इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर, २६ असार । भक्तपुर न.पा. वडा नं. २ को आयोजनामा सरुवा रोग डेङ्गु तथा कीटजन्य रोगसम्बन्धी सचेतना ¥याली सम्पन्न भयो ।
उक्त कार्यक्रममा वडा नं.२ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वर्षयामसँगै नेपालभरि फैलिरहेको डेङ्गु रोगसम्बन्धी सर्वसाधारण जनतालाई सचेत पार्न, रोगबाट बच्न घरमै बसी रोकथाम गर्न सकिने विषयवस्तुबारे जानकारी दिने उद्देश्यले सचेतनामूलक ¥याली गरिरहेको बताउनुभयो ।
डेङ्गु रोगसम्बन्धी सचेतना र स्वस्थ बनाउने अभियानअन्तर्गत रोग लागेपछि जथाभावी औषधि प्रयोग नगरी चिकित्सकको सल्लाह सुझावअनुसार औषधि सेवन गर्नुपर्ने चर्चा गर्दै उहाँले भनपाले छोटो दुरीमै जनतालाई स्वास्थ्य उपचार दिन स्वास्थ्य सेवा केन्द्रहरू सञ्चालन गर्दै आइरहेको जानकारी गराउनुभयो ।
वडा सदस्य मन्जु लाखाजुले रोग लागेपछि उपचार गर्नुभन्दा पहिले रोग नै लाग्न नदिन सचेत हुन वडाका विभिन्न स्थानमा क्षेत्रगत भेला गर्दै आएको बताउनुभयो ।
डा. रत्नसुन्दर लासिवाले डेङ्गु रोग फैलिरहेको चर्चा गर्दै यसबाट बच्न र बचाउन सबैले आफ्नो घर वरपर, कार्यालय र सार्र्वजनिक स्थानहरूमा पानी जम्न नदिई सफा सुग्घर राख्न, आफू र आफ्ना परिवारका सदस्यलाई रोगबाट बचाउन घरघरबाटै अभियानको रूपमा चलाउन अनुरोध गर्नुभयो ।
स्थानीय वडावासी, शिक्षक शिक्षिका स्वास्थ्यकर्मी, महिला, विद्यार्थी, युवा सहभागी भएको उक्त ¥यालीमा वडा नर्स प्रास्ना शिल्पकारले पनि बोल्नुभएको थियो ।
Leave a Reply