भर्खरै :

भक्तपुर नपा वडा नं. १० मा डेङ्गु रोगबारे जनचेतना कार्यक्रम

भक्तपुर नपा वडा नं. १० मा डेङ्गु रोगबारे जनचेतना कार्यक्रम

भक्तपुर, ३० असार । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा डेङ्गु ज्वरोबारे सचेतना ¥याली कमलविनायक यातु गणेश मन्दिरबाट सुरु भई लान्चाफल्चा, पाइपलाइन, कमलविनायक बसपार्क, क्वाठडौँ, बेखाल, नागपोखरी, महालक्ष्मी, देकोचा हुँदै वडा कार्यालय अगाडि सम्पन्न भयो ।
समापन कार्यक्रममा डाक्टर रत्नसुन्दर लासिवाले डेङ्गु एडीस एजिप्टी र एडीस एल्बोपिक्टस् प्रजातिका लामखुट्टेको टोकाइबाट हुने भएकोले यसबाट बच्न झुल राखेर सुत्ने, पूरा बाहुला भएको शरीर ढाक्ने लुगा लगाउने, लामखुट्टे धपाउने उपायहरू अपनाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने गरी जाली राख्ने र लामखुट्टे विकास हुने पानी जम्न नदिने कार्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले डेङ्गु ज्वरो लागेमा पानी तथा झोल र पोषिलो खानेकुरा प्रशस्त खाने, पारासिटामोल खाने तर इबु्रफिन र आसप्रिन जस्ता दुखाइ कम गर्ने औषधि सेवन गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष लक्ष्मीप्रसाद हयाँैमिखाले सहभागी सङ्घसंस्था, विद्यालय, स्वयम्सेविका, बक्सिङ र टेबुलटेनिस खेलाडीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । वडा सदस्य जितेन्द्र मुनंकर्मी र वडा नर्स तुल्सीलक्ष्मी किलम्बुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *