भर्खरै :

सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अभिमुखीकरण

भक्तपुर, २ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सबै वडाका वडा सचिव र कर्मचारीहरूलाई बायो—मेट्रिक भेरिफिकेसनमार्फत सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा नयाँ दर्ता गर्नेसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सेवाग्राहीको माग, आवश्यकता तथा प्राथमिकता पहिचान गरी नगरपालिकाबाट प्रवाहित हुने सेवा सुविधालाई सहज र सरल ढङ्गले सेवा प्रवाह गर्न कर्मचारीहरूले समन्वयकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले सेवाप्रवाहको क्रममा देखिने समस्यालाई कानुनी आधार देखाएर सेवाग्राहीलाई प्रस्ट पार्नुपर्ने बताउँदै भक्तपुर नपाले कर्मचारीहरूलाई आवश्यकताको आधारमा क्षमता अभिवृद्धि तालिमहरू प्रदान गर्दै आएको बताउनुभयो ।
वडा कार्यालय भनेको जनताबिच नजिक जनसम्पर्क हुने ठाउँ हो भन्दै उहाँले कर्मचारीहरूले आफ्नो शैक्षिक योग्यतालाई निखार्दै आफूलाई विज्ञको रूपमा विकास गर्दै लान प्रेरित गर्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले जनप्रतिनिधि र कर्मचारीसँग जनताको नजिकको सम्बन्ध रहने हुँदा सेवाग्राहीहरूलाई सरल र सहज ढङ्गले सेवा प्रवाह गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
कर्मचारीहरूले नपाको ऐन, नियम, कानुन तथा नियमावलीहरू राम्रोसँग अध्ययन गरी जनतालाई सेवाप्रवाहमा सहजता प्रदान गर्नुपर्ने बताउँदै उहाँले कर्मचारीहरूमा व्यावहारिक पक्षमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यपालिका सदस्य एवम् महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालले भक्तपुर नपाले नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वितरण व्यवस्थित, प्रभावकारी र पारदर्शी ढङ्गले वितरणमा जोड दिँदै आएको बताउनुभयो ।
वडा सदस्य हेरा ख्याजूले कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्नुभएकोे उक्त कार्यक्रममा वडा सदस्य सुमित्रा बोहजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *