स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
भक्तपुरमा पोखरीहरू वरपर, मन्दिरहरू, खुलास्थानहरूमा बिहान घुम्नेहरूको सङ्ख्या निकै बढेको छ । स्वस्थ र तन्दुरूस्तहरूमात्र होइनन् थरी थरीका रोगीहरू पनि धेरै छन् । तीमध्ये मिर्गौला र पिसाबका रोगीहरू प्रायः छिनछिनमा लघुशङ्काको लागि शौचालयमा जानुपर्छ । तर, भक्तपुर नगरका शौचालयहरूमध्ये कतिपय कार्यालय समयअनुसार खोल्ने र बन्द हुने गर्छ । दिसा–पिसाबको समय घडीको सुईअनुसार हुँदैन । रोगीहरूलाई त झनै हुँदैन । त्यसैले, बिहान घुम्नजाने मुख्य मुख्य ठाउँमा बिहानै शौचालय खोल्ने व्यवस्था गर्न सम्बधित निकायलाई अनुरोध छ । त्यसो नहुँदा बिहान हिँड्न र घुम्न इच्छा हुनेहरूले अघिल्लो बेलुकादेखि नै पानी नखाई बस्नुपर्ने बाध्यता छ । यस बाध्यताले स्वास्थ्यमा नकारात्मक असर पर्ने कुरा यहाँ बताइरहन पर्दैन होला ।
सन्दर्भमा, भक्तपुर नगरपालिकाले बनाएर ठेक्कामा सञ्चालन गरेको शौचालयमा शुल्क पनि बढी लिन्छ । नपाको बजेट वक्तव्य विवरणमा पिसाब फेरेको रु. ५।– र दिसा गरेको रु. १०।– लेखिएको छ । तर, सिद्धपोखरीनिरको शौचालयमा भङ्गेराजत्रो अक्षरमा लेखिएको छ – पिसाबको रु. १०।– !
बजेट विवरण र ठेक्का सम्झौतामा यो रु. ५।– कसरी फरक आयो ? सम्बन्धितको ध्यानाकर्षण हुने आसा छ ।
Leave a Reply