भर्खरै :

‘समय र विचार’ पुस्तकबारे अध्ययन गोष्ठी

‘समय र विचार’ पुस्तकबारे अध्ययन गोष्ठी

भक्तपुर, २ साउन । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ ९ वडा एकाइ समितिले भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा ‘समय र विचार भाग –२’ बारे शुक्रबार अध्ययन गोष्ठीको आयोजना ग¥यो ।
उक्त गोष्ठीमा नेक्राशिसङ्घ नगर समिति भक्तपुरका अध्यक्ष विष्णुप्रसाद दुमरुले जुनसुकै संस्थामा जसले भ्रष्टाचार र अनियमितता गरे पनि विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै पहिलेको भ्रष्टाचारविरोधी आन्दोलनकै कारण यहाँका स्थानीय र सहकारी संस्थाहरू सचेत रहेको बताउनुभयो ।
नेपाल भ्रष्टाचार र ऋणीको देश भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले हरेक राजनीतिक कार्यकर्ता, शिक्षक, कर्मचारी इमानदार हुनुपर्ने बताउनुभयो ।
भूमि अतिक्रमण र वैदेशिक हस्तक्षेपको नेमकिपाले सडक र सदनमा विरोध गरिरहेको उल्लेख गर्दै उहाँले अमेरिकाको सहयोगमा इजरायलले प्यालेस्टिनमाथि गरिरहेको आक्रमण निन्दनीय छ भन्नुभयो ।
‘मजदुर’ दैनिकका सम्पादक विष्णुगोपाल कुसीले २०२५ साउन र २०२६ असार १९ को सङ्क्षिप्त चर्चा गर्दै नेमकिपा र नेमकिपाको वर्गीय सङ्गठनले सुरुदेखि नै भ्रष्टाचारविरोधी आन्दोलन र सुस्तामाथि भारतले गरेको अतिक्रमणको विरोध गरेको बताउनुभयो ।
सत्तासीन दलका नेताहरू पद र भागबन्डामा लागेको कारण नेपाल साक्षर देश पनि नबनेको बताउनुभयो ।
नेमकिपाले सन्तुलित विकासको निम्ति हिमाल, पहाड र तराई समेटिएको प्रदेश बनाउनुपर्ने, प्राकृतिक स्रोत र साधनको आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै आएको स्पष्ट पार्दै उहाँले नेपाल भ्रष्टाचार बढी हुने देशमा परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
आयोजक सङ्घका अध्यक्ष विश्वराम प्रजापतिको सभापतित्वमा भएको सो अध्ययन गोष्ठीमा तीर्थलक्ष्मी धन्छा, कृष्णश्वरी दुवाल, चन्द्रलक्ष्मी दुवाल, अनिता प्रजापति, विश्वेश्वर मानन्धरलगायतले ‘मजदुर’ पत्रिका र का. रोहितको अन्तर्वार्ता सङ्कलन ‘समय र विचार’ मा रहेका अन्तर्वार्ताबारे आ–आफ्नो अध्ययनबारे बताउनुभयो ।
कार्यक्रममा रत्नप्रसाद फैजुले अध्ययन गोष्ठीको आवश्यकताबारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *