क्रान्तिको अध्ययनबाट समाज परिवर्तनमा सहयोग हुने
- कार्तिक २३, २०८२

काठमाडौँ, ११ असार । प्रतिनिधिसभाको बैठकमा असार १० गते विनियोजन विधेयक, २०८२ बहुमतबाट पारित गरियो ।
विनियोजन विधेयकको अर्थ मन्त्रालयहरूलाई छुट्याइएको बजेट हो । विकासका मन्त्रालयहरू सहरी विकास, भौतिक पूर्वाधार, खानेपानी तथा सरसफाइ वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा विशेष हुन् ।
असार १० गते नै आर्थिक विधेयक, २०८२ को सैद्धान्तिक पक्षमा छलफल भयो । आर्थिक विधेयकको अर्थ राजस्व सङ्कलन अर्थात् भन्सार महसुल, अन्तशुल्क, मूल्य अभिवृद्धि कर, आयकर आदि हुन् । नेपालको राजस्व सङ्कलन विशेषगरी नेपालीलाई घरखेत बेच्न लगाई वा ऋण बोकाई गाडी किन्न लगाउने र युवाहरूलाई मदिरा एवम् सुर्तीजन्य पदार्थ उपभोग गराई विकृत बनाउनेमा केन्द्रित छ । सरकारले युवालाई देशभित्र रोजगारीको व्यवस्था गरी आन्तरिक उत्पादन बढाउने र भन्सार महसुलमा अर्थतन्त्र निर्भर नहुने व्यवस्था गर्न सकेन । आर्थिक विधेयकमा प्रगतिशील करको व्यवस्था छैन । शोषकवर्गको हित हुने गरी कर छुटको समेत व्यवस्था गरिएको छ ।
असार १० गते राष्ट्र ऋण उठाउने विधेयक, २०८२ को सैद्धान्तिक पक्षमा छलफल भयो । विधेयकमा राष्ट्र ऋण ३ खर्ब ६२ अर्ब उठाउने व्यवस्था छ । प्रगतिशील करको व्यवस्था गरी आन्तरिक उत्पादन बढाइएको भए राष्ट्र ऋण उठाउनुपर्ने थिएन ।
केही वर्ष अघिसम्म वैदेशिक ऋण उठाउने विधेयक पनि संसद्को बहुमतबाट पारित हुन्थ्यो । केही वर्षयता यो विधेयक संसद्मा पेस भइरहेको छैन ।
अर्थमन्त्री विष्णु पौडेलको बजेट वक्तव्यमा वैदेशिक ऋण २ खर्ब ३३ अर्ब रूपैयाँ लिने उल्लेख छ । विदेशी ऋणसँगै विदेशी सेना आउने र देश नवउपनिवेश हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असार १० गते प्रतिनिधिसभामा ऋण ल्याएर विकास गरी तिर्ने, पुँजीपतिवर्गले पनि बैङ्कबाट ऋण लिएर लगानी गरी तिर्ने उल्लेख गर्दै कहाँबाट सेना आउने भनी प्रश्न गर्नुभयो ।
प्रधानमन्त्री ओलीले परम्परागत शब्दजालमा बसेर संसार अघि नबढ्ने उल्लेख गर्दै जतिखेर पनि साम्राज्यवादको विरोध गर्न नपर्ने बताउनुभयो ।
अमेरिकी स्वतन्त्रता आन्दोलनको बेला अमेरिकीहरूले बिहान उठेर कारखाना र कार्यालयको काम सुरु गर्नुअघि बेलायती साम्राज्यवाद मुर्दावादको नारा लगाउँथे । अमेरिकी सरकारले संसारका ९०२ स्थानमा सैन्य अखडा राखी एमसीसी र यूएसएडलगायतको अनुदान दिइरहेको बारे प्रधानमन्त्री ओलीलाई जानकारी नभएको हो त भन्ने प्रश्न उठ्नु आश्चर्यको विषय हो ।
Leave a Reply