भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २२ असार । नेमकिपा सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेलको आयोजनामा भ्रष्टाचारविरोधी आन्दोलन दिवसको स्मरण गर्दै शनिबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले २०२५ साउन २ गते र २०२६ असार १९ गते पार्टीका अग्रजहरूले गरेको सङ्घर्षलाई स्मरण गर्दै भ्रष्टाचार विरोधी दिवसको सान्दर्भिकताबारे प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “देशका शासकहरूले २७ खर्ब देश र जनतालाई वैदेशिक ऋण बोकाएर विकासको नाममा नीतिगत भ्रष्टाचार गरी कार्यकर्ता पाल्ने काम गरिरहेको छ ।”
नेमकिपा सूर्यविनायकका सचिव महेन्द्र बखुन्छेले विगतको इतिहासलाई नयाँ पुस्ताले सिक्नु जरूरी छ भन्नुभयो ।
जनता सङ्गठित र सचेत नभएसम्म शासक पार्टीहरूले विकासको नाममा देशको बजेटमा रजाइँ गरिरहने हुँदा राजनीतिकरूपमा सचेत हुनु जरूरी भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा तुल्सीदास कासुला, राजाराम कासुला र बाबुकाजीले पनि बोल्नुभएको थियो ।
त्यस्तै सूर्यविनायक ९ काँक्रेबारी र सूनपा १० चित्तपोलमा पनि भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा सूर्यभक्त त्वाती, महेन्द्र बखुन्छे, राजेन्द्र बखुन्छे, प्रेमबहादुर तामाङ, जितबहादुर तामाङ र निर्मल माकले पनि बोल्नुभएको थियो ।
Leave a Reply