नौ बाजा वादक मनसादेवी रञ्जित महर्जन
- मंसिर २७, २०८२

भक्तपुर, १५ असार । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को महिला सशक्तीकरण उपसमितिको आयोजना र नेफ्स्कुनको साझेदारीमा एकदिने ‘महिला नेतृत्व विकास तालिम’ सम्पन्न भयो । तालिमको समापन कार्यक्रममा सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी प्राधिकरणले जारी गरेको मापदण्ड सहकारीमा ठग्ने ठगलाई कारबाही गर्ने भन्दा अन्य सहकारी संस्थालाई नियन्त्रण गर्न ल्याएको बताउनुभयो । सहकारीमा महिला सदस्य बहुमत भएता पनि नेतृत्व तहमा न्यून सङ्ख्या रहेको तथ्याङ्कले देखाएको उल्लेख गर्दै उहाँले सहकारीमा नेतृत्व गर्नलाई सहकारी मूल्य, मान्यता बुझ्नुको साथै सहकारीसम्बन्धी ऐन, नियमावली, मापदण्ड, संस्थाको विनियम, नीति, कार्यविधिसम्बन्धी जानकार भएको हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि.का तालिम अधिकृत रीता सुवेदीले नेतृत्वको परिचय, नेतृत्वको शैली र प्रकार, नेतृत्वको आवश्यकता र महत्व, सहकारीमा नेतृत्व गरेका व्यक्तिको जिम्मेवारी विषयमा सहजकीरण गर्नुभएको थियो ।
कार्यक्रममा सभापति एवम् सङ्घका सञ्चालक सदस्य कृष्णश्वरी मचामसीले सहकारीमा नेतृत्व गर्ने सोचले उत्प्रेरित भएर नै तालिममा उत्साहजनक सहभागिता रहेको र सहकारी सम्बन्धी नीति, नियम, संस्थाकै विनियम, नीतिहरू अध्ययन गर्नुपर्ने विचार राख्नुभयो ।
महिला सशक्तीकरण उपसमितिका सदस्य निर्जना ढुङ्गेल दाहालले पनि तालिममा सिकेका कुरा संस्थामा गएर कार्यान्वयन गर्न अनुरोध गर्दै अवसरकै कमीले महिला नेतृत्वमा कमी भएको विचार राख्नुभयो । तालिममा सहभागीहरूमध्येबाट शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाका मनशोभा सुवाल र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि.का सविता घिमिरेले पनि मन्तव्य राख्नुभयो । तालिमको समापन कार्यक्रम सङ्घका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले सञ्चालन गर्नुभयो ।
Leave a Reply