स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
उपत्यकामा अहिले थुप्रै सवारी साधनहरू सञ्चालनमा छन् । त्यसले आवतजावत गर्ने यात्रुहरूलाई उत्कृष्ट नभए पनि सेवा–सुविधा पुगिरहेको छ । त्यसैले, ती सञ्चालक र चालकहरूलाई धन्यवाद छ ।
तर, कतिपय चालकहरूले यात्रुलाई सुविधा दिनेभन्दा केबल गाडी गुडाउने काम गरिरहेका छन् । खराब कर्मचारीले सेवाग्राहीलाई सेवा दिनेभन्दा दिन बिताउने काम गरेझैँ भइरहेको छ । यस्तो तीतो अनुभव थुप्रै यात्रुहरूले गरेको हुनुपर्छ ।
ती सवारी साधनहरू यात्रुलाई सुविधाजनकरूपमा गन्तव्यमा पु¥याउन सञ्चालन गरिएको हो† सास्ती दिन पक्कै होइन । तर, बिच बिचका बिसौनीमा यात्रु मोटरमा चढ्दा नचढ्दै, चढेर सीटमा बस्ने त कता हो कता उभिन डण्डी समाउन नभ्याउँदै मोटर हुँइक्याउने गर्छ । त्यसले यात्रु कहिले डण्डीमा र कहिले अन्य यात्रुसँग ठोक्किने गर्छ, लड्न लागेको वा लड्ने गरेको घटनाहरू छन् । यस्तोमा सहचालकले उल्टो राम्रोसँग सम्हालेर, डण्डी समाउनुपर्दैन भनी ‘उपदेश’ दिन्छन् । अनि मोटरमा चढ्न नपाउँदै, चढेर सम्हालिन नभ्याउँदै मोटर हुइँक्याएर लडेका, ठोक्किएका यात्रुलाई नउठ्ने रीस पनि उठ्छ । अनि यात्रु र चालक–सहचालकबिच विवाद हुन्छ । कहिलेकाहीँ हात हालाहाल नै हुन्छ ।
त्यसैले, सवारी सञ्चालक समितिहरूले आप्mना चालक–सहचालकहरूलाई गर्भवती, बाल–वृद्ध, महिलालगायतको विचार गरी कम्तीमा सीटमा बस्न वा सम्हालेर उभिन डण्डी समाउन समय दिन प्रशिक्षण दिनुपर्ने देखिन्छ । पटक–पटक हुने चालकको हटारोले पटक–पटक हुने दुर्घटनालाई सधैँ र सबैले सहन्छ भन्ने होइन । भोलि हुनसक्ने अप्रिय घटनालाई आज बुद्धि पु¥याए रोक्न सकिन्छ ।
चालकहरूसँग अनुरोध छ, विवेकशील मानिस बन्नुहोस्, १०–२० रूपैयाँको लागि यात्रुलाई सास्ती दिने कार्य गर्नुहुँदैन भन्ने बेलैमा बुझ्नुहोस् ।
Leave a Reply