नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ३० जेठ । वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्टको अर्थशास्त्र विभागको संयुक्त आयोजनामा नेपाल सरकारद्वारा संसद्मा प्रस्तुत आ.व. २०८२÷८३ को बजेटबारे अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बजेट जतिसुकै राम्रो भए पनि सार्थक कार्यान्वयनबिना त्यसको खासै अर्थ नहुने बताउनुभयो ।
अर्थशास्त्रका विद्यार्थीहरूले नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तक पढ्न सुझाव दिँदै उहाँले सरकारको परनिर्भर बजेटले देशको सार्वभौमिकता नै कमजोर हुने दृष्टान्तहरू दिनुभयो ।
उहाँले भन्नुभयो, “भ्रष्टाचार देशको रोग हो । भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्न नसकेसम्म बजेट साँचो अर्थमा कार्यान्वयन हुँदैन । शिक्षामा बजेट सबभन्दा बढी देखिए पनि प्रतिशतका दृष्टिले प्रत्येक वर्ष बजेट घटाउँदै ल्याएको छ ।”
उहाँले शिक्षा मावि तहसम्म निःशुल्क तथा अनिवार्य हुनुपर्ने र उच्च शिक्षा पनि निःशुल्क हुनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूले सरकारको बजेटमा गरेको यो अन्तरक्रिया र निष्कर्ष प्रशंसनीय छ भन्नुभयो ।
वागीश्वरी कलेज अफ मानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले बजेट प्रस्तुत गर्ने संसारको विभिन्न देशको उदाहरण दिँंदै नेपालको इतिहासमा सुवर्ण शमशेरले २००८ सालदेखि सुरु भएको जानकारी दिनुभयो ।
बजेटलाई आम जनताले आ–आफ्नो स्वार्थको आँखाले हेर्ने गरेको चर्चा गर्दै उहाँले बजेटबारे विद्यार्थीहरूले कार्यक्रम राख्नु सराहनीय काम हो भन्नुभयो ।
वागीश्वरी अर्थशास्त्र विभागका प्रमुख मुरज दिदियाले बजेटले निजी क्षेत्रलाई आर्थिक संवाहक मान्नु विडम्बनापूर्ण छ भन्नुभयो ।
बजेटमा चालु पुँजी ६० प्रतिशत र पुँजीगत खर्च २० प्रतिशतमात्र हुनु अत्यन्त डरलाग्दो स्थिति हो भन्दै कर नतिर्नेहरूलाई दण्ड दिनुपर्नेमा झन् कर छुट दिने सरकारी नीति गलत छ भन्दै उहाँले ४४.५ प्रतिशत नेपाली युवा बिदेसिनु चिन्ताजनक छ भन्नुभयो ।
अर्थशास्त्र विषय शिक्षक बालगोपाल श्रेष्ठले बजेट कार्यान्वयनमा देखिएको ढिलासुस्ती अन्त्य हुनुपर्नेमा जोड दिनुभएको सो कार्यक्रममा विद्यार्थीहरू रोजी प्रजापति, सुमित्रा कार्की, अनमोल ढुङ्गाना, अनिता लिगल, सोनु तामाङ, प्रविणा तामाङ र रुवि स्यामाजुले बजेटका फरक–फरक विषयमा सकारात्मक र नकारात्मक पक्षमाथि प्रकाश पार्नुभएको थियो ।
Leave a Reply