मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, ३० जेठ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको राष्ट्रिय भेला शुक्रबार भक्तपुरमा प्रारम्भ भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने नयाँ पुस्ता राजनीतिमा नआए खराब व्यक्तिहरूको राजनीतिमा प्रभाव हुने र देश एवम् जनतालाई दुःख हुने बताउनुभएको उल्लेख गर्दै यो यथार्थ नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका सबै विद्यार्थीहरूले आत्मसात गर्नु जरूरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेका, एमाले, माओवादी (केन्द्र) लगायत यो पुँजीवादी सरकारमा गएका दलहरूले निःस्वार्थरूपमा देश र जनताको सेवा गर्ने राजनीति अघि नबढाएको हुँदा तिनका विद्यार्थी सङ्गठन र नयाँ पुस्तामा देशको हित गर्ने भावना भएन र भ्रष्टाचार बढ्यो ।”
“नेपाली काङ्ग्रेसको सरकारले देशको सेवा नगरेको बताएका एमाले र माओवादी (केन्द्र) आ–आफूलाई कम्युनिस्ट दाबी गर्छन्, तर तिनका सरकार नेपाली काङ्ग्रेसको सरकारभन्दा फरक भएन”, सचिव सुवालले थप्नुभयो ।
“नेका, एमाले, माओवादी (केन्द्र), रास्वपा, राप्रपा, एसलगायत पार्टीहरूको नाम फरक छ तर, तिनका राजनीतिक र आर्थिक विषय एउटै भए”, सचिव सुवालले स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले संविधान निर्माणको बेला विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, स्वास्थ्य उपचार निःशुल्क, स्वदेशमा रोजगारीलाई मौलिक हकमा राख्नुपर्ने संशोधन पेस गरेको तर, नेका, एमाले, माओवादी केन्द्रले विरोध गरे ।”
सचिव सुवालले थप्नुभयो, “सरकारले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न दिने विधेयक पारित गरेको छैन । यसले जनताका छोराछोरीलाई सरकारले पढाउन
नचाहेको पुष्टि हुन्छ । यो यथार्थ नेपालका विद्यार्थीसम्म पु¥याउनु जरूरी छ ।”
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले समाजवादी शिक्षाबारे चर्चा गर्दै शिक्षामा आमूल परिवर्तन ल्याउन अध्ययन धेरै गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष प्रकाश गुरूङले गर्नुभएको थियो । भेलामा हृदय दाहालले ‘जनताको साहित्य र साहित्यकार’ पुस्तकको महत्वबारे प्रशिक्षण दिनुभएको थियो ।
Leave a Reply