लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
ट्रम्प दोस्रोपटक पदमा फर्किएदेखि पाकिस्तानले अघिल्लो बाइडेन प्रशासनबाट नपाएको सम्मान पाउन थालेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जून १८ मा पाकिस्तानी सेनाका प्रमुख असिम मुनिरलाई ह्वाइट हाउसमा दिवाभोजको आतिथ्य प्रदान गरे । यो अमेरिकी राष्ट्रपतिले पाकिस्तानका सैन्य प्रमुखलाई ह्वाइट हाउसमा स्वागत गरेको पहिलोघटना हो ।
(यसअघि ह्वाइट हाउसमा निमन्त्रण पाएका पूर्वसेना प्रमुख अयुब खान, जिया–उल–हक र परबेज मुसर्रफहरूलाई सेना प्रमुखबाट हटेर राष्ट्र प्रमुख बनेपछि मात्र बोलाइएको थियो ।)
मुनिर अमेरिकाको पाँचदिने भ्रमणमा रहँदा उनलाई त्यस्तो सम्मान प्रदान गरिएको थियो । पाकिस्तानप्रति अमेरिकाको यस सौहार्दतालाई धेरैले नाटकीय परिवर्तनका रूपमा व्याख्या गरेका छन् । हुन पनि सात वर्षअघि मात्रै यिनै ट्रम्पले पाकिस्तानलाई आतङ्ककारी सुरक्षित आश्रयकर्ता मुलुक र अमेरिकालाई ‘झूट र छल’बाहेक केही नदिने देश भनेर आलोचना गरेका थिए । ट्रम्पका पूर्ववर्ती जो बाइडेनले पाकिस्तानलाई विश्वका ‘सबैभन्दा खतरनाक राष्ट्रमध्ये एक’ भएको आरोप लगाएका थिए ।
पाकिस्तानसँगको सम्बन्धमा आएको पछिल्लो परिवर्तनका लागि ट्रम्प प्रशासनभित्र केही समयदेखि काम चलिरहेको विज्ञहरू बताउँछन् । यसलाई मे महिनामा भारत र पाकिस्तानबिचको छोटो सैन्य टकरावले मूर्तरूप दिन सघायो । दुई देशबिचको लडाइँ रोकेर युद्धविराम गर्न अमेरिकाले मध्यस्थता गरेको ट्रम्पको दाबी छ ।
केही विश्लेषक भने पछिल्लो समय विकसित अमेरिका–पाकिस्तान सम्बन्धलाई संस्थागत नीतिभन्दा पनि ट्रम्पको व्यक्तिगत स्वार्थको रूपमा हेर्नुपर्ने बताउँछन् । तथापि, अरूले भने ट्रम्पले मुनिरलाई स्वागत गरेको दृश्य आफैँमा एक महत्वपूर्ण सङ्केत भएको औँल्याएका छन् । ‘ट्रम्पले पाकिस्तानका सेना प्रमुखलाई दिवाभोजका लागि निमन्त्रणा गर्नु प्रोटोकल तोड्ने काम मात्र होइन, यो प्रोटोकल नै पुनः परिभाषित गर्ने काम हो,’ सिटी युनिभर्सिटी अफ न्युयोर्क
(सीयूएनवाई) का शीर्ष लेक्चरर रजा अहमद रूमीले भने, “यस घटनाले पाकिस्तान वासिङटनको राडारमा मात्र नभएर यसको भित्री घेरामै रहेको देखाउँछ । कम्तीमा अहिलेका लागि त्यही देखिन्छ ।”
क्षेत्रीय सङ्कटबिच सम्बन्ध पुनस्र्थापना
ट्रम्प र मुनिरबिचको भेटघाट मध्यपूर्वमा बढ्दो तनावबिच भएको थियो । दुईजनाको भेट हुनुभन्दा पाँच दिनअघिदेखि इजरायलले इरानमाथि बमबारी सुरू गरेको थियो । इरानले पनि इजरायलमाथि जवाफी मिसाइल हानिरहेको थियो । इरान र पाकिस्तानबिच ९०० किलोमिटर लामो सिमाना छ । बुधबार मुनिरसँगको दिवाभोजपछि ओभल अफिसमा मिडियासँग कुरा गर्दै ट्रम्पले यस विषय छोए । पाकिस्तानीले हामीले भन्दा ‘इरानलाई धेरै राम्ररी चिन्छन्’ भन्दै ट्रम्पले पछिल्लो आक्रमणबाट इस्लामाबाद ‘खुसी नरहेको’ बताए ।
ट्रम्पले मुनिरलाई भेट्नुको मुख्य कारण पाकिस्तान र भारतबिच मे महिनामा भएको द्वन्द्वलाई कम गर्नमा मुनिरको भूमिकाका लागि धन्यवाद दिनु रहेको बताए । ‘उनलाई यहाँ बोलाउनुको कारण म उनलाई भारतसँग युद्धअगाडि नबढाएकोमा धन्यवाद दिन चाहन्थेँ । म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि धन्यवाद दिन चाहन्छु । हामी भारत र पाकिस्तानसँग व्यापार सम्झौतामा काम गरिरहेका छौँ,” ट्रम्पले पत्रकारलाई बताए ।
गत अप्रिल महिनामा भारत प्रशासित कस्मिरमा भएको आतङ्कवादी आक्रमणमा २६ जना भारतीय नागरिकको मृत्यु भएपछि दुई आणविक अस्त्र भएका देशबिच सङ्कट सुरू भएको थियो । भारतले आक्रमणका लागि पाकिस्तानलाई दोष लगायो भने पाकिस्तानले आरोप अस्वीकार गर्दै घटनाको ‘विश्वसनीय, स्वतन्त्र, पारदर्शी’ अनुसन्धान आह्वान ग¥यो । वाक्युद्ध चलिरहँदा मे ७ मा भारतले पाकिस्तानी र पाकिस्तान प्रशासित कस्मिर क्षेत्रमा आक्रमण ग¥यो । पाकिस्तानले आफ्नो वायु सेनामार्फत प्रतिक्रिया दियो । यस क्रममा कम्तीमा ६ भारतीय युद्धक विमान खसालेको उसले दाबी ग¥यो । भारतले युद्ध विमानमा क्षति पुगेको कुरा स्वीकार गरे पनि सङ्ख्या उल्लेख गरेको छैन ।
द्वन्द्व चर्किने सम्भावनाबिच दृश्य पछाडि कूटनीति तीव्र बनेको थियो । विशेषगरी, अमेरिकी संलग्नतामा युद्धविराम भएपछि मात्र युद्ध रोकियो । ट्रम्पले जून १८ को दिवाभोजपछि पत्रकारसँगको कुराकानीमा पुनः युद्धविराममा आफ्नो भूमिका दोहो¥याएका थिए । “मैले पाकिस्तान र भारतबिचको युद्ध रोकेँ । यो मानिसले (सेना प्रमुख मुनिरतर्फ देखाउँदै) पाकिस्तान तर्फबाट र मोदी र अन्यले अर्को तर्फबाट युद्ध रोक्न अत्यन्त प्रभावशाली भूमिका खेले,” ट्रम्पले भने ।
पाकिस्तानले अमेरिकी भूमिकालाई स्वीकार गरेको भए पनि भारतले युद्धविराममा तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको छ । नयाँदिल्लीले पाकिस्तानसँगको द्विपक्षीय वार्ताबाट युद्धविराम भएको दाबी गर्ने गरेको छ । मुनिर ह्वाइट हाउस जानुभन्दा अघिल्लो दिन मात्र भारतीय विदेश सचिव विक्रम मिश्रीले भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पसँग फोनमा कुरा गरेर भारत र पाकिस्तानबिच भएको युद्धविराम अमेरिकाको नेतृत्वको मध्यस्थता नभएको जोड दिएको बताएका थिए ।
वासिङ्गटनस्थित कन्सल्टेन्ट फर्म पोलिट्याक्टका प्रमुख रणनीतिकार आरिफ अन्सारका अनुसार भारतसँगको टकरावको समयमा पाकिस्तानी सेनाले देखाएको सामथ्र्यबाट ट्रम्प सम्बन्ध राख्न प्रेरित भएका हुन् । “देश राजनीतिक र आर्थिक चुनौतीसँग जुधिरहँदासमेत आफूभन्दा धेरै ठुलो शत्रुलाई पराजित गर्न सक्ने देखायो,” अन्सारीले भने, “यसले राष्ट्रपति ट्रम्पलाई मुख्य रणनीतिक हितका आधारमा पाकिस्तानको परम्परागत शक्ति केन्द्रसँग नजिक हुन प्रेरित ग¥यो ।”
प्रासङ्गिकता पुनः स्थापित गर्ने अवसर
अमेरिकासँग पाकिस्तानको सम्बन्ध सन् १९४७ मा देश स्वतन्त्रता भएदेखिकै हो । शीतयुद्धको समयमा इस्लामाबाद वासिङ्गटनसँग घनिष्ट भयो । अफगानिस्तानमा सोभियत सङ्घले आक्रमण गरेपछि पाकिस्तानले त्यहाँ अमेरिकी उद्देश्यलाई समर्थन गरेको थियो । दुवैले मुजाहिद्दिनलाई तालिम तथा हतियार दिनका लागि सहकार्य गरे । यही सहकार्यका कारण अन्ततः मस्को अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लिन बाध्य भएको थियो ।
त्यसपछि, पाकिस्तानले सेप्टेम्बर ११ पछि पनि अमेरिकाको ‘आतङ्कवादविरूद्धको युद्ध’ लाई सघायो । यद्यपि पछिल्ला वर्ष अमेरिकी रणनीतिक समुदायभित्र सुरक्षा साझेदारको रूपमा पाकिस्तानप्रतिको विश्वसनीयतामाथि प्रश्न उठाउन थाल्यो । सन् २०११ मा ओसामा बिन लादेन पाकिस्तानको सैन्य मुख्यालय रहेको रावलपिन्डीनजिकै एबोटाबादमा फेला परेपछि अविश्वास झनै बढ्यो । अगस्ट २०२१ मा तालिबान सत्तामा फर्किएदेखि दुई देशबिचको रणनीतिक साझेदारी झन् कमजोर बन्यो ।
अमेरिका–पाकिस्तानबिच अविश्वास बढ्दै जाँदा अमेरिकाले पाकिस्तानमाथि दोहोरो व्यवहार गरेको आरोप लगायो । उता पाकिस्तानले पनि वासिङ्गटनले उसका लागि गरेका त्यागको सम्मान नगरेको दुखेसो पोख्यो । सम्बन्धमा तिक्तताबिच पछिल्लो समय पाकिस्तान आर्थिक, सैन्य र प्राविधिक सहयोगका लागि चीनतर्फ नजिकिएको छ । ट्रम्प दोस्रोपटक पदमा फर्किएदेखि पाकिस्तानले अघिल्लो बाइडेन प्रशासनमा नपाएको सम्मान पाउन थालेको छ । यो सम्मान राजनीतिक तहबाट मात्र होइन, सैन्य तहबाट पनि देखिएको छ । जून १० मा मध्यपूर्व, मध्य–एसिया र दक्षिण एसियाको केही भाग हेर्ने जिम्मा पाएको अमेरिकी सेनाको ‘अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)’ का प्रमुख जनरल माइकल ई कुरिल्लाले संसद्को ‘आर्मड सर्भिसेज कमिटी’सामु बोल्ने क्रममा पाकिस्तानको प्रशंसा गरे । ‘उनीहरू अहिले सक्रिय रूपमा आतङ्कवादविरोधी लडाइँमा छन् । तिनीहरू आतङ्कवादविरोधी विश्वका लागि एक असाधारण साझेदार बनेका छन्,’ कुरिल्लाले भने ।
पाकिस्तानले पछिल्लो समय दुर्लभ खनिजमा पनि अमेरिकालाई सघाइरहेको छ । प्रतिरक्षा उपकरण, रोबोटिक्स र इलेक्ट्रोनिक्सजस्ता उद्योगका लागि महत्वपूर्ण दुर्लभ खनिजमाथि लगानी गर्न पाकिस्तानले अमेरिकी लगानीकर्तालाई आह्वान गरेको छ । ‘अमेरिका केही नदिई क्षेत्रीय अस्थिरतालाई कम गर्न पाकिस्तानको मद्दत चाहन्छ । मुनिरका लागि यो सम्बन्ध सेनाको प्रासङ्गिकता पुनः स्थापित गर्ने र सम्भवतः देशमा आफ्नो चाल बलियो बनाउने अवसर हुनेछ,’ सिटी युनिभर्सिटी अफ न्युयोर्कका लेक्चरर रूमीले भने । पछिल्लो संलग्नता अर्को क्षणिक चरण साबित हुन्छ वा लामो समय टिक्छ, भविष्यले देखाउने उनले बताए । ‘जबसम्म सम्बन्ध संस्थागत रूपमा अघि बढ्दैन र यसको सुरक्षाबाहेक अन्य पक्ष रहँदैन भने यो क्षणिक रणनीतिक सम्बन्ध साबित हुनेछ । विगतमा जस्तै रणनीतिक लक्ष्य पूरा भएपछि वा शासन परिवर्तन भएपछि यो सम्बन्ध त्यस्तै कमजोर भएर जानेछ,’ लेक्चरर रूमीले भने ।
पर्दापछाडिको शक्ति
तीन दशकभन्दा लामो समय प्रत्यक्ष रूपमा देशमाथि शासन गरेको पाकिस्तानी सेना त्यहाँको सबैभन्दा शक्तिशाली संस्था रहँदै आएको छ । उसको अझै पनि राजनीति र समाजमा ठुलो प्रभाव छ । गत वर्ष सम्पन्न विवादास्पद निर्वाचनपछि बनेको वर्तमान सरकारलाई मुनिर नेतृत्वमा सैन्य प्रतिष्ठानको तुलनामा कमजोर रूपमा हेरिन्छ । नागरिक सरकार हुँदाहुँदै सेना प्रमुखलाई ह्वाइट हाउस आमन्त्रण गरेर ट्रम्पले पाकिस्तानको वास्तविक शक्ति सेना नै रहेको धारणालाई बलियो बनाउन सघाएकोमा चिन्ता गरिएको छ ।
‘ट्रम्प–मुनिर बैठकले अमेरिका–पाकिस्तान नागरिक संस्थापनलाई बाइपास गरेको छ । यसले लोकतान्त्रिक सुदृढीकरणका समर्थकलाई चिन्तित बनाउनु स्वाभाविक हो । यदि अहिले अमेरिका पाकिस्तान समन्ध ‘पुनस्र्थापना’ भइरहकै हो भने त्यसमा पुनः एकपटक मतपत्रमाथि सेना हाबी भएको छ,’ रूमीले चेतावनी दिए । पोलिट्याक्टका अन्सार पनि यस तर्कमा सहमत छन् । ह्वाइट हाउसमा भएको दिवाभोजले पाकिस्तानको नागरिक–सैन्य सन्तुलनलाई प्रतिकूल असर गरेको अन्सारीको ठम्याइ छ । किनकि, यसले पाकिस्तानको ‘वास्तविक शक्तिबाहक’ को हो भनेर देखाएको छ ।
– अलजजिराबाट
Leave a Reply