यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ५ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अन्तर्वार्तासङ्ग्रह ‘समय र विचार –२’ बारे अध्ययन गोष्ठी कार्यक्रम नेपाल कर्मचारी समाज, ख्वप एकाइ समिति, देकोचाको आयोजनामा बिहीबार सम्पन्न भयो ।
ख्वप मा.वि, ख्वप कलेज र ख्वप कलेज अफ ल मा कार्यरत कर्मचारीबिच भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले कर्मचारीहरूको स्तर वृद्धि एवम् सांस्कृतिक स्तर उत्थानमा अध्ययन गोष्ठीले सहयोग पुग्ने भएकोले कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
“संस्थाको विकाससँगसँगै संस्थामा कार्यरत तल्लो तहदेखि माथिल्लो तहका कर्मचारीको सांस्कृतिक, बौद्धिक र चेतनास्तर वृद्धि हुनसके मात्र साँचो अर्थमा संस्थाको विकास भएको मान्न सकिन्छ”, उहाँले भन्नुभयो ।
कर्मचारीहरूको बोली, व्यवहारमा संस्थाको प्रतिनिधित्व हुने भएकोले भाषिक दक्षता र भाषिक सुद्धीकरण हुनु जरूरी भएको आवश्यकता औँल्याउँदै सांसद गोसाईले नियमित छलफल र अध्ययन गोष्ठीबाट भाषिक शुद्धता कायम गर्न सकिने बताउनुभयो ।
प्रदेश र सङ्घको निर्वाचनमा ठुला पार्टीका अधिकांश सांसदहरू पैसाको भरमा जितेर आएकाले त्यस्ता सांसदहरूबाट देश र जनताको हित हुने आशा गर्न सकिन्न, उहाँले भन्नुभयो ।
सांसद गोसाईले भन्नुभयो, “अख्तियार दुरूपयोग अनुसन्धान आयोग र न्यायालयले निष्पक्षरूपमा काम गर्न सके सरकारमा गएका अधिकांश मन्त्री
र प्रधानमन्त्रीहरू भ्रष्टाचार र अख्तियार दुरूपयोगमा दोषी प्रमाणित हुनेछन् ।”
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ट्रेड युनियन र ट्रेड युनियनवादको भेदबारे जानकारी दिँदै आफू कार्यरत संस्थाको हितमा कर्मचारीहरूले काम गर्नु जरूरी छ भन्नुभयो ।
माक्र्सवादी दर्शनले समाजको विश्लेषणका साथै समाज बदल्ने बाटो नै देखाउने भएकोले माक्र्सवादी दर्शनलाई सही ढङ्गले बुझ्न जरूरी छ, उहाँले भन्नुयो ।
माक्र्सवादीहरू यथास्थितिमा नबसी समाज परिवर्तनमा लाग्ने प्राचार्य श्रेष्ठको कथन थियो ।
नेपाल कर्मचारी समाज, भक्तपुर जिल्ला समितिका अध्यक्ष राजन जतिले राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीति र घटनाबारे नेमकिपाको दृष्टिकोण बुझ्न ‘समय र विचार –२’ मद्दत गर्ने बताउनुभयो ।
उहाँले नेपाल कर्मचारी समाजका साथीहरूको पहिचान छुट्टै बनाउन सबैले भ्रष्टाचारको विरोध गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारी भइरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष तुल्सीराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्णश्वरी सुवाल, उमा भट्ट, विप्लवमान बिजुक्छेँ, लक्ष्मीसुन्दर गाइँजू, विनोद शाही, कृष्णराम कोजु, लक्ष्मीसुन्दर कोजु, कृष्णराम पहिलगायतले पुस्तकबारे अध्ययनको सार राख्नुभएको थियो ।
कार्यक्रममा कृष्णप्रसाद तुईतुईले पनि बोल्नुभएको थियो ।
Leave a Reply