भर्खरै :

समाजवादी व्यवस्था उत्तम व्यवस्था हो

समाजवादी व्यवस्था उत्तम व्यवस्था हो

वीरेन्द्रनगर, १ असार । नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर १ मा शनिबार वडा भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका पूर्वकेन्द्रीय सदस्य एवम् केन्द्रीय सल्लाहकार सदस्य नर्मा गुरुङले शासकहरू राज्यको ढुकुटी खर्च गरेर विदेश उपचार गर्न जाने, जनता सिटामोल नपाएर मर्नुपर्ने पुँजीवादी व्यवस्थाबाट जनताको समस्या समाधान नहुने भएकाले समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले पुँजीपतिवर्गको जालझेलका बाबजुद कामदारवर्गलाई सचेत र सङ्गठित गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी प्रदेश समिति सदस्य एवम् जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहरा, नेपाल मजदुर किसान पार्टी प्रदेश समिति सदस्य धनेन्द्र विक, नेक्रायुसङघका उपाध्यक्ष लालबहादुर थापा, पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अकल राना, देवीराम तिमिल्सिना, मनबहादुर विक, गगनबहादुर विकलगायतका वक्ताहरूले बोल्नुभएको थियो ।
भेला आयोजक समितिका अध्यक्ष अमरबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाले अमर भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर १ वडा समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *