समयमै सम्बन्धित निकायको ध्यान जाओस्
- कार्तिक १७, २०८२
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड भक्तपुर शाखाको खानेपानी समस्या र कर्मचारीको लापरबाहीबारे बेलाबखत जनगुनासो आइरहेको छ । सङ्घ संस्थाका कर्मचारीहरूको लापरबाहीले नै संस्थाको बदनाम भएको गुनासो पनि बेलाबखत आउँछ । कर्मचारीहरू इमानदार नहुँदा, गर्नुपर्ने कर्तव्य निर्वाह नगर्दा ग्राहकहरूले अनावश्यक रूपमा थप पैसा तिर्न बाध्य भए जनताको दुखेसो छ । अनावश्यक रकम तिर्न बाध्य भएको एक पीडित म पनि हुँ । प्रसङ्ग खानेपानीको मिटर अङ्कको हो । संस्थाका माथिल्ला हाकिमहरूले अहिलेलाई अङ्क चढेअनुसार रकम तिर्नु भनी टिप्पणी उठाए । टिप्पणीअनुसार पछि मासिकरूपमा घटाउँदै लाने कुरो भयो । घटाउँदै लाने भन्ने विश्वासको आधारमा मैले करिब १६ हजार रकम तिरेँ । तर, चार वर्ष भयो अहिलेसम्म कारबाहीको प्रक्रिया अघि बढाइएको छैन । जहिले बुझ्न गए पनि व्यवस्थापन समितिको बैठक बसेको छैन भनी जवाफ पाउँथेँ ।
एक ग्राहकले आफ्नो धारा बन्द गर्ने निवेदन २०७०/०१/१६ गते दियो । कर्मचारीहरू आएर बन्द पनि गरियो, सबै पैसा पनि तिरियो । पछि त्यो घर अर्कै व्यक्तिले किने । उनले २०७८/१०/२१ गते धारा खोल्ने निवेदन दिए । उक्त निवेदनअनुसार २०७८/११/२० गते सम्बन्धित कर्मचारी आएर धारा खोले । कम्प्युटरमा इन्ट्री गर्ने कर्मचारीले दुई महिना छाडी तेस्रो महिनादेखि २०७८/११ महिनासम्म मिटर चढाउँदै त्यसको जरिवानासमेत १६ हजार रूपैयाँ लिइयो । टिप्पणीअनुसार रकम घटाउँदै लान्छु भनेको पनि चार वर्ष भयो । यसबारे हाकिमसँग बुझ्दा केन्द्रीय समितिको व्यवस्थापन समितिको बैठक बसेको छैन भन्ने जवाफ दिन्थे । कर्मचारीहरूको तदारूकता कहाँ बिलायो ? कार्यालयमा उठाइएको टिप्पणीअनुसारको काम किन व्यवहारमा आउँदैन ? ग्राहकसँग अनावश्यकरूपमा उठाइएको पैसा कहिले फिर्ता पाउने हो या महिना महिनामा सेवा शुल्क तिर्ने बेलामा घटाउँदै लाने टिप्पणी कहिले लागु हुने हो ? यस्तै समस्या हरेक दिनझैँ खानेपानी संस्थामा भइरहेको छ । पानी नै नआएको ठाउँमा बढी अङ्क चढाएर पैसा असुल्न खोजियो भन्ने ग्राहकहरूको गुनासो छ । खानेपानी संस्थानले वर्षौँसम्म मिटर रिडिङ नगर्ने† मिटर रिडिङ गरे पनि बिल नछोड्ने समस्याले गर्दा खानेपानी संस्थानका ग्राहक हैरान भइसकेका छन् । कति ग्राहकहरूको त ५० हजारभन्दा बढी सेवा शुल्क तिर्नुपर्ने स्थिति छ । कतिले छुट लिएर सेवा शुल्क तिरेका छन् । यस हिसाबले खानेपानी संस्थानले हचुवाको भरमा सेवा शुल्क लिइरहेको देखिन्छ । खानेपानी संस्थानले के मिटर रिडिङ गर्नुपर्दैन ? मिटर रिडिङ गरेपछि बिल छोड्नु पर्दैन ? जनताको धेरै गुनासोपछि कार्यालयले मिटर रिडिङको बिल छोड्ने काम गरेको छ । कार्यालयका कर्मचारीहरू अबदेखि व्यवस्थित हुने र अङ्कअनुसार महिना महिनामा तिर्न सजिलो हुने बताउँछन् ।
मिटर रिडिङ नगरी पैसा असुल्ने काम गलत हो । १०/१५ वर्षसम्म रिडिङ नै नगरी रकम असुल एकै पटक यति अङ्क चढ्यो भनी ब्याजसमेत पैसा असुलेपछि के उपभोक्ताहरू मर्कामा पर्दैन ?
ठाउँ–ठाउँमा पानी चुहिरहनु पनि अर्को समस्या हो । खानेपानीका कर्मचारीहरूले कहाँ कहाँ पानी चुहिरहेको छ, सोको निरीक्षण गर्नुपर्ने हो† चुहेको भए रोक्नुपर्ने हो । त्यो पनि निरीक्षण भएको छैन । संस्थानको काम पैसामात्र असुल्ने होइन† खानेपानी सेवा व्यवस्था पनि गर्ने हो । जहाँ खानेपानी सेवा पुगेको छैन त्यहाँ खानेपानी सेवा पु¥याउनुपर्ने हो । घर–घरमा खानेपानी पु¥याउने शासक दलहरूको बाचा के नारामात्र हो ? यसबारे खानेपानी संस्थान कार्यालयको ध्यान जानु आवश्यक छ ।
Leave a Reply