विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
भक्तपुर, १५ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई (माध्यमिक शिक्षा परीक्षा) २०८१ को नतिजा हालै सार्वजनिक गरेको छ । परीक्षामा सहभागी २ हजार १६६ (८९.८८) प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् । नतिजामा सार्वजनिक विद्यालयका ६८२ (८०.९० प्रतिशत) र संस्थागत विद्यालयका १ हजार ४८४ (९४.७०) विद्यार्थी उत्तीर्ण भएका छन् ।
भक्तपुर नगरपालिकाभित्र सञ्चालित ६ वटा विद्यालयका १३ जना विद्यार्थीहरूले ४ जीपीए ल्याउन सफल भए जसअन्तर्गत मेधा माध्यमिक विद्यालयका ३ जना, सेकरिड हार्ट ई. सेकेन्डरी स्कूलबाट १ जना, लनर्स एकेडेमीका २ जना, सैनिक आवासीय महाविद्यालयका ३ जना, एभरेस्ट ई. स्कूलका ३ जना र जेन्युइन सेकेन्डरी स्कूलका १ जना रहेका छन् ।
३.६ देखि ४ जीपीए अर्थात् विशिष्ट श्रेणी ल्याउने विद्यार्थीको सङ्ख्या ७ सय ७२ जना रहेका छन् । नतिजाअनुसार ३.२० देखि ३.६० जीपीए ल्याउने ८ सय, २.८ देखि ३.२० जीपीए ल्याउने ४ सय ८७ जना, २.४० देखि २.८० ल्याउने १०१ जना, २ देखि २.४० ल्याउने ६ जना र २ जीपीएभन्दा कम ल्याउने २ सय ४४ जना परीक्षार्थी रहेका छन् ।
(विस्तृत नतिजाको टेबुल अन्तिम पृष्ठमा)
Leave a Reply