नौ बाजा वादक मनसादेवी रञ्जित महर्जन
- मंसिर २७, २०८२

काठमाडौँ, १५ असार । नेपाल क्रान्तिकारी किसान सङ्घको आयोजनामा नेपाल क्रान्तिकारी महिला सङ्घका पूर्वकेन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको तेस्रो स्मृति सभा कार्यक्रम क्षेत्रपाटीमा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले शोभा प्रधान पार्टीको महिला नेतृ भएको बताउनुभयो ।
जेनी माक्र्सले कार्ल माक्र्सलाई क्रान्ति र सङ्गठनमा सहयोग गरेजस्तै शोभा प्रधानले अध्यक्ष रोहितलाई पार्टी सङ्गठनको हरेक कार्यमा सहयोग गर्नुभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानले आफूलाई क्यान्सरजस्तो प्राणघातक रोग लागे पनि हरेस नखाई महिलाहरूलाई रोगबारे सचेत पार्ने काम गर्नुभयो । एक शिक्षिका भएर विद्यार्थीको उज्ज्वल भविष्य बनाउन महत्वपूर्ण भूमिका खेल्नुभयो ।”
काठमाडौँको विभिन्न क्षेत्रमा सङ्गठन विस्तारको क्रममा प्रधान लाग्नुभएको स्मरण गर्दै उहाँले शोभा प्रधान भौतिकरूपमा हाम्रोसामु नभए पनि उहाँको योगदानलाई कार्यकर्ताले सदा सम्झिरहनेछ भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले शोभा प्रधानको योगदानलाई स्मरण गर्दै प्रधानले महिला सङ्घको कार्यक्रममा सहयोग गर्दै महिलाहरूलाई सचेत र सङ्गठित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा कुलनारायण डंगोल, कासिलाल डंगोल, विश्वअमर महर्जन, पूर्ण बुढाथोकी, राजु कपाली, बिन्द्रा महर्जन, ममता महर्जन, ईश्वर ढकाललगायतले बोल्नुभएको थियो ।
Leave a Reply