भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
दैलेख, २२ असार । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ बिन्द्रासैनी मावि एकाइ समितिको आयोजनामा हालै एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा धन्यवाद कार्यक्रम भयो ।
कार्यक्रममा २०८१ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै नेमकिपा चामुण्डा बिन्द्रासैनीका नगर समिति सचिव तथा वडा नं. ७ का जनप्रतिनिधि लवराज ढकालले विद्यार्थीले आफ्नो रुचिअनुसार कुनै एक विषयमा विशेषज्ञता हासिल गर्नुपर्छ भन्नुभयो ।
विभिन्न देशमा भइरहेको परिवर्तनका विषयमा विद्यार्थीले जानकारी राख्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विश्वका हरेक परिवर्तनमा विद्यार्थीको महत्वपूर्ण भूमिका हुन्छ भन्नुभयो ।
नेमकिपा वडा नं. ७ का वडा समिति अध्यक्ष शिवराज चौलागाइँले धेरै परिश्रम गरेर डिग्री हासिल गर्ने सफलता मिलोस् भनी कामना गर्नुभयो ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ८ बिन्द्रासैनीमा सम्पन्न उक्त कार्यक्रममा नेक्राशिसङ्घ दैलेखका सदस्य दीपक शाहीले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने आवश्यकता औँल्याउँदै श्रमसँग जोडिएको शिक्षाले मात्र देशलाई आत्मनिर्भर बनाउन सक्छ भन्नुभयो ।
बिन्द्रासैनी माविबाट एसईई परीक्षा उत्तीर्ण भएका झलक ढकाललाई समान गरिएको उक्त कार्यक्रमको अध्यक्षता पूजा ढकालले गर्नुभएको थियो ।
दिवस चौलागाइँले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply