विचार
- बैशाख ११, २०८३
सरस्वती मिस नमस्ते ! सञ्चै हुनुहुन्छ ? हाल खबर के छ नि मिस ? पढाउने काम सकाएर चोबाटोमा भेट भएको विद्या मिसले सोधिहालिन् । उनीहरू फरक स्कूलमा काम गर्दै आएका कलेज पढ्दाका साथी थिए ।
नमस्ते मिस ! सरस्वती मिसले पनि अभिवादन फर्काउँदै भनिन्, “सञ्चै छु मिस । तपार्इँलाई त मैले सञ्चो विसञ्चो कुरा सोध्नै परेन । उत्साह, जोश, जाँगर भएको तपार्इँको अनुहारले तपाईँ सञ्चो र खुसी हुनुहुन्छ भन्ने कुरा अनुमान लगाउन गा¥हो भएन । मानिस सधैँ दिलखुश मनखुश हुनुपर्छ भन्ने सुनेकी थिएँ । तपाईँलाई मैले त्यसै देखेकी छु । अनि के छ त मिस हाल खबर ?”
विद्या मिसले ठट्टा गर्दै भनिन्, “सरस्वती मिस बेलुनमा धेरै हावा भर्नु हुँदैन, पड्किन बेर लाग्दैन । अँ, बरु एउटा खबर छ । हाम्रो वडाको नेपाल क्रान्तिकारी शिक्षक सङ्घले भोलि हाम्रो विद्यालयमा अध्ययन गोष्ठीको कार्यक्रम राखेको छ । त्यहाँ तपाईँका विद्यालयका अरु शिक्षकहरूलाई खबर गरी सँगै लिएर आउनुस् है । हामी आधा आकाश ढाकेर बसेका महिला हौँ । त्यसमा सचेत र शिक्षित नागरिक भन्छौँ । हामी भोलि देश हाँक्ने विद्यार्थी भाइबहिनीहरूलाई पढाउने शिक्षक हौँ । त्यस्ता गोष्ठीहरू हाम्रा लागि वरदान सावित हुनेछन् । त्यस्ता गोष्ठीहरूमा राजनीति, इतिहास, भूगोल, अर्थशात्र, विज्ञान, साहित्य, संस्कृति, कूटनीति आदिसँग सम्बन्धित लेखक र पुस्तकका बारेमा चर्चा परिचर्चा हुनेछ । यसले समाज, देश र विश्व चिनाउन मद्दत गर्दछ । माओत्सेतुङले ८० हजार पुस्तक पढ्नुभयो । त्यसैले चीन विश्वमा अगाडि बढ्यो ।
विद्या मिस तपाईँको अध्ययन गोष्ठी र पढन संस्कृतिबारे गहन कुरा सुन्दा मलाई अहिले नै घर गएर पढौँ पढौँ जस्तो लाग्यो । खोइ ! हाम्रा मिसहरूकाबिच यस्तो कुरा कहिले पनि हुँदैन भयो भने खालि घरको कुरा मात्र बढी हुन्छ । हामीसँग त्यस्तो सोच, संस्कार र सङ्गत नभएर पनि त्यस्तो भएको हुन सक्छ । हुन्छ मिस म साथीहरूलाई खबर गरी सँगै अध्ययन गोष्ठीमा सहभागी हुन्छु भन्दै दुबै मिस बाई गर्दै घरतिर गए ।
Leave a Reply