क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
पेइचिङ, ८ जुलाई (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले वल्लो शानसी प्रान्तको याङछ्युएनको निरीक्षण गर्नुभएको छ । ७ का दिन दिउँसो उहाँले ‘हन्ड्रेड रेजिमेन्ट्स ब्याटल मोन्युमेन्ट स्क्वायर’ मा पुगेर सहिदहरूप्रति माल्यार्पण गर्नुभयो । उहाँले स्मृति भवनको भ्रमण पनि गर्नुभयो ।
जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्धका सहिदहरूको वीर कार्यहरूको सम्झना गर्दै उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले जापानविरोधी सेना र जनतालाई शत्रुविरुद्ध एकताबद्ध हुन र विदेशी आक्रमणको साहसपूर्वक प्रतिरोध गर्न नेतृत्व गरेको गौरवशाली इतिहासको समीक्षा गर्नुभयो । स्थानीय क्रान्तिकारी इतिहास शिक्षा र जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्धको महान भावनाको विरासत र प्रवद्र्धनको बारेमा पनि उहाँले जानकारी लिनुभयो ।
सी चिनफिङ याङछ्युएनमा उत्पादन उद्यमको विकासको निरीक्षण
७ का दिन दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले याङछ्युएन भल्भ कम्पनी लिमिटेडको निरीक्षण गर्नुभएको छ । उहाँले कम्पनीको उत्पादन कार्यशाला र उत्पादन प्रदर्शनीको निरीक्षण गर्नुभयो, साथै कामदारहरूसँग सौहार्दपूर्ण कुराकानी गर्नुभयो । औद्योगिक रूपान्तरण र स्तरोन्नतिलाई तीव्र पार्ने र उच्च–गुणस्तरको विकासलाई प्रवद्र्धन गर्ने वल्लो शानसी प्रान्तको प्रयासको बारेमा पनि उहाँले जानकारी लिनुभयो ।
Leave a Reply