भर्खरै :

भक्तपुर साकोसमा होलबडी परीक्षण

भक्तपुर साकोसमा होलबडी परीक्षण

भक्तपुर, २२ असार । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को स्वास्थ्य उपसमितिको आयोजनामा स्वास्थ्यसम्बन्धी सचेतना दिने उद्देश्यले कमलविनायक पोलिक्लिनिकको प्राविधिक सहयोगमा सदस्यहरूको होलबडी चेकअप कार्यक्रमको आयोजना शनिबार सम्पन्न भयो ।
संस्थाले बचत तथा ऋण कारोबारसँगै आम्दानीको निश्चित रकम सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक विकासको साथसाथै स्वास्थ्यसँग सम्बन्धित शिविर तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यलाई ध्यान दिनु आवश्यक छ । उमेर बढेसँगै हामीले खानपिन र शारीरिक व्यायाममा ध्यान दिन सकेन भने हामीलाई गम्भीर किसिमका नसर्ने रोगहरू लाग्न सक्छ । त्यसैले समय समयमा स्वास्थ्य परीक्षण गराई आफ्नो स्वास्थ्यको बारेमा जानकारी लिइराख्नु आवश्यक छ । शरीर स्वस्थ भयो भने जीवनमा आइपर्ने हरेक समस्यासँग लड्ने क्षमता हुन्छ । प्रत्येक व्यक्तिले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । त्यसैलाई मध्यनजर राख्दै संस्थाको स्वास्थ्य उपसमितिको आयोजनामा असार २० र २१ गते सदस्यहरूको होलबडी चेकअप कार्यक्रम भयो ।
होलबडी चेकअपअन्तर्गत रगत, दिशा, पिसाब, ईसीजी, पेटको अन्ट्रासाउन्ड, एक्स–रे र चिकित्सक परामर्श गरिएको थियो । २४ महिला र २१ पुरुष गरी जम्मा ४५ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा आठ जनामा ECG Abnormal Change देखिएकोले मुटु रोग विशेषज्ञमार्फत थप परामर्शका लागि सिफारिस गरिएको, दुई जनामा मुटुको धमनीसम्बन्धी रोग, अल्ट्रसाउड र एक्स–रेबाट दुई जनामा पित्तथैलीमा पत्थरी, दुई जना पुरुष बिरामीमा प्रोस्टेट ग्रन्थि बढ्ने समस्या, दुई जनामा पहिलोपटक मधुमेह रोग देखिएको, केहीमा भिटामिन डी तथा क्याल्सियमको कमी, उच्च रक्तचाप र पहिले नै रोग पहिचान भई नियमित स्वास्थ्य परीक्षण नगरिएकाहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *