एमालेलाई भाइ काङ्ग्रेस किन भनियो ?
- कार्तिक २५, २०८२
संयुक्त राज्य अमेरिका संसारका स्वाधीन र सार्वभौम देशहरूलाई आतङ्कित पार्ने, असुरक्षित बनाउने धनजनको ठुलो क्षति पु¥याउने साम्राज्यवादी देश हो । इजरायल र इरानबिच युद्ध भइरहेको बेला अमेरिकाले इरानको आणविक केन्द्रमा अचानक आक्रमण गरी क्षति पु¥यायो । अमेरिकाले इजरायललाई थप बल पु¥याउन र इरानलाई हतोत्साही बनाउन उक्त आक्रमण गरेको हो । अमेरिकाले आक्रमणअघि र आक्रमणपछि इरानलाई आत्मसमर्पण गर्न दबाब दियो । तर, इरान साम्राज्यवादी देश अमेरिकासामु झुकेन र युद्ध जारी राख्ने बतायो । इरानले प्रत्याक्रमण सुरू गरेपछि इजरायल र अमेरिका झस्के र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम गर्न आदेश दिए । इरानमा आक्रमण गरेर ठुलो क्षति भएपछि युद्धविराम गर्न आदेश दिने अमेरिकी राष्ट्रपति के सबै देशका नायक हुन् ? इरानलाई जसरी भए पनि हराउने, हतोत्साही बनाउन नै इजरायल र अमेरिका मिलेर इरानमा आक्रमण गरिएको हो । यो आक्रमण संरा सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनविपरीत छ । संरा सङ्घ र अन्तर्राष्ट्रिय कानुनविपरीत इरानमा आक्रमण गर्ने ती देशका राष्ट्र प्रमुखमाथि के कानुन लाग्दैन ? के अरू स्वाधीन र सार्वभौम देशमाथि आक्रमण गर्ने र क्षति पु¥याउने अधिकार अमेरिका, इजरायल र उसका पिछलग्गूहरूको मात्र हो ? ती देशका शासकहरूले अरू देशमा जहिले, जुनसुकै बेला आक्रमण गर्न पाउने यो कस्तो नियम ? आक्रमण पनि गर्ने अनि युद्धविराम गर्न उद्घोष गर्ने अमेरिका के संसारको अभिभावक हो ? कहिले आक्रमण र कहिले युद्धविराम गर्ने अधिकार के अमेरिकासँग मात्र छ ? राष्ट्रपति ट्रम्पसँग मात्र छ ? यसबारे संरा सङ्घ किन बोल्दैन ? संरा सङ्घले अमेरिकाको किन विरोध गर्दैन ? के संसारका मुलुकहरू अमेरिकाका दासी हुन् ? अमेरिकाको उठवसमा चल्नुपर्ने देशहरू हुन् ?
इजरायलले जून १३ मा इरानमा अचानक आक्रमण गरेर उच्च सैन्य नेतृत्व र आणविक वैज्ञानिकको हत्या ग¥यो । अमेरिकाले इरानमा रहेको आणविक केन्द्रलाई नै ताकेर आक्रमण ग¥यो । इजरायल र अमेरिकाको सो आक्रमण निन्दनीय छ । युद्धविराम भनिए तापनि कुन दिन इजरायल र अमेरिकाले इरानमा हमला गर्ने हो, निश्चित छैन । आक्रमणको लेखाजोखा गर्न, मिसाइलको भण्डार गर्न र अर्को सशक्त आक्रमण गर्न तयारीको लागि मात्रै युद्धविराम बन्द भएको हो कि भन्ने कूतनीतिज्ञहरूको राय रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई बिनासर्त आत्मसमर्पण गरी आणविक कार्यक्रम बन्द गर्न के आदेश दिन मिल्छ ? के इरान सार्वभौम देश होइन ? के अमेरिकामा कुनै आणविक अस्त्रशस्त्र छैन ? अमेरिकाले आणविक भण्डारण गर्न पाउने, विकास र विस्तार गर्न पाउने, अरू देशले नपाउने ? यो विभेद किन ? युद्धबाट इरान पछि नहट्ने भएपछि राष्ट्रपति ट्रम्पले युद्धविराम गर्न किन आदेश दिए ? संरा सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र इरानलाई युद्ध रोक्न र वार्ता गर्न मात्र आग्रह गर्ने कि इरानको आणविक केन्द्रमा आक्रमण गर्ने अमेरिकालाई कारबाही पनि गर्ने ? इरानका कारण मध्यपूर्व होइन अमेरिकाको कारण संसारका मुलुकहरू असुरक्षित छन्; आक्रान्त छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प सुरक्षा परिषद् बैठक गरी इरानसँग युद्ध गर्ने निर्णयमा पुगेका थिए । आक्रमण गरेरै इरानको आणविक केन्द्र ध्वस्त बनाउने अमेरिकाको लक्ष्य थियो । अमेरिकी सरकारले कुनै निर्णय नगरी ट्रम्पको आदेशमा युद्ध छेड्यो अमेरिकामा बनेका आधुनिक लडाकु जेटहरू प्रयोग गरेर इजरायलले इरानमाथि आक्रमण गरेर सेना प्रमुखलगायत अन्यको हत्या ग¥यो । अमेरिका र इजरायल मिलेर आफूमाथि आक्रमण गरेपछि इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार ग¥यो । राष्ट्रपति ट्रम्पले आफ्ना सेना असुरक्षित हुने ठानेर ट्रम्पले एकाएक युद्धविरामको प्रस्ताव राखे र युद्धविराम घोषणा भयो ।
अमेरिकाले आफ्नो विचारसित नमिलेका, साम्राज्यवादको विरोध गरेका सरकार र सरकार प्रमुखहरू छानीछानी आक्रमण गरिरहेको छ । आफ्नो हतियार बेच्दै अरू देशलाई ध्वस्त पार्ने देश अमेरिका कसरी प्रजातान्त्रिक देश हुन्छ ? अमेरिकी राष्ट्रपति ट्रम्प कसरी शान्तिवादी, प्रजातन्त्रवादी हुन्छ ? मानव नरसंहार गर्ने ट्रम्प कसरी मानव अधिकारवादी हुन्छ ? जहिलेसम्म अमेरिकाजस्ता साम्राज्यवादी देशहरू हुन्छन् तहिलेसम्म विश्वका मुलुकहरू सुरक्षित हुने छैनन् । साम्राज्यवादसित सिद्धान्तहीन सम्झौता गरे युद्धको खतरा झन् बढ्नेछ । दास भावना लिई आत्मसमर्पण गरेर पाइने शान्ति शान्ति हुनेछैन । अमेरिकी साम्राज्यवाद एक दिन जरूर अन्त्य हुनेछ । अमेरिकी साम्राज्यवादले नेतृत्व गरेको साम्राज्यवादको विरूद्ध एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका जनता एक भएर विश्व शान्ति, मानव मुक्ति तथा सुरक्षाको निम्ति अघि बढ्नुपर्ने समयको माग भइसकेको छ ।
Leave a Reply