भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २२ असार । भ्रष्टाचारविरोधी आन्दोलन (असार १९ र साउन २) को स्मरणमा नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समिति वडा नं. २ दुवाकोटको आयोजनामा आइतबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले नवदुर्गा बहुमुखी सहकारी संस्थामा भ्रष्टाचार गर्ने संस्थाका अध्यक्ष मङ्गले चगुठीलाई उल्टो टोपी लगाई नगर घुमाएको दिनलाई भ्रष्टाचारविरोधी दिनको रूपमा स्मरण गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चाँगुनारायण नगरपालिका क्षेत्रमा अवैधरूपमा सञ्चालित प्लटिङ, बालुवा र माटो खानीले गर्दा पहिरो र डुबानमा बस्ती जोखिममा परेको र सोको समाधानतर्फ चानपाले कुनै चासो देखाइरहेको छैन ।”
कार्यकर्ताहरू राजनीतिक र सैद्धान्तिकरूपमा परिपक्व हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सांस्कृतिक स्तर उठाउन कार्यकर्ताहरूले अध्ययनमा जोड दिनु जरूरी छ भन्नुभयो ।
नेक्राकिसङ्घ चानपा अध्यक्ष नारायणभक्त न्हेमाफुकीले रैथाने बीउबिजन जोगाउन सरकारले पहल गर्नुपर्छ भन्नुभयो ।
गणेशराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा रवि प्रजापति, रविन कासुला र गोविन्दराम सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply