विचार
- बैशाख ११, २०८३
भोकै पेटले सपना बोके,
आशा राखे शिक्षामाथि,
आफ्नै छाक काटेर पनि
भविष्य खोजे नानीमाथि ।
समयले साथ नदिँदा,
अर्थतन्त्रले थिच्दा गाह«ै,
दुई दिन बिदाको निर्णयले
अभिभावकलाई बढायो पीडा साह«ै ।
दुई दिनको स्कूल बिदा,
बाल मन भयो अलमल,
मोबाइल, टीभीको छायामा
हराउँदै छ उज्यालो पल ।
पढाइ घट्दै, समय टर्दै,
भविष्य हुन्छ अनिश्चित,
लामो कक्षाले थाक्छ मन,
सपना बन्छ अलिकति क्षणिक ।
अभिभावकको एउटै चाहना,
सुनियोस् तिनको आवाज,
छलफल, समझदारीसँग
बनोस् नीतिको नयाँ समाज ।
बालमैत्री शिक्षा फुलोस्,
मन, मस्तिष्क होस् सबल,
भोलिको देश उज्यालो बनाउन
आजको निर्णय होस् सफल ।
भोकै पेटले सपना सिच्ने,
शिक्षामा आशा बोकेका बुबाआमा,
तर नीतिको हतारो चालले
झन् बढायो चिन्ताको छाया ।
दुई दिनको लामो बिदाले
पढाइ टाढा, कुलत नजिक,
बाल मन, भविष्य र सपना
अल्झिन्छ अनिश्चित दिशा अनिश्चित ।
हाम्रो चाहना सरल छ†
सुनियोस् अभिभावकको आवाज,
बालमैत्री शिक्षा बनोस्,
उज्यालो होस् भोलिको आज ।
Leave a Reply