भर्खरै :

कम्युनिस्टहरू समाजवादी सिद्धान्त र विचारमा जोड दिन्छन्

कम्युनिस्टहरू समाजवादी सिद्धान्त र विचारमा जोड दिन्छन्

समाजवादी व्यवस्था ल्याउन मात्र होइन समाजवादी व्यवस्था कायम गर्न पनि मूलतः सिद्धान्त र विचारलाई नै जोड दिइएको हुन्छ । समाजवादी आन्दोलन अघि बढाउनुको अर्थ समाजवादी सिद्धान्त र विचार जनतामाझ पु¥याउनु हो, समाजवादी सिद्धान्तबाट जनतालाई सुसूचित पार्नु हो । प्रजग कोरियाले लामो समयदेखि समाजवादी सिद्धान्त र विचारलाई जोड दिँदै आएको हो । अहिले पनि प्रजग कोरियामा समाजवादी आन्दोलन चालु छ । व्यापक जनतालाई क्रान्ति र निर्माणको निम्ति सुसूचित र सङ्गठित गर्न सकिएन भने न समाजवादी आन्दोलन सफल हुन्छ न त समाजवादी व्यवस्था कायम नै गर्न सकिन्छ । विचार नै मजदुर वर्गीय पार्टीको सबभन्दा शक्तिशाली हतियार हो । क्रान्ति र निर्माण गर्नको निम्ति सङ्गठित पार्ने नेतृत्वदायी पक्ष राजनीतिक सङ्गठन हो ।
समाजवादी व्यवस्था सबै शोषणयुक्त व्यवस्थाभन्दा आमूल रूपले भिन्न नयाँ व्यवस्था हो । समाजवादी व्यवस्था समाजवादी विचारधारामा आधारित हुन्छ । समाजवादी समाज समाजवादी विचारद्वारा निर्देशित हुन्छ । तर, समाजवादी आन्दोलन अघि बढाउँदा, समाजवादी व्यवस्था गर्न लाग्दा र समाजवादी व्यवस्था स्थापना भएपछि पनि समाजवादी व्यवस्था बिथोल्न, समाजवादी व्यवस्थाबारे भ्रम फैलाउन समाजवादविरोधी तत्वहरू घुसिरहेका हुन्छन्; सक्रिय भइरहेका हुन्छन् । समाजवादी व्यवस्थामा भाँजो हाल्न, समाजवादी विचारका नेताहरूलाई बिगार्न उनीहरू विचार र सिद्धान्त छोडेर आर्थिक कुरा मात्र गर्छन्† आर्थिक लोभमा फसाउने र पैसा नै सबथोक सम्झेर प्रवृत्ति बिगार्ने काम गर्छन् । तिनीहरू कम्युनिस्टको नाउँमा कम्युनिस्टकै सिद्धान्त र विचारविपरीत काम गर्छन् या नक्कली कम्युनिस्ट बनेर कम्युनिस्ट पार्टीको आन्दोलन र समाजवादी आन्दोलनलाई भड्काउन अघि सर्छन्; कम्युनिस्ट भनेर मत बटुल्छन् र पुँजीपतिवर्गको सेवा गर्छन् ।
पैसाको भरमा राजनीति गर्ने, पैसा नै सबथोक हो भनी लाग्ने अवसरवादी, संशोधनवादी, प्रतिक्रियावादी र साम्राज्यवादीहरूकै कारण समाजवादी व्यवस्था भत्काएर पुँजीवादी व्यवस्था पुनस्र्थापना गर्ने शासकहरू पनि नभएका होइनन् । उनीहरूले नै समाजवादी स्वामित्वमा आधारित आर्थिक व्यवस्थालाई नष्ट गर्ने काम गरे । ती अवसरवादी र संशोधनवादीहरू समाजवादी सिद्धान्तलाई तोडमोड गर्छन्; उनीहरू समाजवादविरोधी तत्वहरू हुन् । यस्ता समाजवादविरोधी तत्वहरू नेपालमा पनि छन् । पुँजीपति र प्रतिक्रियावादीहरू समाजवादविरोधी हुन्; उनीहरू समाजवादलाई असफल पार्नेतिर लाग्नु स्वाभाविक हो; यो उनीहरूको धर्म नै हो । तर, त्यो भन्दा खतरा कम्युनिस्ट पार्टीको नाउँ भजेर कम्युनिस्ट पार्टी या शक्तिलाई नै कमजोर पार्ने; कम्युनिस्टको खोल ओढेर कम्युनिस्टको सिद्धान्त र विचारको कुनै प्रचार नगरी जनतालाई नबुझाई पुँजीवादी राजनीति गर्नु हो । कम्युनिस्ट भनेर पुँजीवादी राजनीति गर्नुको कारण नेपालको समाजवादी आन्दोलन पछि परेको हो; समाजवादी व्यवस्थाको पूर्वाधार तयार गर्नमा पछि परेको हो ।
सामन्ती र पुँजीवादी व्यवस्था भएको देशमा समाजवादी व्यवस्था र सिद्धान्तबारे जनतालाई बुझाउने र सुसूचित पार्ने काम सजिलो होइन । तर, थाक्नु हुँदैन । जनताको सेवा गर्ने भावनाका साथ काम गर्नुपर्छ । नेपालका ठुला भनिने कम्युनिस्टहरू समाज परिवर्तन गरेर जनताको सेवा गर्नुभन्दा सत्तामुखी राजनीतिमा फसे; जसरी भए पनि सरकारमा जाने या सरकारको नेतृत्व गर्नेतर्फ लागे; पुँजीवादी व्यवस्थाभित्रै पसेर समाजवाद ल्याउने गलत मानसिकता बोके । अझ सरकारको नेतृत्व गर्ने नाउँमा कम्युनिस्ट पार्टी भन्ने सत्तामुखी दललाई छेड्की हाल्ने काम ग¥यो† सरकारको नेतृत्व गर्ने र सरकारबाट झार्ने काम ग¥यो । यसको दृष्टान्त एमालेले माओवादी केन्द्र र माओवादी केन्द्रले एमालेलाई सत्ताबाट च्युत गराउनु हो ।
समाजवादी व्यवस्था स्थापना भएपछि पनि पुराना या पुँजीवादी विचार सबै अन्त्य हुनेछैन भन्ने कुरा सच्चा कम्युनिस्टहरू भुल्दैनन् । समाजवादी समाजका सबै सदस्यहरूलाई समाजवादी विचारबाट सुसूचित पार्ने अभियान निरन्तर चलाइरहनुपर्छ; समाजवादी आर्थिक सम्बन्धलाई स्थिर रूपले विकास गर्नुपर्छ । पुरानो समाजका अवशेषलाई हटाउँदै लानुपर्छ । जनतालाई समाजवादी विचारले सुसज्जित गर्नुको अर्थ पुराना, थोत्रा विचार हटाएर उनीहरूलाई नयाँ समाजवादी विचारबाट सुसूचित पार्नु हो । किनभने, समाजवादी समाजमा पनि पुराना थोत्रा विचार, अहङ्कारवादको अवशेष रहेको हुन्छ । समाजवादी विचारलाई जनतामाझ पु¥याउन सकिएन भने आखिर ती तत्वहरू नै सलबलाउन थाल्छन् र पुँजीवादी विचारले फेरि जग हाल्न थाल्छन् । यसकारण, जनताको सांस्कृतिक स्तर उठाउने, नागरिक भावना जगाउने, देश र जनताप्रति समर्पित बनाउने काम गरिरहनुपर्ने हुन्छ । सच्चा कम्युनिस्टहरू विचारधारात्मक शिक्षा र विचारधारात्मक सङ्घर्षलाई जोड दिन्छन् ।
जनताले लिनैपर्ने विचार समाजवादी विचार हो । यो प्रजग कोरियाको विचारधारात्मक कार्यको जुछे विचारधाराको शिक्षा हो । प्रजग कोरियाका क्रान्तिकारी कदमहरू समाजवादका ऐतिहासिक जग हुन् । सच्चा क्रान्तिकारीहरू या कम्युनिस्टहरूले क्रान्तिकारी पाइलाको समर्थन गर्छन् र अगाडि बढाउँछन् । समाजवादको मुख्य जरालाई खतम गर्न, क्रान्तिको बाटोमा लागेका या क्रान्तिको निम्ति बाटो तयार गरेका अग्रगामीहरूको बदनाम गर्नु र समाजवादको उद्देश्यमा बाधा हाल्ने तत्वहरू प्रतिक्रान्तिकारी हुन् । मजदुर वर्गीय चेतना समाजवादी विचारधाराको केन्द्र गुदी हो । समाजवाद पतन हुनुको अर्थ वर्गीय ¥हास हो । समाजवादविरोधीहरू जनताको वर्गीय चेतनालाई निष्क्रिय पार्छन्, समाजवादको वर्गीय सारलाई भड्काउँछन् । समाजवादी विचार वर्गीय मुक्तिको बाटो हो । प्रत्येक मुलुकका कम्युनिस्ट पार्टीले देशमा क्रान्ति सफल पार्नु आफ्नो दायित्व ठान्छ र त्यसकै निम्ति पार्टी खोलिएको हुन्छ† राजनीति गरिएको हुन्छ । कम्युनिस्टहरूलाई साम्राज्यवाद, सामन्तवाद र पुँजीवादको पक्षपोषण गर्न नैतिकताले दिँदैन; सिद्धान्तले त झनै दिँदैन । समाजवादलाई सुदृढ गर्न र विकसित पार्न मात्र होइन समाजवादी व्यवस्था स्थापना गर्न पनि नैतिकताले ठुलो बल पु¥याएको हुन्छ । यस अर्थमा वर्गीय समाजमा नैतिकताले वर्गीय स्वरूप लिएको हुन्छ । श्रमिक जनतालाई शोषण गर्ने शोषकवर्गको नैतिकता हो । पैसा नै सबथोक सम्झेर सिद्धान्त र विचारको राजनीति गर्ने पुँजीवादी नैतिकता हो ।
प्रजग कोरियामा समाजवादी नैतिकताले जनताको मनमनमा जरा गाडिसकेको छ । आम जनतामा केन्द्रित समाजवादलाई जीवन्तता दिने र अझ विकसित गर्दै लैजाने प्रजग कोरियाली जनताको कर्तव्य हो । प्रजग कोरियाका जनता समाजवादलाई आफ्नै ज्यानलाई जस्तै माया गर्छन् । तर, विडम्बना ! नेपालका सत्तासीन दलका नेता र मन्त्रीहरू देश र जनताभन्दा विदेशी र विदेशभक्त छन् । नेपाल र नेपालीको स्वार्थभन्दा विदेश र विदेशीको स्वार्थ हेर्छन्, स्वार्थ पूरा गर्न लाग्छन् । सरकार सत्तासीन दलका नेता, मन्त्री र सांसदहरूले जस्तो अपराध, भ्रष्टाचार, अनियमितता गरे पनि जोगाउँछ, ढाकछोप गर्छ भने विपक्षी दलका नेता र सांसदहरूलाई शङ्काको आधारमा मुद्दा लगाउँछ र थुनछेक गर्छ ।
सिद्धान्त र विचारलाई प्राथमिकता दिइएन भने त्यहाँ स्वार्थ, अहङ्कार र अनियमिताले ठाउँ पाउँछ । त्यहाँ पद र शक्तिको दुरूपयोग हुन्छ । समाजवादी समाजमा त्यसले ठाउँ पाउँदैन । कति मुलुकमा समाजवादले अस्थायी हार हुनुको कारण विचार र सिद्धान्तमा विचलन हुनु हो । यो नेता तथा कार्यकर्ताहरूको शक्तिको दुरूपयोग हो; कर्मचारीतन्त्र हो; भ्रष्टाचार र अनियमितता हो । भ्रष्टाचारी र अपराधीमाथि कारबाही नगर्दा या सत्तासीन दलका नेताहरू भ्रष्टाचार, अपराध र अनियमिततामा फसेपछि देशमा कसरी सुशासन हुन्छ ? देशमा समाजवाद स्थापना गर्न, समाजवाद कायम गर्न र अझ विकसित गर्न देशी र विदेशी शत्रुविरुद्ध सङ्घर्ष गरिरहनुपर्छ, विरोध गरिरहनुपर्छ र जनतालाई सचेत गरिरहनुपर्छ ।
समाजवादी सिद्धान्त र त्यसको मूल्य मान्यता तोड्ने, दलगत र व्यक्तिगत स्वार्थको निम्ति क्रान्तिकारी विचार छोड्ने अवसरवादी विचार पनि संशोधनवाद हो । संशोधनवादी र अवसरवादीहरूले कहिले पनि समाजवादी सिद्धान्त र विचारको पक्षपोषण गर्दैनन्† गरे पनि देखावटी रूपमा मात्र गर्छन् । संशोधनवादले अन्ततः पुँजीवादको वकालत गर्छ । सिद्धान्त र विचार छोडेर कुनै देशी, विदेशी शक्तिसँग सम्झौता गर्नु, आत्मसमर्पण गर्नु पतन र पराजयको सङ्केत हो । समाजवादी विचारलाई तिलाञ्जली दिनु या मतलब नराख्नुको अर्थ पुँजीपतिवर्गको समर्थन गर्नु हो, बल पु¥याउनु हो । पुँजीवादी समाजमा शोषण र उत्पीडन हुन्छ । समाजवादी समाजमा जुनसुकै क्षेत्र र जुनसुकै समितिमा बसेर काम गरे पनि राजनीतिप्रति चासो राख्नैपर्ने हुन्छ । क्रान्तिकारी सङ्गठनात्मक जीवन भन्नु नै विचार र सिद्धान्तबाट सुसूचित गर्ने स्थल हो, क्रान्तिकारी शिक्षा दिने स्थल हो । यसै उद्देश्यअनुरूप प्रजग कोरियामा राजनीति चलिरहेको छ । समाजवाद स्थापना गर्न, समाजवाद कायम गर्न र अझ सुदृढ बनाउन विचार र सिद्धान्तलाई जोड दिनुपर्छ । प्रजग कोरियाले गरिरहेको यही हो । किम जङ इलको ‘विचारधारात्मक कार्यलाई प्राथमिकता दिनु समाजवादी हेतु पूरा गर्नको लागि जरुरी छ’ भन्ने किम जङ इलको पुस्तिका समाजवादी विचारलाई जोड दिइएको पुस्तिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *