भर्खरै :

फालौँ है भ्रष्टाचारको जालो

फालौँ है भ्रष्टाचारको जालो

भ्रष्टाचारको जालोले देशै
सकाउने भइसक्यो
विकासको कुरा भाषणमा
मात्र सीमित भइसक्यो ।

अडा अदालत, मालपोत
घुसखोरीले खाइसके
विकासका कुरा भाषणमा
मात्र सीमित भइसक्यो ।

रोजगारीका अवसरहरू
खोइ कुन दुलामा छिरेछन्
विकासका कुरा भाषणमा
मात्र सीमित भइसक्यो ।

चुनावताका नेताका
मिठा मिठा भाषण
जितेपछि तिनैले
गर्छन् जनतामा शासन
विकासका कुरा भाषणमा
मात्र सीमित भइसक्यो ।

अब कसरी देशलाई
भ्रष्टाचार मुक्त पार्ने हो ?
सुशासनका मन्त्रहरू कसले जप्ने हो ?
विकासका कुरा भाषणमा
मात्र सीमित भइसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *