शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
भक्तपुर, २५ असार । भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिको आयोजनामा भक्तपुर नगरपालिकाअन्तर्गत खेलकुद प्रशिक्षणमा रहेका एसईई उत्तीर्ण खेलाडीहरूलाई बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एसईई उत्तीर्ण खेलाडीहरूलाई फूलमाला र प्रकाशनसहित बधाई ज्ञापन गर्दै खेलाडीहरूले खेलकुदमा मेहनत गरेजस्तै आफ्नो अध्ययनमा पनि मेहनत गर्नुपर्ने बताउनुभयो ।
उहाँले एसईईपछि आफ्नो रुचि र देशको आवश्यकताको विषय अध्ययन गर्न सल्लाह दिँदै जुनसुकै विषय पढे पनि त्यस विषयमा विशेषज्ञता हासिल गर्ने उद्देश्य राख्नुपर्ने औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाले खेलाडीहरूलाई शिक्षा क्षेत्रमा पनि अगाडि बढाउने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिँदै देशभरकै शैक्षिक गन्तव्यको रूपमा विकास हुँदै गएको भक्तपुर नगरका विद्यालय र कलेजहरूको अध्ययन गर्न सुझाव दिनुभयो ।
शिक्षा क्षेत्रको विकासको निम्ति आफ्नै लगानीमा कलेजहरू स्थापना र सञ्चालन गर्ने पहिलो स्थानीय तह भक्तपुर नगरपालिका रहेको प्रस्ट पार्दै अहिले भक्तपुर नगरपालिकाको अनुभव देशभरिकै पालिकाहरूका लागि नमुना बनिरहेको छ भन्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले विद्यार्थीहरूले उच्च शिक्षा अध्ययनमा पनि ध्यान दिनुपर्ने बताउँदै अध्ययनशील खेलाडीले देश विदेशमा मौका पाउने चर्चा गर्नुभयो ।
आयोजक समितिका संयोजक एवं भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाकाले हरेक वर्ष खेलकुद क्षेत्रको विकासको लागि बजेट वृद्धि गर्दै आएको बताउँदै खेलाडीहरूले मेहनत गरी उत्कृष्ट नतिजा ल्याउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा आयोजक समितिका सदस्य एवं भनपा कार्यपालिका सदस्य सुनिता अवालले भनपाले हरेक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरेर विद्यार्थी जीवनदेखि नै खेलकुदमा लाग्न अभिप्रेरित गर्दै आएको बताउनुभयो भने समितिका सदस्य रञ्जना त्वातीले पनि बधाई ज्ञापन गर्नुभयो ।
Leave a Reply