुणस्तर, स्वरूप, स्वाद र मूल्यका हिसाबले दक्षिणपूर्वी एसियाली चामल निकै राम्रो छ । सन् २०२० फेब्रुअरीमा अमेरिकी चामलको आयात मूल्य थाई चामलभन्दा प्रतिटन करिब ३००० आरएमबी बढी र भियतनामी चामलभन्दा प्रतिटन ३५०० आरएमबी बढी थियो । अर्को उदाहरण लिऔँ, सन् २०१८ र २०१९ मा बोइङको मुख्य जहाज मोडेल “७३७ म्याक्स” धेरै ठूला दुर्घटनामा पर्यो । प्रतिक्रियामा चीन र अमेरिकालगायत विश्वका धेरै देशहरूले उक्त जहाज मोडेललाई उडानमा रोक लगाए जसले अमेरिकाको विमान यातायात व्यापारलाई ठूलो धक्का पु¥यायो ।
अमेरिकी पक्षले चीन–अमेरिका अन्तर्राष्ट्रिय रसद प्रणाली अर्थात् लजिस्टिक्समा अवरोध खडा ग¥यो । अमेरिकाका बन्दरगाहहरू र अन्य पूर्वाधारहरू पहिले नै कडा सन्तुलनमा थिए । कोभिड–१९ को प्रभावसँगै रेलवे, बन्दरगाह र कन्टेनर ट्रकजस्ता विभिन्न आपूर्ति संयन्त्र अनुकूलनमा ध्यान दिँदा अमेरिकी मुख्य बन्दरगाहमा अत्यधिक भीडभाड र भित्री यातायात सञ्जाल अवरुद्ध भयो । यसले वस्तुको भण्डारण ठूलो मात्रामा बढायो । शाङ्घाई शिपिङ एक्सचेन्जले प्रकाशित गरेको विश्वका प्रमुख कन्टेनर बन्दरगाह सञ्चालन तथ्याङ्कअनुसार सन् २०२१ मा लस एन्जलस र लङ बिचका बन्दरगाहहरूमा कन्टेनर जहाज रोकेको औसत समय क्रमशः ११.१ दिन र १०.६ दिन थियो (कोभिडभन्दा पहिलेको समय ४.३ र ४.७ दिन) भने सोही अवधिमा चीनको शाङ्घाई र शेनझेन बन्दरगाहहरूमा यो औसत समय क्रमशः २.९६ दिन र २.३३ दिन मात्र थियो ।
७. चीनले सम्झौतासँग सम्बन्धित विषयमा अमेरिकासँग व्यावहारिक संवाद कायम राख्यो ।
सन् २०२० र २०२१ मा चीनले दुईपक्षीय आर्थिक र व्यापार सम्बन्ध तथा सम्झौता कार्यान्वयनको विशेष विषयमा सबै तौर तरिकाबाट अमेरिकासँग नजिकको संवाद राख्यो र प्रभावकारी रूपमा कार्यान्वयन अघि बढायो । सम्झौता पूरा गर्ने प्रतिबद्धताका सवालमा चीनको पूर्ण सफल देखियो । यस अवधिमा दुवै पक्षले विवाद समाधानका लागि प्रत्यक्ष प्रक्रिया सुरु गरेनन् । सम्झौताको व्यवस्थाअनुसार उच्चस्तरीय संवादको रूपमा चीन र अमेरिकाबिच समग्र सम्झौता कार्यान्वयन मूल्याङ्कन गर्ने उद्देश्यले, आर्थिक तथा व्यापार सम्बन्ध, बहुपक्षीय र दुईपक्षीय सहकार्यसम्बन्धी विचारविमर्शका लागि ६ पटक टेलिफोन वार्ता भयो । दैनिक कामका लागि, दुवै पक्षले पाँच उपमन्त्रीस्तरीय त्रैमासिक बैठक र निर्देशक स्तरमा १४ मासिक बैठक तथा परामर्शहरू सम्पन्न गरे । जसमा व्यापार विस्तार, खाद्य तथा कृषि उत्पादनको व्यापार, बौद्धिक सम्पत्ति अधिकार, र वित्तीय सेवासँग सम्बन्धित विषयहरूमा विशेष ध्यान दिइयो । कार्यान्वयन तहको छलफल र इमेल आदानप्रदानमार्फत नियमित संवाद कायम राखेर साझा चासोका विषयहरू समाधान गर्न कोसिस भए ।
औपचारिक रूपमा यो सम्झौता सन् २०२० फेब्रुअरी १५ मा लागु भयो । यसैबिच चीनले प्रस्तावित सबै कदमको लागि ४५ दिनभन्दा बढी सार्वजनिक सुझाव अवधि प्रदान ग¥यो, घरेलु र अन्तर्राष्ट्रिय दुवै प्रतिक्रियाहरूलाई पूर्ण रूपमा समायोजन ग¥यो र दुवै पक्षको उचित चासो र अनुरोधलाई उपयुक्त सम्बोधन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *