भर्खरै :

युवाहरूमा समाजवादी देशभक्तिको भावना हुनुपर्छ

युवाहरूमा समाजवादी देशभक्तिको भावना हुनुपर्छ

‘हाम्रो युवा आन्दोलनलाई नयाँ, अझ माथिल्लो चरणमा विकसित गरौँ’ भन्ने प्रजग कोरियाका प्रिय नेता किम जङ इलको पुस्तिका ५ जनवरी १९९३ मा युवा कार्यको जिम्मा लिएका वरिष्ठ कर्मचारीहरूसित गरिएको कुराकानीको प्रकाशित कृति हो । यो पुस्तिका नेपाल कोरिया मैत्री सङ्घ, काठमाडौँले सन् १९९६ मा प्रकाशित गरेको हो ।
पुस्तिका युवाहरूलाई क्रान्तिका उत्तराधिकारी, क्रान्तिका प्रेरक शक्तिका उत्तराधिकारी बनाउनेतर्फ केन्द्रित छ । युवाहरूलाई पार्टीको वरिपरि एकताबद्ध गर्न, क्रान्तिको मूल शक्ति बनाउन अभिप्रेरित गरिएको यो पुस्तिकामा समाजवादी क्रान्तिको निम्ति युवा आन्दोलन जरुरत भएको प्रस्ट पारिएको छ । पार्टीको विचार र नेतृत्वलाई समर्थन गर्न समाजवादी युवा आन्दोलन अपरिहार्य छ । युवाहरूलाई पार्टीको सिद्धान्त र विचारबाट अभिप्रेरित गर्ने काम प्रजग कोरियाली पार्टीले गरेको छ । युवा आन्दोलनको पथ प्रदर्शक सिद्धान्त भनेकै प्रजग कोरियाले लिएको सिद्धान्त र विचार हो । युवा सङ्गठनले पार्टीको सिद्धान्त, विचार र कार्यदिशा तथा नीति आत्मसात गर्दै गतिविधि गरिरहेको छ । समाजवादी युवा आन्दोलन भनेको युवाहरूको व्यापक समूहलाई पार्टीको वरिपरि एकताबद्ध गर्नु हो† सही दिशामा फर्काउनु हो† समाजवादी व्यवस्थालाई अझ बलियो बनाउनु हो ।
प्रजग कोरियाले समाजवादी श्रमिक युवा लीगलाई एउटा पुस्ताबाट अर्को पुस्ता तयार गर्ने र समाजवादी सिद्धान्तमा ढाल्ने काम गर्दै छ । यस्तो कार्य गरिएन भने नयाँ पुस्ताको राजनीतिप्रति चासो हुँदैन† राजनीति यस्तै हो भनेर राजनीतिप्रति वितृष्णा जाग्नेछ । यही भएर प्रजग कोरियाका युवाहरूले सङ्गठनमा बसेर इमानदारीपूर्वक आफ्नो जीवन बिताइरहेका छन् । जस्तो कठिन अवस्थामा पनि आफूलाई सुम्पेको क्रान्तिकारी अभिभारा पूरा गर्न युवाहरू जुट्दै छन् । युवाहरूमा समाजवादी भावना र सङ्घर्षशील भावना भएन भने निरासा छाउनेछ । उनीहरूलाई साम्राज्यवादी, प्रतिक्रियावादी, पुँजीवादीहरूले अनेक तरहले फसाउने छन्† क्रान्तिकारी भावनाबाट अलग्ग राख्ने प्रयास गर्नेछन् । राजनीतिक चेत नभएका युवाहरू उनीहरूले पोतेको गुलियो विषमा फस्नेछन् । यसकारण, युवाहरू पनि आधारभूत सिद्धान्तमा अडिग हुनुपर्छ ।
साम्राज्यवादी, प्रतिक्रियावादी र पुँजीवादीहरू कहिले पनि समाजवादी देश, समाजवादी दल र समाजवादी सिद्धान्त टिकाउन चाहँदैनन् । समाजवादी मूल्य र मान्यतामा बाधा हाल्न, अवरोध पु¥याउन उनीहरू जहिल्यै षड्यन्त्र गरिरहेका हुन्छन् । साम्राज्यवादी देशहरू युवालाई मात्र होइन सिङ्गो देशविरुद्ध कहिले आर्थिक नाकाबन्दी गर्छन् त कहिले आक्रमण गरेर ध्वंसात्मक काम गर्छन् । क्युवामा अहिले पनि साम्राज्यवादी देश अमेरिकाको आर्थिक नाकाबन्दी छ । संयुक्त राष्ट्र सङ्घमा सामेल ९९ प्रतिशत देशले आर्थिक नाकाबन्दी फिर्ता गर्न प्रस्ताव गरे पनि हालसम्म फिर्ता लिएको छैन । प्रजग कोरियामा पनि अमेरिकाको त्यस्तै हेराइ छ । अमेरिकाले कुनै पनि बेला इरानमा झैँ क्युवामा पनि कुनै न कुनै निहुँ खोजी आक्रमण गर्न सक्छ† सैन्य अखडा र आणविक केन्द्रमा आक्रमण गर्न सक्छ । यस्तै सम्भावना भएकोले क्युवा र प्रजग कोरिया रातदिन सचेत र चनाखो भएर बसेका हुन्छन् । इरानमा आणविक केन्द्रमै अचानक आक्रमण गर्नुको कारण प्रत्याक्रमण गर्न नसकोस् भन्ने हो । आम जनतामा केन्द्रित प्रजग कोरियाको समाजवादको रक्षा गर्न प्रजग कोरियाले युवाहरूलाई जहिल्यै सतर्क अवस्थामा रहनु भनेको छ । प्रजग कोरियाले समाजवादको भविष्य युवाहरूको भविष्य भनेको छ । समाजवादलाई सुरक्षित गर्न विकसित पार्नको निम्ति युवाहरूलाई मुलुक र राष्ट्रिय खम्बाको रूपमा प्रशिक्षित गरिरहेको छ ।
युवाहरूलाई सही राजनीति गराउन र सही बाटोमा लैजान सकिएन भने समयसँगै युवाहरू भड्किन बेर लाग्दैन । युवाहरू पार्टीका युवा सेनामुखको रूपमा अघि बढे, पार्टीको निम्ति आफ्नो जीवन अर्पण गरे । पार्टीको सिद्धान्त र विचारमा अडिग भएर लागे देश बन्छ† समाजवादको झन्डा फरफराइरहन्छ । यसकारण, प्रजग कोरियाले युवाहरू भरपर्दा निर्माता बन्नुपर्छ भनी जोड दिँदै आएको हो । युवा श्रमिक लीगको काम पनि सदस्यहरूलाई पार्टीको सिद्धान्त र विचारबाट सुसूचित गर्नु नै हो । कोरियाली समाजवादी श्रमिक युवा लीगको जिम्मेवारी पनि त्यही हो । युवाहरू क्रान्तिकारी बन्नुपर्छ । युवाहरू सामाजिक जीवनका काम नलाग्ने पुराना जीवन पद्धतिका सबै पक्षलाई अन्त्य गर्न क्रियाशील भइरहनुपर्छ । पार्टीप्रति बफादारी हुनुपर्छ । समाजवाद स्थापना गर्ने क्रान्तिकारी बाटोमा दृढतापूर्वक लाग्नुपर्छ । शोषण र उत्पीडन अनुभव नगरेका युवाहरूको निम्ति यस्तो काम कठिन हुनसक्छ ।
युवाहरूको मनमा जहिल्यै समाजवादी देशभक्तिको भावना हुनुपर्छ । पैसा नै सबथोक हो भन्ने पुँजीवादी विचारबाट ग्रसित हुनुहुँदैन । समाजवाद समुदाय या सामूहिक समाजमा आधारित समाज हो । देश र जनताको हितमा काम गर्नु सच्चा विचार हो । सच्चा समाजवादी पक्षधरहरूबिच क्रान्तिकारी भावना हुन्छ । युवाहरू समाजवादको निम्ति लड्ने हो । समाजमा देखिएका अन्धपरम्परा, सामाजिक अपराध, पुँजीवादका गलत अभ्यास, भष्टाचार, दमन, शोषण, अनियमितता र विकृतिविरुद्ध पनि लड्नुपर्छ । युवाहरू अपराधबाट मुक्त हुनुपर्छ । युवाहरू कुलत र दुव्र्यसन, लागुऔषधबाट मुक्त हुनुपर्छ । युवाहरू देशभक्त र पार्टीप्रति बफादारी हुनुपर्छ । युवाहरूमा क्रान्तिकारी जोश र भावना हुनुपर्छ । उनीहरू समाजसँग भिज्नुपर्छ† मिल्नुपर्छ† समाजको रूप फेर्न, समाजलाई परिवर्तन गर्न अघि सर्नुपर्छ । आफूबाट हुने गल्ती समयमै सुधार्नुपर्छ† सुधारेर अघि बढ्नुपर्छ । युवाहरू अभिमानी हुनुहुँदैन । अरुलाई डर धम्की देखाएर हिँड्ने होइन । समुदायका मानिसलाई हप्काउने होइन, सम्झाउने बुझाउने हो† गाली होइन आलोचना, प्रत्यालोचना गर्ने हो । यसकारण, युवाहरू सङ्गठनात्मक जीवनलाई पथ प्रदर्शन गर्ने कामको उत्तरदायित्व बोक्ने समाजका अगुवा हुन् । पार्टीको सिद्धान्त र विचार जनताको गाउँ–ठाउँमा पु¥याउने एक बलियो आधार युवा शक्ति हो । समाजलाई छिटो परिवर्तन गर्ने क्रियाशील शक्ति पनि हो युवा । पार्टी नीति कार्यान्वयन गर्ने बलियो पक्ष युवा शक्ति हो । यसको लागि कष्टपूर्ण र कठिन काम गर्नुपर्छ । यस अर्थमा युवाहरू ढुलमुल हुनुहुँदैन† स्पष्ट विचार र अडानका साथ निरन्तर लागिरहनुपर्छ । युवाहरू अस्पष्ट, ढुलमुल र गलत बाटोमा लागे समाजमा थप नकारात्मक असर पर्छ । युवाहरू भ्रष्ट भए समाजको रूप बदल्न अझ निकै समय लाग्नेछ । यसकारण, युवाहरूको क्षमता, दक्षता र योग्यता बढाउनु जरुरी छ ।
कोरियाली समाजवादी श्रमिक युवा लीगभित्र क्रान्तिकारी कार्यपद्धति र अनुशासनमा जोड दिइएको छ । श्रमिक युवा लिगमा रहेको नेतृत्व पक्षले कार्य पद्धति र कार्यशील उन्नत पार्न हरसम्भव प्रयत्न गरिरहेको हुन्छ । उनीहरूले जुनसुकै कठिन र कष्टपूर्ण काम साहसका साथ गर्नुपर्छ भनी प्रजग कोरियाका प्रिय नेता घच्घच्चाइरहनु हुन्थ्यो । सबै ठाउँमा सबै समयमा कठिन काममा नेतृत्व लिनुपर्छ; जनतासित घुलमिल भएर काम गरिरहनु पर्छ भन्नुहुन्थ्यो । आफ्नो भूमिका सही ढङ्गले इमानदारीसाथ गर्नुपर्छ भन्नुहुृन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “विदेशी हस्तक्षेप र राष्ट्रको विभाजनको दुःखद स्थिति अन्त्य गर्नु हाम्रो अभिभारा हो । जापान तथा अरु मुलुकमा रहेको कोरियाली युवाहरूको आन्दोलन मुलुकको स्वाधीन एकीकरण साकार पार्ने देशभक्तिपूर्ण आन्दोलन हो । हाम्रा युवाहरूले जुछेको समाजवादी मुलुकको शक्तिलाई अझ बलियो पार्नुपर्छ । विदेशी हस्तक्षेपविरुद्ध र प्रतिक्रियावादीहरूसित नझुकिकन लड्नुपर्छ । आफ्ना क्रान्तिकारी अभिभाराहरू पूरा गरेर कोरियाली युवा आन्दोलनलाई अझ माथिल्लो चरणमा पु¥याउनुपर्छ भन्ने धारणा प्रजग कोरियाका प्रिय नेता किम जङ इलको हो ।
युवाहरूको जीवन सिर्जनात्मक श्रम र नवीनता ल्याउने खालको हुनुपर्छ । समाजवादका आधारहरू तयार गर्न, नयाँ कीर्तमान कायम गर्न युवाहरू अग्रसर हुनुपर्छ । विचारधारात्मक, प्राविधिक र सांस्कृतिक क्रान्तिका अग्रीम पङ्क्तिका योद्धा बन्नुपर्छ । वैज्ञानिक र प्राविधिक समस्यालाई साहसका साथ समाधान गर्नुपर्छ । काम नलाग्ने सबै पक्षलाई निर्मूल गर्ने र मजदुरवर्गको संस्कृति, समाजवादी संस्कृति सिर्जना गर्ने आधारभूमि तयार गर्ने र विकास गर्ने काममा युवाहरू सधैँ जुट्नुपर्छ । युवा पुस्ता र नयाँ पुस्तालाई पार्टीले ख्याल गरेन भने समाज भड्कन बेर लाग्दैन† सिद्धान्त र विचार छोडेर, मतलब नराखे क्रान्ति पछि पर्छ । यसले समाजमा अराजकता बढ्छ, उच्छृङखल र हत्या हिंसाका घटना बढ्छ । यस अर्थमा समयसँगै युवा पुस्ता र नयाँ पुस्तालाई देश र जनताप्रति समर्पित र जिम्मेवार बनाउन सहज वातावरण तयार गर्नुपर्छ । युवा र नयाँ पुस्ता नै समाजबाट बिचलित भयो, सही बाटोमा ल्याउन सकिएन भने पार्टीको गन्तव्य पूरा हुनेछैन या पूरा हुन अझ धेरै समय लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *