भर्खरै :

सिद्धान्त र विचार भुल्ने दलले देशको सही नेतृत्व नगर्ने

सिद्धान्त र विचारको राजनीति नगर्ने, बोली बचनको ठेगान नभएका, दलगत र व्यक्तिगत स्वार्थमा अल्झिने अवसरवादी नेताहरूको सही अडान हुँदैन । सही बाटो नअँगालेका र अडान नभएका कुनै पनि शासक या नेताहरूले दिशा निर्देश गर्न सक्दैनन् । यसरी दलको सिद्धान्त वास्ता नगरी अडान नभएका या इमानदारीपूर्वक राजनीति नगर्ने नेताहरूमा पुष्पकमल दाहाल पनि एक हुन् । उनी छिनछिनमा विचार फेर्ने नेतामा गनिन्छन् । देश, काल र परिस्थिति नहुँदै ‘सशस्त्र द्वन्द्व’ गर्ने, सरकारलाई हतियार बुझाई क्रान्तिकारी बाटो छोडेर आत्मसमर्मण गर्ने नेता हुन् दाहाल । गृहमन्त्रीको राजीनामाको विकल्प छैन भनी संसद्मा आवाज उठाउने माओवादी केन्द्रले सरकारसँग दुईबुँदे सम्झौता गरी गृहमन्त्रीको राजीनामा मागको नारा छोड्यो र संसद् चलाउन अनुुमति दियो । गृहमन्त्रीको राजीनामा माग गर्दै संसद्मा आन्दोलन छोड्ने माओवादी केन्द्र पछि किन हट्यो ?
माओवादी केन्द्रका अध्यक्ष दाहाल कहिले एमाले र कहिले नेकासँग मिलेर सरकार चलाउने अवसरवादी नेता हुन्† द्वैधचरित्रका नेता हुन्† विचारमा अडान नभएका नेता हुन् । नेता दाहाललाई कहिले नेका र कहिले एमाले कसरी ठीक भयो ? सरकारको नेतृत्व गर्न पाएपछि सिद्धान्त र विचार भुल्ने । सिद्धान्त र विचार भुलेर देशको सही नेतृत्व कसरी गर्नसक्छ ? पद र पैसामा भुल्ने कुनै पनि शासक या नेताहरूको स्पष्ट अडान हुँदैन । छिनछिनमा विचार फेर्ने द्वैधचरित्रकै कारण उनी एमालेबाट अलगिए र अन्य दलबाट अलगिए । माओवादी केन्द्रका अध्यक्ष दाहालले एउटा खुला सभामा देशको राजनीतिक निकास निकाल्ने स्वदेशी होइन विदेशी प्रभुहरूसँगै वार्ता गर्नुपर्ने कुरा उठाएका थिए । नेका सम्मिलित एमालेको नेतृत्वमा बनेको सरकारविरुद्ध चर्को विरोध या कटाक्ष गर्दै आएका माओवादी अध्यक्ष दाहालले यसरी दुईबुँदे सहमति गरे र राजीनामा माग छोडे ।
माओवादी केन्द्रले गृहमन्त्रीको राजीनामा किन माग्यो र पछि किन हट्यो ? गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आक्रोश पोख्ने माओवादी केन्द्रका अध्यक्ष दाहालले अरु कुन स्वार्थ या गुह्य कुराले सरकारसँग सहमति गरे ? सत्तासीन दलका नेताहरू दूरदर्शी नहुँदा, विचार पु¥याएर सही नबोल्दा जनतामाझ बदनाम भएका छन् । नेपाली जनता र विश्व समुदायले उनीहरूप्रति विश्वास छोडेका हुन् । राजनीतिक विश्लेषक मुमाराम खनाल त अहिलेको अवस्थामा माओवादी केन्द्र प्रतिपक्षी दल भन्न स्वीकार्दैनन् । अहिले पनि अध्यक्ष दाहाल नेका या एमालेसँग मिलेर सरकार बनाउन चाहन्छन् । भन्ने बेलामा उनी सरकारमा नजाने कुरा फुक्छन्† जनतासँगै मिलेर आन्दोलन गर्ने कुरा फुक्छन् । वास्तवमा गणतन्त्र र कम्युनिस्ट पार्टीको बदनाम गर्ने काम यी नै नेताहरूले गरेका हुन् ।
कम्युनिस्ट भएर कम्युनिस्टको बदनाम गर्ने, कम्युनिस्ट आन्दोलन कमजोर पार्ने काम दाहालजस्ता अवसरवादी नेताहरूले गरेका छन् । संसद्मा रहेका दलका नेता, सत्तासीन दलका नेता, राजनीतिक विश्लेषक र बुद्धिजीवीहरूले संसद् र सडकमा नेमकिपाले मात्रै आफ्नो धर्म निभाएको, सिद्धान्त र विचारअनुसार इमानदारीपूर्वक राजनीति गरेको बेलाबखत दोहो¥याउँदै आएका छन् । सरकारको नेतृत्व गरेका र सत्ता छोड्न बाध्य भएका ठुला दलका कम्युनिस्ट नेताहरूले पुँजीवादी बन्दोबस्तको संसद्बाटै समाजवाद आउने या आमूल परिवर्तन गर्नसक्ने कुरा दोहो¥याउँदै आएका कारण कहिलेकाहीँ देशका बुद्धिजीवी, विद्वान, लेखक र राजनीतिक विश्लेषकहरू देशका सबै कम्युनिस्ट उस्तै हुन् भनी बखान गर्छन् । तर, यो बखान दृष्टिदोष मात्र हो । कुनै शासक दल या अरु कुनै दलले गरेको गल्ती, बेइमानीको दोष सबै दललाई दिनु न्यायोचित हुँदैन । कुनै दलले गरेको गल्ती या दोष सबै दलमाथि थोप्नु गलत हो ।
हरेक दलको आ–आफ्नो वर्ग आधार, सिद्धान्त र विचार हुने हुँदा तद्नुसार राजनीति गर्नुपर्छ । सिद्धान्त र विचार एकातिर काम अर्कोतिर गर्नु बेइमानी राजनीति हो† झूट राजनीति हो† जनताको आँखामा धुलो छयाप्ने राजनीति हो । हाल ठुला दलले गरिरहेको यस्तै राजनीति हो । यही कारण ती दलका नेताहरूले पटकपटक सरकारको नेतृत्व गरे पनि कम्युनिस्ट पार्टीको मूल्य र मान्यताअनुसार काम गरेको पाइँदैन । मौलिक काम त के संविधानमा उल्लेख भएको समाजवादउन्मुख अवधारणाअनुसार सरकारले काम गर्न सकेको छैन । संविधान बनेको पनि दस वर्ष बित्यो । गणतन्त्र स्थापना भएको १७ वर्ष भयो । तर, यहाँ त्यस्तो कुनै उल्लेखनीय मौलिक परिवर्तन भएन । सत्तामा रहेका र गएका कम्युनिस्ट भनिने दलहरूको दृष्टिकोण र विचार पुँजीवादउन्मुख भएकोले केही परिवर्तन गर्न नसकेको हो ।
असार ४ गते प्रकाशित ‘नागरिक’ दैनिकमा लेखियो, ‘द्वैधचरित्र दाहाल !’ नेकपा माओवादी अध्यक्ष दाहालमाथि लागेको यो आरोप पहिलो होइन । यसअघि पनि उनीमाथि बेलाबखत यस्तै आरोप लाग्दै आएको हो । छिनछिनमा बोली बचन फेरेकै कारण एक समय उनीमाथि धेरै गल्ती गर्ने र धेरैपटक माफी माग्ने नेता दाहाल नै हुन् भनी सञ्चारमाध्यममा आएको थियो । यसकारण, हरेक दलका नेताहरूले सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ† अडानमा रहेर सही राजनीति गर्नुपर्छ; इमानपूर्वक राजनीति गर्नुपर्छ । पद र पैसाको निम्ति राजनीति गर्नु हुँदैन । निर्वाचनमा जित्ने नाउँमा, ठुलो दल बनाउने नाउँमा वर्गीय शत्रुसँग पनि घाटी जोड्ने राजनीति छोड्नुपर्छ । अनि मात्रै दल र दलका नेताहरूको इज्जत हुन्छ; प्रतिष्ठा हुन्छ र जनताको विश्वास जित्छ । पैसाको खोलो बगाएर, धाक, धम्की दिएर, झूटको खेती गरेर दल ठुलो भए पनि सांसद सङ्ख्या बढे पनि त्यस दलले देशमा बहुमत जनताको पक्षमा केही गर्न नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *