नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
ब्राजिलका पूर्वराष्ट्रपति लुला दा सिल्भाले आफ्नो नयाँ पुस्तक ‘द ट्रुथ विल विन’ (सत्यको जीत हुन्छ) सार्वजनिक गरेका छन् । सो क्रममा उनले आफूलाई गिरफ्तार गर्ने सरकारी चेतावनीको जवाफ दिंदै आफूलाई यतिबेला गिरफ्तार गरिए आफू राजनीतिक बन्दी हुने धारणा राखे ।
‘यदि उनीहरुले मलाई गिरफ्तार गरे उनीहरुले राजनीतिक बर्बरता गरेका हुनेछन् र म राजनीतिक बन्दी हुनेछु ।’ लुलाले भने ।
पूर्व राष्ट्रपति लुला पछिल्ला वर्षहरुमा भ्रष्टाचार र आर्थिक अपचलनको आरोपमा फैसला गरिएको १२ वर्षको कैद सजायविरुद्ध एक पछि अर्को पुनरावेदन अदालतमा व्यस्त छन् । सँगै उनी आगामी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीको प्रचारमा पनि लागिरहेका छन् ।
आफ्नो नयाँ पुस्तकमा लुलाले आफू निर्दोष रहेको प्रष्टोक्ति दिएका छन् । कदाचित उनलाई प्रहरीले गिरफ्तार गर्न आफूले राजनीतिक शरण वा कहीं भूमिगत भने नहुने बताएका छन् । ‘म घरमै हुनेछु । म प्रायशः राति आठदेखि नौ बजेभित्र घर पुग्छु । दश बजे म सुत्छु । अनि बिहान पाँच बजे उठ्छु र शारीरिक व्यायाम गछु ।’, आफू कहीं नलुकेको वा नलुक्ने संकेत गर्दै उनले आफ्नो दैनिकी प्रष्ट बनाए ।
२१६ पृष्ठको सो पुस्तकमा पत्रकार र बुद्धिजीवीहरुसँगको अन्तर्वार्ताहरु पनि समावेश गरिएको छ । ती अन्तर्वार्ताहरुमा उनले आफूमाथि लगाइएको आरोपको सत्य तथ्यबारे आफ्नो धारणा प्रष्ट बनाएका छन् ।
‘मेरा विरोधीहरुले मैले ताङमूनि पुच्छर लुकाउने अनुमान गरेका थिए । तर म कतै हराउने पक्षमा छैन । म ब्राजिलको राष्ट्रपति बनेर फेरि फर्कनेछु ।’,लुलाले अगाडि भने ।
वर्कर्स पार्टीका सभापति ग्लेस्से होफम्यानले भने,‘ब्राजिलको आजको सन्दर्भमा यो पुस्तक आफैमा एउटा महत्वपूर्ण दस्तावेज हो । यसले लुलाको निर्दोषपनालाई उजागर गरेको छ ।’
Leave a Reply