जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
काठमाडौँ, ३० जेठ । प्रतिनिधिसभाको जेठ १३ गतेयता अवरूद्ध भएको बैठक रास्वपा र राप्रपाको नाराबाजीलाई बेवास्ता गरी अघि बढाइयो । सुरूमा माओवादी (केन्द्र), रास्वपा, राप्रपा, एसले नेकाका गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसामा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने र अर्बौँ भ्रष्टाचार गरेको आरोप लगाई राजीनामा माग्दै संसद् अवरोध गरेका थिए ।
भिजिट भिसामा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउनेमा माओवादीका गृहमन्त्रीहरू पनि संलग्न भएको सार्वजनिक भयो । सर्वोच्च अदालतले माओवादीका पूर्वसभामुख अग्नि सापकोटालाई काभ्रेका अर्जुन लामा हत्यामा संलग्न भएको मुद्दा अघि बढाउने फैसला ग¥यो । त्यसपछि माओवादीले संसद् चलाउन सकारात्मक भएको निर्णय ग¥यो । राप्रपा र एस पनि माओवादीसँगै पछि हटे ।
रास्वपाले गृहमन्त्री लेखकको राजीनामा हुनुपर्ने अडान राख्यो । एमाले र माओवादीका प्रमुख सचेतकबिच दुई बुँदाको सहमति गरियो । सहमतिमा अख्तियारको अनुसन्धानलाई सरकारले सहयोग गर्ने र गृहमन्त्रालयले भिजिट भिसाबारे छानबिन गर्ने उल्लेख छ । यी दुइटै बुँदाको औचित्य छैन । नेकाले सहमतिमा सही नगर्नुको अर्थ गृहमन्त्रीलाई सुरक्षित राख्नु हो । यसरी माओवादी र एसलाई प्रधानमन्त्री ओली र नेकाका सभापति देउवाले थाङनामा सुताए ।
सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाको अवरोध भए पनि गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुभयो । रास्वपाका सांसदहरू उठेर सभामुखको अगाडि पुगेर ‘गृहमन्त्री राजीनामा दे’, ‘मानव तस्करलाई कारबाही गर’ नारा लगाए । राप्रपा आफ्नै स्थानमा बसे ।
जेठ १३ गतेयता हौसिएर गृहमन्त्रीको राजीनामा मागेका माओवादी, रास्वपा, एसलाई सरकारले एक एक गरी थाङनामा सुताउँदै छ ।
Leave a Reply