आत्मनिर्भरताबिना कुनै पनि देशले स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न नसक्ने
- कार्तिक २२, २०८२

काठमाडौँ, १ असार । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको जेठ ३० गतेदेखि चालु राष्ट्रिय भेला शनिबार सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनताको राजनैतिक चेतनास्तर उठाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
शासक वर्गको राजनैतिक दाउपेचबारे कार्यकर्ता सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
राजा अशोकको बारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले कलिङ हमलापछि राजनैतिक असफलता छोप्न र उत्पादन वृद्धि गर्न अशोकले बौद्ध धर्म अङ्गालेको बताउनुभयो ।
राष्ट्रिय समाजवादले फासीवादमा लैजाने र प्रजातान्त्रिक समाजवादले अन्ततः पुँजीवादमा लैजाने हुँदा विद्यार्थीहरू त्यसबारे सचेत भएर देश र जनताका लागि सङ्घर्ष गर्न अध्यक्ष रोहितले जोड दिनुभयो ।
भेलामा स्थानीय निर्वाचनपश्चात् भक्तपुर नगरपालिकाले हासिल गरेको उपलब्धिबारे नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले प्रशिक्षण दिनुभयो ।
निःस्वार्थ रूपमा देश र जनताको सेवा गर्ने पार्टीको नीतिअनुसार नगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।
नेमकिपा केन्द्रीय सदस्य तथा नेक्राविसङ्घका पूर्वअध्यक्ष सरोजराज गोसाईले नेक्राविसङ्घको इतिहासबारे चर्चा गर्नुभएको थियो ।
नेक्राविसङ्घको सदस्यता लिने विद्यार्थीहरू वैज्ञानिक खोज र अध्ययनका साथै बहुमत विद्यार्थीहरूको हकहितको पक्षमा उभिनुपर्छ, उहाँले मार्गनिर्देश गर्नुभयो ।
विद्यार्थीहरू विदेश पलायन भइरहेको बेला सचेत विद्यार्थीहरू देशको सेवामा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्राविसङ्घका पूर्वअध्यक्ष रवीन्द्र ज्याख्वले
नेतृत्व आन्दोलन र सङ्कटको समयमा तयार हुने हुँदा सक्षम नेतृत्वका लागि सबै विद्यार्थीले अध्ययन र सङ्घर्षलाई सँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बेलायती माक्र्सवादी अर्थविद् तथा लेखक एमिल वर्नको पुस्तक ‘माक्र्सवाद के हो ?’ बारे समूहगत प्रस्तुतीकरण गरिएको थियो । छलफलमा नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले प्रस्तुतिलाई सहजीकरण गर्नुभयो ।
भेलाले प्रकाश गुरूङको संयोजकत्वमा नेक्राविसङ्घको २३ सदस्यीय १४ औँ राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरेको छ ।
Leave a Reply