भर्खरै :

ओली सरकारको उपहार–महङ्गी

नेपाली जनतालाई केपी ओली सरकारले सबभन्दा पहिले महङ्गीको उपहार दिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको पछिल्लो आर्थिक अवस्थासम्बन्धि विवरणले जनताको दैनिक जीवनसँग जोडिएका खाद्य बस्तु, तरकारी, दुग्धजन्य पदार्थ,, अण्डा, फलफूल, माछा–मासु, ध्यु र तेलको मूल्यमा वृद्धि भएको देखाएको छ । दैनिक रुपमा उपभोग हुने तरकारीको मूल्यमा अघिल्लो वर्ष यही अवधिको तुलनामा २५.५ प्रतिशतले वृद्धि भएको छ । दुधजन्य बस्तु र अण्डामा ७.७ प्रतिशत र फलफूलमा ३.८ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
राष्ट्र बैङ्कको प्रतिवेदनअनुसार हिमाल र पहाडको तुलनामा देशकै सबभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने तराई क्षेत्रमा सबभन्दा बढी मूल्यवृद्धि भएको छ ।

आर्थिक विकास वस्तुगत प्रक्रिया हो । देशका उद्योग कलकारखाना एक पछि अर्को गर्दै ध्वस्त हँुदै जाने र बजार सबै भारतीय तथा विदेशी वस्तुले कब्जा गरिरहेको अवस्थामा नेपालको आर्थिक विकासको कुरा आफैमा आत्मगत गलफती मात्र हो । जनताले दैनिकरुपमा प्रयोग गर्ने उपयोग्य सामग्रीमा समेत आत्मनिर्भर नरहने देशले कसरी विकास र समृद्धिको सपना देख्न मिल्छ ?

राष्ट्रिय उत्पादन क्रमशः सीमित र न्युन हुँदै गएको अवस्थामा हरेक वस्तुका लागि विदेशमाथि निर्भर रहनुपर्दा नेपाली जनताको दैनिक जीवन क्रमशः कष्टकर बनेको छ । निर्यातभन्दा आयात दर बढ्दा देशको अर्थतन्त्र क्रमशः परनिर्भर र थिलथिलो बनिरहेको छ । परम्परादेखि काठमाण्डौ उपत्यकामा उत्पादन हँुदै आएको तोरीको तेल उत्पादन गर्न समेत तोरी विदेशबाट ल्याउनुपर्ने अवस्थाले नेपालको अर्थतन्त्र कुन तहसम्म परतन्त्री बनिसकेको अनुमान गर्न मिल्छ । घरेलु र पुरानो प्रविधिबाट सीमित मात्रामा उत्पादन हुने तोरी र भटमासको तेल उत्पादनलाई समेत पुग्ने कच्चा पदार्थ नेपालले उत्पादन गर्न सक्दैन भने हामीले ठूला उत्पादनमा आत्मनिर्भर हुने कुरा फगत कल्पनामा मात्र सीमित हुनेछ ।
एकातिर राष्ट्रिय अर्थतन्त्र क्रमशः परतन्त्री बन्नु र अर्कोतिर ओली नेतृत्वको सरकारले दिने गरेको आर्थिक समृद्धि र विकासको फलाको आफैमा विरोधाभासपूर्ण छ । भूकम्पपश्चातको पुनर्निर्माणका लागि आवश्यक जनशक्तिमा समेत नेपाल आत्मनिर्भर हुन सकेको छैन । तर हरेक दिन हजारौंको सङ्ख्यामा आर्थिक रुपमा आत्मनिर्भर जनशक्ति विदेशी श्रमबजारमा जानुले नेपालको आत्मनिर्भर आर्थिक विकास अझै पर रहेको सङ्केत गर्दछ ।
आर्थिक विकास वस्तुगत प्रक्रिया हो । देशका उद्योग कलकारखाना एक पछि अर्को गर्दै ध्वस्त हँुदै जाने र बजार सबै भारतीय तथा विदेशी वस्तुले कब्जा गरिरहेको अवस्थामा नेपालको आर्थिक विकासको कुरा आफैमा आत्मगत गलफती मात्र हो । जनताले दैनिकरुपमा प्रयोग गर्ने उपयोग्य सामग्रीमा समेत आत्मनिर्भर नरहने देशले कसरी विकास र समृद्धिको सपना देख्न मिल्छ ?
जनताको जीवन कष्टकरबाट सहजतातर्फ लाने र देशलाई व्यवहारमा आत्मनिर्भरतातर्फ लाने सरकार नै जनताको सरकार हो । तर अ ोली सरकारले यसतर्फको कुनै काम गर्न सकेको छैन वा गर्ने कुनै सङ्केत समेत नगरेको अवस्थामा यो सरकारलाई कसरी जनताको सरकार मान्न सकिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *