भर्खरै :

आधारभूत विद्यालय समिति भक्तपुरद्वारा बाघचाल प्रतियोगिता सम्पन्न

आधारभूत विद्यालय समिति भक्तपुरद्वारा बाघचाल प्रतियोगिता सम्पन्न

भक्तपुर, २ साउन । आधारभूत विद्यालय समितिको वार्षिक शैक्षिक कार्ययोजनाअनुसार ज्ञानविजय आधारभूत विद्यालयको संयोजनमा शुक्रबार भक्तपुर दरबार क्षेत्रमा बाघचाल प्रतियोगिता सम्पन्न भयो ।
भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष तथा भक्तपुर नगरपालिका खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर दरबार क्षेत्रमा सञ्चालन भएको स्थानीय खेल बाघचाल प्रतियोगिता अवलोकनबाट आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने बताउँदै दिमागी ज्ञानलाई बलियो बनाउन विभिन्न खेलकुद प्रतियोगिताबाट सहज हुने अपेक्षा गर्नुभयो ।
संयोजक विद्यालय ज्ञानविजय आविका प्रअ विन्द्रा दुवालले अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको सर्वाङ्गीण विकाससँगै मेलमिलाप बढ्ने अनुभव बताउनुभयो ।
आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष तथा कार्यक्रमका सभापति सूर्यबहादुर फोजूले समिति विद्यार्थीको प्रतिभा प्रफुस्टन गर्ने मञ्चसँगै शैक्षिक उपलब्धि हासिल गर्न समन्वयात्मक भावनाअनुरूप शैक्षिक गतिविधिलाई सकृय बनाउन शिक्षक लगनशील हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा आशिष खनालले पनि बोल्नुभएको थियो ।
स्वीस लीगको आधारमा सञ्चालन भएको प्रतियोगितामा कक्षा १ देखि ३ को छात्रामा नवीन आविका जुलास खातुन प्रथम, बालसेवक आविका जरिना खातुन द्वितीय, सन्तति आविका अञ्जली कुमारी सिं तृतीय तथा भीम आदर्श आविका संजना कुमारी यादव र गणेश माविका सिमोनिका तमन्ना संयुक्तरूपमा सान्त्वना भए ।
कक्षा १ देखि ३ को छात्रमा नवीन आविका साहिल मिया प्रथम, बालसेवक आविका युनिश दर्लामी मगर द्वितीय, बरदायणी आविका रोहित भट्टराई तृतीय तथा चण्डेश्वरी आविका रूपेश तामाङ र तारा माविका प्रिन्सकुमार महत्तो संयुक्तरूपमा सान्त्वना भए ।
कक्षा ४/५ को छात्रामा सन्तति आविका शान्ति आलेमगर प्रथम, नवीन आविका कृष्मा शाही द्वितीय, ब्रह्मायणी आविका रमिता दास तृतीय तथा शारदा आविका दिवान्सी हमाल र जनसेवा आविका पूर्णिमा भोलान संयुक्तरूपमा सान्त्वना भए ।
कक्षा ४/५ को छात्रमा बालसेवक आविका राकेश दर्लामी मगर प्रथम, चण्डेश्वरी आविष्कार इशुप रम्तेल द्वितीय, नवीन आविका दिलीप नेपाली तृतीय तथा तारा माविका राजु घले र ज्ञानविजय आविका बिन्दास मगर संयुक्तरूपमा सान्त्वना भए ।
कक्षा ६ देखि ८ को छात्रमा तारा माविका श्याम तामाङ प्रथम, नवीन आविका सिसन विश्वकर्मा द्वितीय, गणेश माविका सुशील राणामगर तृतीय तथा समाज सुधार माविका स्लोगन श्रेष्ठ सान्त्वना भए ।
कक्षा ६ देखि ८ को छात्रामा नवीन आविका आकृति तुल्सीबाख्य प्रथम, तारा माविका लुनिभा माक द्वितीय, गणेश माविका कृतिका नेपाली तृतीय तथा ज्ञानविजय आविका युनिका क्षेत्री सान्त्वना भए ।
प्रतियोगितामा निर्णायकको भूमिका ज्ञानेन्द्र खाईजुले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *