भर्खरै :

अब फोहोर सङ्कलन नगरे पनि भयो ?

सफा नगर भनेर भक्तपुर नगरका जनताको फुलेको नाक खुम्चिने हो कि भन्ने चिन्ता लागेको छ ।
विगतमा बाटो र चोकमा जथाभाबी फालिने फोहोर नगरपालिकाको मोटर र गाडामा मात्र खन्याउने बानी करिब बसिसकेको थियो । त्यसले गर्दा बाटो, चोक, गल्ली अपवादलाई छोडेर सफा भएको थियो । आन्तरिक तथा बाह्य पर्यटकहरूलगायत अध्ययन भ्रमणमा आउनेहरू सबै मख्ख पर्ने गर्थे । जताततै फोहोर नफालिँदा नगरवासीहरूको स्वास्थ्यमा निश्चय पनि सकारात्मक प्रभाव परेको थियो । यसको अध्ययन ग¥यो भने त्यो देखिने छ ।
तर, अचेल फोहोर सङ्कलन गर्ने गाडी आउन छोडेको धेरै महिना भयो । विगतमा मनपरि समयमा भए पनि आउँथ्यो, अहिले त कुहिने फोहोर र नकुहिने फोहोर सङ्कलन गर्ने दिन वा बारको सूचना दिन आक्कलझुक्कल सुनिन्छ । त्यो पनि मूल सडक र बजारमा मात्र । गल्लीतिर जान सूचकहरू डराएजस्तो छ वा आवश्यक नदेखेको हो ?
के भक्तपुर नगर साँच्चै पूर्ण सफा भयो ? अब फोहोर सङ्कलन नगरे पनि भयो ? सबैको घरमा कम्पोस्ट मल बनाएर फोहोर शून्य बनायो ?
अहँ, कतिपयका खेत छैनन्, कौसी खेती गर्न कौसी पनि छैन । त्यसैले, अचेल फोहोर सङ्कलन गर्न गाडा बिहान सखारै आएर जान्छ र मानिसहरूले घरको फोहोर विगतमा झैँ गल्ली, बाटो, दोका–दोबाटोमा खन्याउन थालेको दृष्टिगोचर हुन थालेको छ । अनि कुकुरले फोहोर छरपस्ट पारेको पनि देखिन थालेको छ । यो शुभ सङ्केत होइन, फेरि विगतमा फर्केको लक्षण हो । सफाइमा हामी अगाडि बढ्दाबढ्दै पछाडि फर्कनबाट रोक्नेतर्फ नगरपालिकाको गम्भीर ध्यानाकर्षण हुने आशा छ ।
अनि, सफाइ कर्मचारी (निरीक्षक, चालक र मजदुर) हरू नगरवासीहरूप्रति सभ्य र शिष्टरूपमा प्रस्तुत भएर जथाभाबी फोहोर फाल्न निरुत्साहित पार्दै गाडा र मोटरमा मात्र कुहिने र नकुहिने फोहोर फाल्न छुट्याई फाल्न उत्साहित गर्न सक्षम र सफल होस् भन्ने अनुरोध छ । त्यसको लागि गाडा बिहान सखारे आएर जाने मोटरको दर्शन पाउन दुर्लभ छ । सफल हुन्छ कसरी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *