नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
शिक्षालाई पूर्वाधारको पनि पूर्वाधार मानिन्छ । त्यसैले, संसारका हरेक देशको सरकारले शिक्षालाई प्राथमिकता दिने गर्छ । नेपाल सरकारले पनि शिक्षामा सबभन्दा बढी बजेट छुट्याएको देखाई शिक्षालाई प्राथमिकता दिएको दाबी गर्छ तर यो देशमा सरकारको शिक्षानीतिमा जस्तो अस्थिरता अन्यत्र विरलै होला ।
शिक्षाको गुणस्तर मापन गर्ने एउटा महत्वपूर्ण आधार परीक्षाको नतिजा हो । तर, यहाँ विद्यालय वरपर होस् वा उच्च शिक्षामा होस् परीक्षाको निश्चितता कतै देखिँदैन । त्रि.वि.ले निर्धारित क्यालेन्डरमा परीक्षा सञ्चालन गर्न नसकेको तथ्य जगजाहेर छ भने प्रायः नियमित रूपमा हुँदै आएको माध्यमिक शिक्षा परीक्षा (SEE) पनि हुने ‘हो वा होइन’ को विवाद अझै टुङ्गिएको छैन । गत वर्ष कक्षा ९ नै भराउनुपर्ने एसईई रजिस्टे«सन फारम यसपालि कक्षा १० मा मात्र भराइयो । एसईई हटाउने भो भन्ने हल्ला चलिसकेको थियो । धन्न, फारम भराएपछि ‘SEE हुने भो’ भन्ने निश्चित भयो । तैपनि, एसईई राष्ट्रिय स्तरमा हुने वा प्रदेश स्तरमा हुनेबारे विवाद कायमै छ ।
यस वर्ष फेरि एउटा अर्को विवादले धेरै विद्यार्थीलाई सताएको छ । दुई वर्ष अघिसम्म SEE दिन विद्यार्थी चौध वर्ष उमेर पूरा हुनुपर्ने नियम थियो । त्यसलाई पछि हटाएर जतिसुकै उमेरकाले पनि एसईई दिन पाउने गरियो अर्थात् चौध वर्ष उमेर पूरा नभए पनि परीक्षा दिन पाउने गरियो । दुई वर्षपछि अहिले फेरि उही पुरानो नियमअनुसारै चौध वर्ष उमेर पूरा भएको हुनुपर्ने भनी अकस्मात् नियम लागु गरिएको छ । यसले गर्दा कम उमेरमै एसईई तयार भइबसेका धेरै विद्यार्थीहरू अप्ठेरोमा परेको देखिएको छ ।
आखिर यस्तो किन गरिन्छ ? दुई वर्षअघि मात्र १४ वर्ष उमेर हद हटाएको सरकारले पुनः१४ वर्ष उमेर हद किन लागु गर्छ ? गर्नैपर्छ भने व्यापक चर्चा परिचर्चा छलफल किन चलाइदैन । अकस्मात्मा नियम फेर्दा शान्त वातावरणमा पढिरहेका विद्यार्थीहरू जन्म मिति सच्याउन अनावश्यक झन्झटमा लाग्नुपर्ने भएको छ । पढेर राम्रो नतिजा ल्याउनुपर्ने विद्यार्थीहरू परीक्षा दिन प्रक्रिया मिलाउनतिर लाग्नु परेको छ ।
उमेर हद हटाएको गल्ती भए दुई वर्षको अवधि चौध वर्षमुनिका विद्यार्थीहरूले उत्तीर्ण गरेका एसईई परीक्षा के हुने हो ? त्यसलाई अवैध त भन्न मिल्दैन । यदि त्यसले वैधता पाउँछ भने उमेर हद हटाएरै निरन्तरता दिँदा के नै नोक्सान हुने हो र ? भन्ने प्रश्न अभिभावकहरूमाझ उठिरहेको छ ।
Leave a Reply