हेल्भेटासका प्रतिनिधिहरूद्वारा भक्तपुर नगरपालिका भ्रमण
- कार्तिक २६, २०८२

काठमाडौंँ, ३ असार । नागरिक कल्याण समाज नेपालको आयोजना र भक्तपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा बौद्धनाथ स्तूप परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार भएको उक्त रक्तदानमा ३२ जना रक्तदाताले रगत दान गरेका थिए ।
संस्थाका अध्यक्ष पशुपति दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सचिव अजय लामाले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभयो ।
कार्यक्रमको आन्तरिक खर्च ओम रोका मगरले बहन गर्नुभएको थियो भने आमा थकालीका प्रोपाइटर पूर्णकुमार गुभाजु र बौद्ध निवासी माँ बगलाले गर्नुभएको थियो । कार्यक्रममा ३२ जना रक्तदातालाई प्रमाणपत्र र कदरपत्र प्रदान गरी सम्मानित गरिएको थियो ।
नागरिक कल्याण समाज नेपालले आयोजना गरेको यो रक्तदान कार्यक्रमले समाजमा रक्तदानको चेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । कार्यक्रममा मिडिया पार्टनरको रूपमा भिजन न्युज नेपाल र हेल्थ पाटी रहेका थिए भने सहभागी, आयोजक र विशेषगरी रक्तदाताहरूप्रति समाजको तर्फबाट अध्यक्ष पशुपति दाहालले आभार व्यक्त गर्नुभएको थियो ।
Leave a Reply