भर्खरै :

क्षतिबाट बचाउन सतर्कता र सचेतना आवश्यक

वर्षाको याम छ । वर्षा चाहिन्छ । तर अतिवृष्टि र अनावृष्टिले जनजीवनमा असहज पु¥याउँछ । बाढी पहिरो आउने समय यही बेला हो । गाउँ बस्ती डुबानमा पर्छ । खेतीमा बाढी पस्छ; खेतीपाती बगाउँछ या क्षति हुन्छ । खोलाले बाटो काटेको हुन्छ† बाटो बिगारेको या बगाएको हुन्छ । पुल बगाउँदा बाटो काट्दा गाडी चल्दैन । गाडी नचल्दा हिँडडूल गर्न, यातायातका साधन आवतजावत हुन र जनताका आवश्यक सामान लान, ल्याउन समस्या हुन्छ । अहिले त खासै अधिक वर्षा भएको छैन । अधिक वर्षा भएमा कहाँ कहिले डुबानमा पर्छ र बस्ती डुबानमा पर्छ; यकिन हुँदैन । मङ्गलबार भोटेकोसीमा आएको बाढीले ठुलो क्षति पु¥यायो । बाढीले रसुवागढी आसपासमा मानवीय र भौतिक क्षति पु¥यायो । ९ जनाको शव फेला पारिएको छ । ६ जना चिनियाँ नागरिकसहित १९ जना सम्पर्कविहीन भएको खबर प्रकाशमा आयो । सवारी साधन बगाइयो । घर, भवन बगाइयो । असार २६ गते प्रकाशित ‘नेपाल समाचारपत्र’ मा ‘त्रिशुलीको बाढीले हजारौँ जलचर सखाप’ र ‘नागरिक’ दैनिकमा बाढीको बबन्डर : ११ राजमार्ग क्षति’ शीर्षकको समाचार छापियो । त्यस्तै ‘अन्नपूर्ण’ मा ‘त्रिशुली जलविद्युत् हबमा बाढीबाट व्यापक क्षति : २३५ मेगावाट विद्युत् उत्पादन बन्द’ र ‘नयाँ पत्रिका’ मा ‘बाढीपछि रसुवागढी अस्तव्यस्त : सडक, टेलिफोन र बिजुली अवरूद्ध हुँदा कठिनाइ’ शीर्षकको समाचार छापियो ।
भोटेकोसीमा आएको बाढीले मितेरी पुल बगायो; रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत् आयोजनामा क्षति पु¥यायो । यसको कारण जनता अँध्यारोमा बस्न बाध्य भए; पुल र बाटो बगाउँदा आवतजावतमा समस्या भयो; यसले प्रत्यक्ष या अप्रत्यक्ष रूपमा जनजीवनमा असर पा¥यो । बुधबार साँझसम्ममा ११ वटा राजमार्गमा क्षति पुगेको खबर सञ्चारमाध्यममा आयो । वर्षा प्रारम्भको बेला नै यति ठुलो क्षति भयो भने अधिक वर्षा भएपछि कति क्षति हुने हो; यकिन हुँदैन । ठाउँ–ठाउँमा सडक भत्किएको कारण सम्पर्क टुटेको, उद्धार एवं राहत पु¥याउन कठिनाइ भएको छ । वर्षाको समयमा तराई क्षेत्र डुबान पर्ने त सामान्त्mैँ भइसकेको छ । वर्षाको कारण फाँटका फाँट डुबानमा पर्छ; बालीनालीको क्षति हुन्छ; स्थानीय बासिन्दाहरू बिचल्लीमा पर्छन्; बस्ने, खाने र लाउनेको ठेगान हुँदैन । भोक, रोग र शोकले कतिको ज्यान गएको हुन्छ । भारतले एकतर्फीरूपमा नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध बनाएकोले पनि तराईका जनता डुबानमा पर्छन् र कष्टकर जीवन बिताउन बाध्य हुन्छन् ।
यहीँ समयमा डेङ्गु फैलिन थालेको छ । डेङ्गु सरेसँगै मर्नेको सङ्ख्या बढ्न थालेको छ । झाडापखाला लाग्ने, सर्पले तोकेर मर्नेको सङ्ख्या यसै समयमा बढ्छ । पहाडमा वर्षा याममा बाढी पहिरो सामान्य नै मानिन्छ । पहिरो आएर ठाउँ–ठाउँमा बाटो बन्द हुन्छ । गाउँ बस्ती बगाउँछ । बाढी पहिरोलाई कसैले रोक्न सक्दैन । बस्ती विकास कहाँ गर्ने, घर बनाउने; प्रशासनिक भवन कहाँ बनाउने भन्नेबारे विज्ञहरूसँग परामर्श लिएरमात्र बनाउनुपर्ने हुन्छ । यसरी ठाउँ ठाउँमा क्षति भइरहेको बेला न्हसिकापको गल्छी फराकिलो बनाउने नाउँमा फोड्ने कुरा सार्वजनिक भयो । गल्छी फोड्ने कुरा सार्वजनिक भएपछि जनता उठे, जनताले विरोध गरे । सार्वजनिक सुनुवाइ कार्यक्रममा भएको जनआक्रोशको कारण सांसद र जनप्रतिनिधिहरू कार्यक्रमस्थल छोडेर जान बाध्य भए । त्यो गल्छी फोडेको भए त्यसले वरपर धेरै क्षति पु¥याउने खतरा हुन्छ ।
२०७८ असार १ गते राति मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारलगायत अन्य बस्तीमा ठुलो क्षति पु¥याएको थियो । मेलम्ची बाँधमा भएको क्षति, माटो पुरेको कारण वर्ष दिनभन्दा खानेपानी सेवा नै बन्द भएको थियो । त्यो बेला निजी घर, रिसोर्ट, होटल, प्रहरी चौकी, स्वास्थ्य चौकी, बैङ्क, जलविद्युत् आयोजनामा क्षति भएको थियो । घर खेतमा खेतीपाती त के मानिस बस्न सक्ने स्थितिसमेत भएन । बस्ती स्थानान्तरण स्थलमा राहत पु¥याउन सकिएन । अत्यधिक वर्षाले पहाडी भेग र खोला किनारमा मात्र होइन सहर बस्तीभित्रै खोलो जस्तो पसेर हैरान हुन्थ्यो । त्यस्तै २०८१ साउन ३२ मा सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका गाउँभन्दा माथिको खुम्बु क्षेत्रमा रहेको हिमताल फुट्दा सो ठाउँको गाउँ बस्तीलाई नै तहसनहस बनाएको थियो । ज्वालामुखी, भूकम्पझैँ बाढी पहिरोले पनि धेरै धनजनको नास गर्छ । यसबाहेक रोगको प्रकोपको पनि घातक नै हुन्छ ।
प्रत्येक वर्ष वर्षा हुन्छ । वर्षाले खोलो छेउका कुन बस्तीमा क्षति पु¥याउँछ, त्यस वरपर के कस्ता भवन र अन्य भौतिक संरचना छ† त्यसको सही मूल्याङ्कन गर्नुपर्छ; रोकथाम र सतर्कताका उपायहरू अपनाउनुपर्छ । सतर्कता न अपनाउँदा पनि क्षति हुन्छ । यसबारे सरकार चनाखो हुनुपर्छ; सतर्कता अपनाएर क्षतिबाट बच्ने उपाय अपनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *