प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टी –३ वडा एकाइ समिति, भक्तपुरको आयोजनामा बिहीबार साउन २ (२०२५) र असार १९ (२०२६) गते भएको भ्रष्टाचारविरोधी आन्दालनबारे प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले राजनीतिक कार्यकर्ता इमानदार भएको खण्डमा सरकारले भ्रष्टाचार गर्न नसक्ने बताउनुभयो ।
राजनीतिक कार्यकर्ताहरू सधैँ इमानदार भई नैतिकतामा आँच आउन नदिई काम गर्नुपर्नेमा जोड दिँदै उहाँले व्यवस्था परिवर्तनले भ्रष्टाचार उन्मूलन नहुने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले समाजमा विभिन्न प्रकारको भ्रष्टाचार बढिरहेको हुँदा त्यसतर्फ सचेत र सजग हुनुपर्ने बताउनुभयो । हाल सहकारी क्षेत्रमा व्यापक भ्रष्टाचार भइरहेको हुँदा सरकारले नियमन गरी कानुनी दायरामा ल्याउनुपर्नेमा आफ्ना कार्यकर्ता र चन्दादाता भएको हुँदा भाग्न मिल्ने बाटो दिइरहेको बताउनुभयो ।
वडाध्यक्ष राजकृष्ण गोराले नेपाल क्रान्तिकारी किसान सङ्घले तत्कालीन भ्रष्टाचारीहरूलाई जनस्तरबाट कारबाही गरेको र अहिले थुप्रै ठुल्ठुला भष्टाचार भइरहे पनि कानुनी दायरमा ल्याउन नसकेको हुँदा जनता र राजनीतिक कार्यकर्ताहरू सजग हुनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रामसुन्दर खाताखोको सभापतित्वमा भएको कार्यक्रममा सुनिता प्रजापति अवाल र रामकृष्ण त्वायनाले पनि बोल्नुभएको थियो ।
Leave a Reply