भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
गाईघाट, उदयपुर, ५ चैत (रासस) ः प्याराल्गाइडिङको माध्यमबाट १ नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउनका लागि उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा तत्कालै प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन गर्नका लागि तालीम केन्द्र तथा स्कूल स्थापना गरेको छ ।
बेलका नगरपालिकाले रु नौ लाखको लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कूल भवनको निर्माण कार्य शुरु गरेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । उदयपुरको बेलकास्थित चौदण्डीको रानीटार मैनामैनीको उच्च भूभागबाट सप्तकोशी किनार क्षेत्रमा प्याराग्लाइडिङ उडान गरेर पर्यटकीय विकास गर्न सकिने प्रचुर सम्भावना रहेको कारण यस क्षेत्रमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र तथा स्कूल स्थापना गरिएको बेलका नगरपालिकाले बताएको छ ।
प्याराग्लाइडिङ प्रशिक्षण केन्द्रका लागि स्कूल भवन निर्माण कार्य शुरु भएको र आगामी २०७५ को जेठ महिनाबाट नै यस क्षेत्रमा प्याराग्लाइडिङ प्रशिक्षण सञ्चालनसमेत गर्न लागिएको नगरपालिकाले बताएको छ । यसको सञ्चालनका लागि पोखरा र राष्ट्रिय खेलकुद परिषद्बाट प्रशिक्षकसमेत ल्याउन लागिएको नगरपालिकाका प्रतिनिधिले बताएका छन् । बेलकाको मैनामैनीको बोप्ताङडाँडा, चम्पाकोट डाँडा, अप्टाङ र सुघाचरी भिरबाट प्याराग्लाइडिङ उडाएर सप्तकोशीको डुम्रिबोट, चतरा तथा सोमबारे क्षेत्रसम्म उडान गरेर व्यापक पर्यटन विकास गर्न सकिने भएपछि नगरपालिकाले बृहत् गुरुयोजना बनाएर प्याराग्लाइडिङ सञ्चालन अभियान शुरु गरेको नगरपालिकाका पदाधिकारी बताउँछन् ।
भारतबाट ल्याउन लागिएको सानो पानीजहाज पहिलो पटक चौदण्डीको रानीटारदेखि सप्तकोशीको चतरासम्म र माङकुटारदेखि चतरा हुँदै तपेश्वरी क्षेत्रसम्म जहाज सञ्चालन गरिन लागेको पनि नगरप्रमुख थापाले बताउनुभयो ।
Leave a Reply