विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२

तेहरान, ११ असार (सिन्ह्वा) । इरानी राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार १२ दिने युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकायलगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना सबै प्रयासहरू केन्द्रित गर्न आग्रह गर्नुभएको छ ।
पेजेस्कियनले युद्धविराम लागू भएपछि इरानी जनतालाई दिएको सन्देशमा भन्नुभयो, “आज तपाईंको साहसी र ऐतिहासिक साथले हामी युद्धविराम र इजरायलले इरानविरूद्ध लादेको १२ दिनको युद्धको अन्त्य गर्न सफल भयौँ ।”
इजरायल आणविक सुविधाहरू नष्ट गर्ने र आणविक ज्ञानलाई कमजोर पार्ने साथै सामाजिक उत्तेजना गराउने लक्ष्यहरू हासिल गर्न असफल भएको उहाँले बताउनुभएको छ ।
यसैगरी, इजरायल र यसका सहयोगीहरूले कब्जा गरिएका क्षेत्रहरूमा महत्वपूर्ण सुविधाहरू र केन्द्रहरूको विनाशले विश्वलाई एउटा प्रमुख सन्देश पठाएको र इरानविरुद्धको दुस्साहसको मूल्य अत्यधिक भारी भएको भन्ने बुझाएकोे बताउनुभएको छ ।
मङ्गलबार संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको फोनवार्तामा पेजेस्कियनले आफ्नो देश वार्ताको टेबलमा अन्तर्राष्ट्रिय ढाँचाभित्र सबै मुद्दाहरू समाधान गर्न तयार रहेको बताउनुभएको छ ।
अमेरिका र इजरायलले इस्लामिक देशहरूबिच कलह र शत्रुता सिर्जना गर्न खोजिरहेको बताउँदै उहाँले इरानले यस क्षेत्रमा एकता र शान्ति बलियो बनाउन उनीहरूलाई विकासको गति बढाउनको लागि आधार मान्ने उल्लेख गर्नुभएको छ ।
यही जुन १३ मा इजरायलले आणविक र सैन्य स्थलसहित इरानका विभिन्न क्षेत्रहरूमा हवाई आक्रमण गर्दा इरानी सेनाका जनरलहरू, आणविक वैज्ञानिक र सयौँ नागरिकहरूको मृत्यु भएको छ । इरानले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरी जवाफी हमला गर्दा कैयौँ हताहत र भारी क्षति पुगेको जनाइएको छ ।
शनिबार अमेरिकी, एयर फोर्सले तीन इरानी आणविकस्थलहरू (फोर्डो, नटान्ज र इस्फहान–मा बम प्रहार गरेको थियो यसको जवाफमा इरानले सोमबार कतारस्थित अमेरिकी एयर बेसमा मिसाइल प्रहार गरेको छ ।
इरानको आक्रमणपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई पक्षबिचको युद्धविराम मङ्गलबारदेखि सुरु हुने घोषणा गरेका थिए र यसलाई इरान र इजरायल दुवैले स्विकार गरेका छन् । घोषणासँगै यस क्षेत्रमा युद्धविराम सुरु भएको छ ।
Leave a Reply