भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
काठमाडौँ, २५ असार । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुभयो । उक्त बैठकमा सांसद सुवालले व्यक्त गर्नुभएको विचारको सार : सं
जलवायु परिवर्तनसँगै पृथ्वीको तापक्रम बढिरहेको विषय नयाँ होइन । अमेरिकाको टेक्सास् राज्यमा आएको बाढीमा जनधनको क्षति भयो । यो बाढीबाट भएको क्षतिमा राष्ट्रपति ट्रम्प पनि दोषी भएको सार्वजनिक भयो । नेपालको मौसम विभाग र तिब्बतबाट समेत सम्भावित बाढीको सूचना सार्वजनिक भएको थियो । तर, सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट हुने सम्भावित क्षतिबारे पूर्वसावधानी अपनाउन सकेन । के सरकारको अर्थ झन्डावाल गाडीमा बसेर सिंहदरवारमा भित्र–बाहिर गर्ने र विदेश शयर गर्नेमात्र हो र ?
सरकारले हरेक जिल्लामा व्यवस्थित र सुरक्षित सहरी विकास गर्नु आवश्यक छ । राजविराज र टिकापुरजस्ता पुराना नगरमा व्यवस्थित सहरको योजना सुरु गरिएको थियो । तर, अझै व्यवस्थित गरिएको छैन । एउटै व्यक्तिलाई देशमा जताततै घर बनाउन दिनु ठिक होइन ।
सरकारले एक दशकमा डेढ खर्ब रुपैयाँ बढी रासायनिक मलमा अनुदान खर्च गरेको सार्वजनिक भयो । ५ वर्षमा हुने यो खर्चले देशमा रासायनिक मल कारखाना खोलेर ७ लाख टन मल उत्पादन गरी निर्यातसमेत गर्न सकिन्थ्यो । बहुदलको ३५ वर्षयताका सरकारहरूले देशको हितमा काम गर्न सकेनन् । बैङ्कमा ७ खर्ब रुपैयाँ बढी तरलता पुगेको सार्वजनिक भयो । तर, सरकारले यो पैसालाई विद्युत् उत्पादन र रासायनिक मल कारखाना स्थापनामा खर्च गरेको भए देशमा मल हाहाकार हुने थिएन । ७० प्रतिशत बढी नेपाली कृषिमा आधारित भएको देशको सरकारले वर्षको ३५–४० अर्ब रुपैयाँको चामल भारतबाट किन्नु र ४० हजार मेगावाट विद्युत् उत्पादन क्षमता भएको नेपालमा वर्षको ६–७ सय मेगावाट बिजुली भारतबाट किनेर चलाउनु लज्जाको विषय होइन र ? रासायनिक मल खरिदमा भइरहेको भ्रष्टाचार कपोलकल्पित होइन, यथार्थ हो । यो भ्रष्टाचारमा सरकार नपसेको भए समयमा पर्याप्त मल आपूर्ति हुने थियो । सरकारले प्राङ्गारिक मल उत्पादनलाई पनि जोड दिनु जरुरी छ ।
बहुदल पुनःस्थापना भएको ३५ वर्ष र यो अवधिमा गणतन्त्र स्थापना भएको पनि २० वर्ष भयो । पालैपालो सरकारमा गएकाहरूलाई मौका थियो, तर काम गरेनन् । भनिन्छ, “अल्छीहरूले काम नगर्ने बहाना बनाउँछन्– धेरै जाडो भयो, धेरै गर्मी भयो, समय छ, एकछिनपछि गर्छौँ, अबेर भयो, अब सकियो, सिधिँदैन, भोक लाग्यो, खाएर गरौँला, भर्खर खाएँ, सुस्ताएर गरौँला ।” के सरकारमा गएकाहरू यस्तै बहाना गर्दै छन् ? समयमा उत्पादन र विकास नगर्नेहरू कटोरा लिएर माग्नुपर्ने दिन आउनेछ ।
संयुक्त राज्य अमेरिकाका एक सांसद बर्नी स्यान्डर्सले इजरायली प्रधानमन्त्री नेतान्याहुलाई युद्धअपराधी भन्दै नेतान्याहुलाई सहयोग नगर्न अमेरिकी सरकारलाई खबरदारी गरे । नेपाल सरकारले त्यही इजरायलमा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइरहनु गलत हो, नेपालमै शिक्षा र रोजगारीको बन्दोबस्त गर्नुपर्दछ ।
Leave a Reply