भर्खरै :

काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !

काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !

२०७६ सालमा गृह मन्त्रालयले गरेको सर्वेक्षणमा मुलुकभर एक लाख ३० हजार ४२४ जना लागूपदार्थ दुव्र्यसनी थिए । प्रत्येक वर्ष ५.०६ प्रतिशतले दुव्र्यसनी बढेको उक्त सर्वेक्षणले देखाएको थियो । २०८२ सालसम्म मुलुकभर एक लाख ७५ हजार ३८१ जना दुव्र्यसनी बढे । तथ्याङ्कले बाग्मती प्रदेशमा २०७६ सालमा ४६ हजार ४८० दुव्र्यसनी रहेकोमा २०८२ सालमा बढेर ६२ हजार ४९६ पुग्यो । मुलुकभर रहेका कुल दुव्र्यसनीमध्ये बाग्मती प्रदेशमा ३५.६३ प्रतिशत रहेको छ । बाग्मती प्रदेशभित्र रहेकामध्ये झन्डै ८० प्रतिशत दुव्र्यसनी काठमाडौँ उपत्यकाभित्र रहेको लागूऔषध नियन्त्रण ब्युरोको अनुमान छ । यो तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा ४९ हजार ९९६ दुव्र्यसनी हुनुपर्दछ ।
गत वर्ष देशभरबाट प्रहरीले २७ लाख ९५ हजार ८९९ एम्पुल÷ट्याब्लेट/क्याप्सुल लागुपदार्थ बरामद गरेको थियो । जसमध्ये १२ लाख ५८ हजार २८ क्याप्सुल काठमाडौँ उपत्यकाभित्रै बरामद भएको थियो । यो कुल परिमाणको ४४.९९ प्रतिशत हो । यो तथ्याङ्कले काठमाडौँ उपत्यकाभित्र लागूपदार्थको कारोबार निरन्तर बढिरहेको देखाउँछ । गत आर्थिक वर्षमा देशभरबाट सात हजार ८९० लागूपदार्थ कारोबारी पक्राउ परे । उनीहरूविरुद्ध पाँच हजार ६१ मुद्दा दर्ता भए । जसमध्ये उपत्यकाभित्र मात्रै एक हजार २५८ कारोबारी पक्राउ परेका थिए भने ७३९ मुद्दा दर्ता भएको थियो ।
नेपालमा सीमावर्ती भारतीय बजारबाट लागूपदार्थ तस्करी बढिरहेको छ । भारतीय बजारबाट ब्राउनसुगर, स्पास्मो, नाइट्रोसन, टिडिजेसिक फेनारगन, फेन्साडिल, डाइजेपाम, नुफिन, लुपिजेसिकजस्ता लागुपदार्थ सस्तो मूल्यमा नेपाल भित्रिरहेको छ । तस्करहरूले यी पदार्थ सीमा सहायक नाका तथा खुला स्थानबाट नेपाली बजारमा पु¥याउँछन् । सम्बन्धित निकायको ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *